Websoft University

www.radiomakalu.com || 021-522512


कांग्रेसले कसैसँग सम्झौता गर्दैन'


काठमाडौँ, असोज २६ गते । नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले संविधान संशोधनको लागि दुई तिहाई पुर्याउने नाममा कांग्रेसले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रमा कसैसँग पनि सम्झौता नगर्ने बताएका छन्।


'संविधान संशोधनको नाममा कांग्रेसले कसैसँग सम्झौता गर्दैन'

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख सचेतक श्रेष्ठले भने, ‘झिनामसिना विषयमा संविधान संशोधनको लागि कांग्रेसले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र यी तीनवटा विषयमा कसैसँग पनि सम्झौता गर्दैन्, चाहे पृथ्वी नै किन नपल्टियोस्, यो असम्भव छ।’

नेता श्रेष्ठले संविधान संशोधनको पक्षमा आफ्नो पार्टी निकै गम्भिर रहेको बताउँदै भने, ‘मधेसी मोर्चालगायत अन्य असन्तुष्ट साथीहरुको मुद्दालाई सम्बोधन गर्नको लागि हाम्रो पार्टी हरसम्भव तयार छ, यसको लागि नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छौं।’

यद्धपी उनले आजको दिनमा संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र पनि परिवर्तनीय विषय भएको स्पष्ट पारे। उनले भने, ‘हामीले संविधानमा उल्लेख गरिएका कुराहरु अपरिवर्तनीय हुन्छ भनेका छैनौं, जनताको मत लिएर परिवर्तन गर्न सकिन्छ, तर झिना मसिना विषयका लागि हामी यी मुद्दाहरुमा अहिले दुनियाँको जस्तो सुकै कुरा आएपनि सम्झौता गर्दैनौं।’

संविधान कार्यान्वयनको लागि आगामी ०७४ माघ ७ भित्रै तीन वटै निकायको चुनाव अनिवार्य आवश्यक रहेको उल्लेख गर्दै श्रेष्ठले त्यसको लागि अहिले तयारी भैरहेको समेत जिकिर गरे। उनले अघि थपे, ‘निर्वाचनसम्बन्धी अहिले विधेयक प्रस्तुत भएको छ, ऐन तथा कानुनहरु धमाधम बनिरहेको छ, त्यसैले अब दलहरुबीच न्यूनतम सहमति बनेपछि निर्वाचनको प्रक्रिया अघि बढ्छ।’

संविधान कार्यान्वयनको लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बाधक नबन्नेमा आफू विश्वस्त रहेको उनको भनाई थियो।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget