Websoft University

www.radiomakalu.com || 021-522512


राष्ट्रपति–प्रधानमन्त्रीबीच सम्बन्ध चिसियो


काठमाडौं , असोज २१ गते  । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच सम्बन्ध चिसिँदै गएको छ ।
माओवादी आफैले समर्थन गरेर बनाएको राष्ट्रपति विद्या भण्डारीलाई आफू सत्तामा पुगेपछि प्रधानमन्त्री दाहालले बेवास्ता गरेको र उक्त कुरालाई राष्ट्रपति निकट समूहले मनन् गरिरहेको स्रोतले जानकारी दिएको छ ।
“पछिल्ला दिनमा बाहिर हुने कार्यक्रममा भेटघाट भएपनि औपचारिक रुपमा भेटवार्ता भएको छैन,” राष्ट्रपति कार्यालय स्रोतले भन्यो, “प्रधानमन्त्री भारत भ्रमणबाट फिर्ता भएपछि अहिलेसम्म औपचारिक जानकारीसमेत गराउनुभएको छैन ।”
माओवादीको समर्थनमा बनेको एमालेको सरकारका बेलामा आफैले समर्थन गरेको संविधानका रक्षक संस्थालाई कार्यकारी प्रमुखले बेवास्ता गर्दा राष्ट्रपतिलाई आफ्नो जिम्मेवारी पुरा गर्न वैधानिक अप्ठ्यारो हुन सक्ने स्रोतले बतायो ।
“राष्ट्रपतिको संस्थालाई इज्जत र सम्मान नगर्दा देशको सार्वभौमसत्ता र लोकतान्त्रिक मूल्य तथा मान्यतामा समेत खलल पर्नसक्छ,” पूर्व राष्ट्रपतिका एक सल्लाहकार बताउँछन् ।
एमाले आफ्नो सरकारको विरुद्धमा लागेको, र राष्ट्रपतिले सल्लाहकारसमेत माओवादी विरोधी व्यक्तिलाई नियुक्त गरेको कारण प्रधानमन्त्री सन्तुष्ट नभएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।
राष्ट्रपति भण्डारी विधिको शासन नगुमोस भनेर चिन्तित रहेको तर कार्यकारीले भने विधिको शासनको बेवास्ता गरेकोले पनि यो सम्बन्ध चिसिन पुगेको राष्ट्रपति कार्यालय स्रोतले बतायो ।
तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने राष्ट्रपति–प्रधानमन्त्रीबीच कुनै विवाद नरहेको बताउँदै नियमित भेटवार्ता भइरहेको जनाएका छन् ।
“नियमित भेट गर्दा पत्रकार बोलाइदैन,” उनले भने, “त्यही भएर बाहिर जानकारी नआएको हुन सक्छ । तर भेटवार्ता नियमित भइरहेको छ ।”-  बाह्रखरीबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget