Websoft University

www.radiomakalu.com || 021-522512


October 2016


Image result for blood
जुनकुनै रोग लाग्दा पनि रक्तपरीक्षण अनिवार्यजस्तै हुन्छ । रक्तपरीक्षणको नतिजाअनुसार नै डाक्टरले उपचार प्रक्रिया अगाडि बढाउने गर्छन् । त्यसैले रक्तपरीक्षण उपचार प्रक्रियाको महत्वपूर्ण र पहिलो जाँच हो । फरक–फरक जाँचका लागि रगत दिनुअघि फरक–फरक कुरामै विचार पुर्‍याउनुपर्ने हुन्छ । त्यसैले रगत जँचाउनुअघि ख्याल गर्नुपर्ने कुरा यस्ता छन्ः

१. रक्तपरीक्षण गराउनुअघि प्रेसरमा नहुनुहोस् । हतार–हतारमा दौडिँदै गरेर आएको तथा कडा कसरत गरेलगत्तैको अवस्थामा रक्तपरीक्षण नगराउनुहोस् । केहीबेर आराम गरेर शान्त अवस्थामा रगत दिनुहोस् । शरीर तातेको अवस्थामा निकालिएको रगतको जाँचमा क्रेटिनियम फरक पर्न सक्छ ।

२. लिपिड प्रोफाइल, फास्टिङ ब्लडसुगरजस्ता परीक्षण गर्ने हो भने ८ देखि १० घन्टासम्म पेट खाली राख्नुपर्ने हुन्छ । यस्तो परीक्षण गर्नुअघिको यो अवधिमा पानीसमेत पिउनुहुँदैन । चिकित्सकसँग राम्रोसँग अग्रिम सल्लाह लिनु उत्तम हुन्छ ।

३. युरियाजस्ता रोगको पहिचानका लागि रक्तपरीक्षण गर्ने हो भने अघिल्लै दिनदेखि माछा–मासु तथा प्रोटिनयुक्त डाइट खानुहुँदैन । साधारण खाना खान भने मिल्छ ।

४. थाइराइडलगायत विभिन्न हार्मोनको अवस्था बुझ्न रक्तपरीक्षण गर्नेले रगत दिनुअघि फास्टिङ गर्नु राम्रो हुन्छ । बेलुका खाना खाएपछि बिहान केही नखाई रक्तपरीक्षण गराउनुपर्छ ।

५. रगत दिइसकेपछि आफ्नो रगत राखिएको भाँडोमा लगाइएको स्टिकर नम्बर र बिरामी कार्डमा लेखिदिएको नम्बर एउटै भए–नभएको ख्याल गर्नुपर्छ । रक्तपरीक्षणको रिपोर्ट लिन जाँदा बिरामी कार्डको नम्बरअनुसार लिनुपर्छ । हुलमुलमा कहिलेकाहीँ उल्टो रिपोर्ट परेर उपचार प्रक्रिया नै गलत भएका उदाहरण पनि भेटिन्छन् । अस्पतालका सम्बन्धित प्राविधिकसँगै बिरामी तथा बिरामीका आफन्त यो कुरामा सचेत हुनुपर्छ ।-पृथ्वीविक्रम खड्का, ल्याब टेक्निसियन शुक्रराज सरुवारोग अस्पताल

नयाँ पत्रिकाबाट



सामान्यतय मस्तिष्कघात वृद्ध उमेरका मानिसको रोग हो । तर, अहिले यो रोग युवामा पनि देखिन थालेको छ । नर्भिकमा मात्र एक महिनाको अवधिमा ७० देखि ९० जना मस्तिष्कघातका बिरामी आइपुग्छन् । उपचारका लागि आएका बिरामीमध्ये नशा बन्द भएर हुने मस्तिष्कघातका बिरामी ८५ प्रतिशत र नशा फुटेर हुने ब्रेन हेमरेजको समस्या लिएर आउने १५ प्रतिशत छन् ।


मस्तिष्कघात भएका बिरामीलाई सबैभन्दा पहिला सिटी स्क्यान गरेर उपचार प्रक्रिया सुरु गरिन्छ । रगतको नशा फुटेर हुने स्ट्रोक र नशा थुनिएर भएको स्ट्रोकको उपचार पद्धतिमा पूरै फरक छ । मस्तिष्कघातले कुन भागमा कति असर गरेको छ भन्ने सिटी स्क्यानमा देखिएको आधारमा उपचार गरिन्छ । बिरामीलाई पूर्ण रुपमा ठीक हुन्छ कि हँुदैन भन्न सकिन्न । यसकोे प्रकार, उपचार प्रविधि, उपचार सुरु गरेको समय, बिरामीको उमेर र उसको अन्य शारीरिक समस्या आदिमा भर पर्छ ।
मस्तिष्कघातले दिमागको मुख्य र ठूलो भागमा असर गरेको छ भने बिरामीमा अपेक्षाकृत सुधार नआउन पनि सक्छ । तर, दिमागको छेउमा र सामान्य मात्र क्षति भएको छ भने पुरानै अवस्थामै फर्कन सक्छन् । केहीमा क्रमिक रुपमा सुधार आउँदै जाने हुन्छ । तर, अधिकांश बिरामीमा मस्तिष्कघात भएपछि शरीरको कुनै भाग नचल्ने तथा प्यारालाइसिस हुने सम्भावना बढी छ । प्रायः यस्ता बिरामी जीवनभर लौरोको सहारामा वा ह्वीलचेयरमै बसी राख्ने वा हिँड्डुल गर्नसक्ने अवस्थामा पुग्छन् । कतिपय बिरामीचाहिँ उठबस गर्न सक्ने नभई ओछ्यानमै परिराख्ने अवस्थामा पनि हुनसक्छ ।


स्ट्रोक भइसकेपछि सकेसम्म चाँडै उपचार सुरु गर्नुपर्छ । स्ट्रोकको उपचार जति छिटो गर्न सक्यो, त्यति धेरै बिरामीलाई पर्न सक्ने अन्य असर कम गर्न सकिन्छ । नशा बन्द भएर हुने स्ट्रोकमा केही घण्टाभित्रै उपचार थाल्न सकियो भने बन्द भएका नशा खुली मस्तिष्कमा स्थायी असर पर्नबाट जोगाउन सकिन्छ । यसको मूलभूत उपचार भनेकै औषधिको प्रयोग हो । औषधि प्रयोग गरी पर्याप्त मात्रमा मस्तिष्कमा रक्तसञ्चार र अक्सिजन सञ्चार गराई मस्तिष्कको थप क्षति हुन कम गर्न सकिन्छ ।


इसका लागि टिस्यु प्लाज्मोपमनेजम एक्टिभर (टिपिए) नामको औषधि दिने गरिन्छ । तर, यसलाई औषधि व्यवस्था विभागले स्वीकृति दिएर सहजै उपलब्ध हुने वातावरण बनाउन सकेको छैन । सरकारले यो औषधिलाई सहज उपलब्ध हुने वातावरण बनाउन आवश्यक छ । यो थेरापीबाट थुनिएको नशा खोलेर बिरामीलाई बचाउन सकिन्छ । तर, ब्रेनमा रगत बगेको अवस्थामा यो थेरापीले काम गर्दैन ।


कहिलेकाहीँ मस्तिष्कको पे्रसर अत्यधिक बढ्न गएमा शल्यक्रिया आवश्यक हुन सक्छ । यी सबै उपचार गर्दागर्दै पनि कहिलेकाहीँ समस्या नियन्त्रण गर्न नसकी बिरामीको अवस्था झनै नाजुक हुनसक्छ । त्यस्तो अवस्थामा बिरामीलाई भेन्टिलेटर (कृत्रिम श्वासप्रश्वास) मा राख्नुपर्ने हुनसक्छ । त्यसको बाबजुत बिरामीको अवस्थामा सुधार नआई मृत्यु पनि हुनसक्छ । मस्तिष्कमा रगत प्रवाह गर्ने नशाका भित्री भागमा जमेको क्लर्टलाई निकाल्न अहिले नयाँ प्रविधिसमेत आइसकेको छ । मर्सी, सलिटोरजस्ता प्रविधिको प्रयोगबाट त्यस्ता क्लर्टलाई तान्न सकिन्छ । यस्तो क्लर्टलाई तान्न समस्या पर्ने अवस्था भएमा नशा पूर्ण रुपमा थुनिएको छ भने बाइपास सर्जरी समेत गरिन्छ ।


नशा फुटेर ह्यामरेज भएको बिरामीको दिमागमा जमेको रगतलाई चिकिस्तकहरुले निकाल्ने काम गर्छन् । बिरामीको दिमागमा जमेको रगतलाई टाउकोमा सानो प्वालबाट निकाल्ने गरिन्छ । यदि दिमागमा ३० एमएलभन्दा बढी रगत जमेको छ भने शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । अस्पतालमा आएर उपचार भइसकेका बिरामीलाई त्यसपछि फिजियोथेरापीको आवश्यकता पर्छ ।


मस्तिष्कघातका कारण बिरामी लामो समयसम्म ओछ्यानमा परिराख्ने, हलचल गर्न नसक्ने अवस्थामा हुने भएकाले शरीरमा थप नयाँ समस्या आउने गर्छ । यस्तो अवस्थामा धेरैलाई छातीको संक्रमणकोसंभावना अधिक हुन्छ । निमोनिया तथा फोक्सोको संक्रमणसमेत हुने खतरा रहन्छ । त्यसकारण बिरामीहरुलाई चिकित्सकको निगरानीमा राखेर नै अन्य उपचार पनि गर्नुपर्छ । बिरामीको हातगोडामा रक्तनली जाम हुने, हात÷गोडा आदिमा खाटे घाउको पनि जोखिम रहन्छ । बिस्तारै मिर्गौला र कलेजोको काम गर्ने शक्ति कम हुँदै जान सक्छ । यस्ता समस्या सकेसम्म हुन नदिन सुरुदेखि नै ध्यान पु¥याउनु पर्छ । शल्यक्रिया र अस्पतालको उपचारपश्चात पनि परिवारले बिरामीको शरीरको उचित हेरचाह गर्नुपर्ने हुन्छ ।


डा जलान नर्भिक अस्पतालका न्युरो फिजिसियन हुन् ।-




मृगौलामा कुनै खरावी छ की छैन भन्ने परिक्षण गराउने व्यवस्था अवदेखि स्थानीय स्वास्थ्य संस्थामै हुने भएको छ ।
मृगौला परिक्षणका लागि प्रयोग हुने “डिपिस्टीक किट” मनाङ्ग वाहेकका सवै जिल्लामा पठाई सकिएकाले स्थानीय तहमै मृगौला परिक्षण गर्न पाईने भएको हो ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको आपुर्ति व्यवस्थापन महाशाखाले देशभरी पहिलो चरणमा २० लाख जनाको मृगौला परिक्षण गर्न पुग्नेगरी किट पठाइएको जनाएको छ ।
महाशाखाका निर्देशक डा भिमसिंह टिंकरीले मनाङ्गमा बाटोको समस्याका कारण केहीदिनपछि पुग्ने र अरु सवै जिल्लामा किट पठाईसकिएको जानकारी दिए ।
चार महिना अगाडी नै किट पठाउने भनिएपनि कार्यान्वयन नभईरहेका बेला स्वास्थ्य मन्त्री गगनकुमार थापाको निर्देशनपछि सवै जिल्लामा मृगौला परिक्षण गर्न सकिने व्यवस्था हुन लागेको हो ।
मन्त्री थापाको निर्देशन अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, अंचल अस्पताल, उपक्षेत्रीय अस्पताल, क्षेत्रीय अस्पताल लगायत गरी १ सय ३३ ओटा स्वास्थ्य संस्थामा पुग्ने गरी किट वितरण गरिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयमा पुगेको किटलाई केहीदिनमा स्थानीय आवश्यकता अनुसार मातहतका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा पठाउने भएको छ ।
२० मिलिलिटर जति पिसावले किट भिजाएपछि देखिने किटको रङ्गका आधारमा मृगौलाको अवस्था थाहा हुने डा. टिंकरीले जानकारी दिए ।
परिक्षण गर्दा कुनै समस्या नभएको देखिएमा एक बर्षपछि फेरी परिक्षण गर्न आउन सुचित गरिने र समस्या देखिएमा थप उपचारका लागि आग्रह गरिने उनले बताउनुभयो ।
सरकारले ल्याएको नयाँ सेवालाई उपयोग गरी आफ्नो मृगौलाका बारेमा थाहा पाईराख्न स्वास्थ्य मन्त्रालयले सवैलाई आग्रह गरेको छ ।
मन्त्रालयले यसै बर्ष विद्यालयहरुमा स्वास्थ्यकर्मी सहित किटहरु पठाएर विद्यार्थीहरुको मृगौला परिक्षण गर्ने तयारी समेत गरेको छ ।-स्वास्थ्य खबरपत्रिका

nirmal acharya

निर्मलकुमार आचार्य

तिहारले मुलुकलाई ढपक्कै ढाकेको छ । सबैतिर भ्याइ नभ्याइ भएको छ । के सहर, के गाउँ सबैतिर विशेष चहलपहल छ । पाँच दिन धुमधामसाथ मनाइने तिहारको आज पहिलो दिन हो । कागतिहार, कुकुरतिहार, गाईतिहार, गोरुतिहार र भाइतिहारको आ–आफ्नै विशेषता छ ।
दुनियाभरिका हिन्दू धर्मावलम्बीले मनाउने दीपावलीका तुलनामा नेपालका हिन्दूले मनाउने तिहारको पृथक् तथा मौलिक विशेषता पनि छ । देउसी र भैलोले यसको गरिमा उचालेको छ । म्हः पूजा, फाल्गुनन्द जयन्ती र नेपाल संवत् अनुसार नयाँ वर्ष थालनीले तिहारको सुनमा सुगन्ध थपेका छन् । यी सांस्कृतिक विविध छटाका कारण तिहारको रमझम मात्र बढेको छैन, नेपालीको छाती पनि गौरवले चौडिएको छ र सबैको आफ्नो प्यारो तिहार राष्ट्रिय चाड बनेको छ ।
सामाजिक सद्भाव बढाउने तिहारले नेपालीलाई पीडा भुल्ने वातावरण दिएको छ । अन्यथा मुलुकको अवस्था कसैबाट अविदित छैन । ठूला नेताहरू सधैँभरि ठूलै कुरामा अल्झिराखेकाले निरीह जनता ओझेलमा छन् । धनी र गरिबबीचको खाडल घट्दो छैन । आम नेपालीलाई रोग, भोक र शोकको सर्पले डसिरहेका छन् । फैलँदै गएको बेरोजगारीको खाडलप्रति कुनै दलको गाम्भीर्य छैन । विपे्रषण बढ्दा रमाएका अगुवाहरू घट्न थाल्दा पनि चिन्तित नहुनु उदेकको कुरो बनेको छ । आर्थिक सङ्कट गहिरिई खाडी क्षेत्रबाट स्वदेश फर्किएका युवा जमातमा अन्यत्रबाट समेत बढोत्तरी हुनथाल्यो भने विपे्रषणको मात्रा झनै कम हुनेछ । विपे्रषणको मात्रा घट्दै जाने र स्वदेशमा रोजगारीको वातावरण नबनेको अवस्थामा भयावह परिस्थिति सिर्जना हुनेछ । यस्ता विषयमा सरोकारी पक्षले गहिरिएर हेरेको र समयमै बुद्धिमत्तापूर्वक पाइला चालेको लक्षण पाइँदैन ।
राजनीतिक नेतृत्वलाई ठूला काम गरेरै फुर्सत नभएको हुनाले जनसाधारणका ससाना समस्या थाती छन् । नेताका ठूला काम कहिले पूरा होलान् र जनताका मर्का समाधान होला ? प्रतीक्षाको विषय बनेको छ । ठूला काम गरिरहेका नेतासामु आफ्ना झिनामसिना समस्या प्रस्तुत गर्न नचाहने नेपालीको संयम, धैर्य र बफादारी बेजोडको छ । तब त जतिसुकै महँगी किन नबढोस्, कसैले चुइँक्क बोलेको पाइँदैन । मिसावटखोर, नाफाखोर र कालाबजारियाले जतिसुकै उधुम मच्चाए पनि नागरिक मौन रहनु बिछट्टकै उदाहरण हो । नजराना नटक्र्याई काम नहुने अड्डा, अदालतका परिपाटीलाई शिरोपर गर्नु नियतिको होइन, संस्कृतिको विषय बनेको छ । राजनीतिक भागबण्डाको परिपाटीले सबैथोक स्वाहा पार्दै लग्दा पनि औंला ठड्याउने कोही छैन ।
ठूला काममा लागेका नेतालाई रत्ती बाधा नदिने सोच रहेकाले हुनुपर्छ, यत्रतत्र, सर्वत्र अराजकता मच्चिँदा पनि टुलुटुलु हेरेर बस्नेको सङ्ख्या अधिक छ । नत्र संसारमा यस्तो बिरलै देश होला, जहाँ पेट्रोलमा मिसावट गर्न नपाएकामा अथवा कम परिमाण दिन नपाएकामा व्यवसायी हुँकार गर्छन्, तराजुमै मिलाई सुनमा ढ्याक्कै कमाउन पल्किएकाहरू आन्दोलित हुन्छन्, भेडाबाख्रा झैँ यात्रुलाई कोच्न नपाउँदा र बढी भाडा लिन नपाउँदा यातायात सेवा नै बन्द गरिदिने धम्की दिन्छन्, खबर नगरी अनुगमन गर्न आए ठीक नहुने चेतावनी व्यापारी, व्यवसायीको सुनिन्छ । अभिभावकको ढाडै भाँच्ने निजी विद्यालयका शुल्क तथा बिरामीको सातो लिने निजी अस्पतालका शुल्कको मात्रै कुरो होइन, जनसरोकारका हरेक पक्षमा मानौ लुटतन्त्र हाबी छ । तैपनि जनता मौन छन् किनभने नेतालाई निर्बाध काम गर्न दिने भाव यथावत् छ ।
जनआन्दोलनपिच्छे जनताका उत्साह उर्लिएका छन् । आकाङ्क्षा पूरा भएको दृष्टान्त चाहिँ कमै छ । दोस्रोे जनान्दोलनपछि फेरि जनआकाङ्क्षा अकास्सियो । संविधानसभाको निर्वाचनपछि जनताका सारा आकाङ्क्षा साकार हुने सपनामा जनताले नेतालाई हरतरहले सघाए । द्वन्द्वकालको सास्ती र अन्तरिमकालको छटपटीलाई बेवास्ता गरी जनताले बडो भरोसासाथ पहिलो संविधानसभाको निर्वाचनमा सहभागिता मात्र जनाएनन्, अधीर भई फलको प्रतीक्षा गरे । नेताहरू संविधान निर्माणको ठूलो काममा लागेकाले जनताले आफ्ना पीर बिसाउनु उचित मानेनन्, भलै नेताले संविधान निर्माणका कामलाई एकातिर पन्छाई सत्तामोहको चरम रूप देखाए । पहिलो संविधानसभा आफ्नै कारणले विफल तुल्याएका नेतालाई जनताले फेरि ठूला कामका लागि अवसर दिए । दोस्रो संविधानसभा भुइँचालोपछि सार्थक बन्यो र संविधान जारी भयो । संविधान घोषणा भएपछि मुलुकमा विगतका विकृति अन्त्य भई सुख, शान्ति र समृद्धिको लहर चल्ने सपना दिन बितेसँगै हावामा उड्नथाले । संविधान मान्ने, नमान्ने नेताका अगाडि अर्को ठूलो काम तेर्सियो । आन्दोलन ठूलो काम बन्यो, भारत पनि यही मौकामा आफ्नो ठूलो काम गर्न चुकेन । आन्दोलनको राप र नाकाबन्दीको तापले जनतालाई झन् दुःखी बनायो । नेताका अगाडि आन्दोलनको शान्ति र नाकाबन्दीको समाप्ति ठूलो काम आइलाग्यो, जनताले अपूर्व साथ दिए ।
संविधान जारी भएपछि पनि जनताले आफ्नो गुनासो गर्ने समय पाएका छन् र त्यस्तो समय छिट्टै आउने लक्षण पनि छैन । छठअगावै संविधान संशोधन हुने भरपर्दो सङ्केत छैन भने त्यसो नभए पुनः आन्दोलनमा जाने ठूलो काम नेताले औंल्याइसकेका छन् । संविधान संशोधन नभएसम्म निर्वाचनको सम्भावना छैन र आउँदो वर्षको माघ पहिलो साताभित्र स्थानीय, प्रादेशिक तथा केन्द्रीय चुनाव नभए संवैधानिक तथा राजनीतिक सङ्कट तेर्सिने अवस्था छ । नेताका लागि गर्नुपर्ने ठूला काम धेरै छन्, जनताका मर्का समाधान गर्ने, पिरलो मेटाउने, भोक शान्त गर्ने र सुस्वास्थ्यलाभ गराउने कुरो प्राथमिकतामा पर्न असम्भव छ । नेताका अगाडि त्यसपछि पनि कुनै न कुनै ठूलो काम तेर्सिनेमा दुईमत नहोला । नेतालाई कहिले ठूला कामबाट फुर्सत मिल्ला र विकास, निर्माणका काममा ध्यान देलान्, कानुनीशासनमा विचार पुग्ला र जनमुखी गतिविधि चम्कला ? अनुत्तरित प्रश्न बनेको छ ।
रनाहा कम छैन, तथापि परम्परागत चाडपर्व मनाउनुको मजा बेग्लै छ । नेताले बुझ्नखोजे तिहारको सन्देश गहकिलो छ । कागतिहार स्मरणीय बनेको छ । शुभसन्देश दिने काग जस्तै नेता बन्नुपर्छ । उदासीन जनतालाई शुभसन्देशले नवीन ऊर्जा भर्नसक्नेभएकाले नेतृत्व वर्ग मिली अब जनताका मर्कालाई प्राथमिकतामा राखिने भावना प्रवाह हुनु जरुरी छ । नेतृत्वमा काकचेष्टाको खाँचो टड्कारिएको छ ।
रक्षा, सुरक्षाको प्रतीक कुकुरले दिएको सन्देशलाई उपेक्षा गरिएकाले सबैथोक भताभुङ्ग हुँदै गएको छ । नेताहरू आफ्नो आदर्श, सिद्धान्त तथा निष्ठा समेत सुरक्षित राख्नसकिरहेका छैनन् । यसले गर्दा दल दलदलतुल्य बनेका छन् । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको सुरक्षाको प्रश्न संवेदनशील बनेको छ । सबै नेता एक भई सुरक्षा सोच बनाउन सफल भएका छैनन्, त्यतातिर प्रयास भइरहेको छनक पनि पाइँदैन । सङ्कुचित स्वार्थको कुम्भकर्णे निद्रामा मस्त रहेकालाई ‘श्वाननिद्रा’को सन्देश महŒवपूर्ण छ ।
गाईतिहारको सन्देश अविस्मरणीय छ । गाई सम्पन्नताको प्रतीक हो । गाईले पवित्रताको परिचय दिएको छ । गाई हुनेकहाँ पञ्चगव्यको कमी हुँदैन । पञ्चगव्य अर्थात् दूध, दही, घिउ, गहुँत तथा गोबर अमूल्य निधि हुन् । पञ्चगव्यमा समेत कृषिप्रधान भनिने मुलुक आत्मनिर्भर नहुनु अर्को पीडादायी पक्ष हो । दूध, घिउ मात्रै होइन, गहुँत समेत आयात भइरहेको छ । कृषिक्रान्तिका लागि गाईरूपी लक्ष्मीको सेवा अपरिहार्य छ । मुलुकलाई सम्पन्न बनाउन गौपालनमा जोड दिनुपर्ने सन्देश गाईतिहारले दिएको छ ।
गोरुतिहारको सन्देश मननीय छ । गोरु चुटेर हलो अड्काएको उखान नेपाली राजनीतिमा बेसी नै चर्चित छ तर गोरुको भूमिकालाई आत्मसात् गरिएको छैन । परिश्रमी गोरुले आफू जस्तै परिश्रमी बन्न सन्देश दिएको छ । परिश्रम गर्नेको एकदिन पूजा हुने कुरो बखानेको छ । आफू परिश्रम गर्ने र परिश्रमीको कदर गर्ने प्रवृत्ति अत्यावश्यक रहेको सन्देश गोरुतिहारले दिएको छ ।
समाजमा भ्रातृत्व र भगिनीत्वको महिमालाई भाइटीकाले उजागर गरेको छ । दाजुभाइ, दिदीबहिनीबीचको आपसी प्रेमको विस्तारमा यसले बल लगाएको छ । भाइचाराको भावनाले समाजमा सुख, शान्ति फैलने सन्देश यसमा छ । मुलुकमा नेतृत्व बढाउने दिशामा नेताले काम गरिरहेका छन् कि आपसमा वैरभाव बढाउन उद्यत छन् ? यसैमा समाजको भलो, कुभलो लुकेको छ । द्वेषमा होइन, प्रेममा जोड लगाउनुपर्ने सन्देश चाहिँ भाइटीकाले दिएको छ ।
म्हः पूजाको विशेष महŒव छ । आत्मपूजाबाट स्वशक्ति नवीकरण हुन्छ । आत्मशक्ति विना कुनै कार्य सफल हुँदैन । आफैलाई पुज्नु भनेको आफ्नो सही पहिचान हुनु हो र यसलाई सक्दो पुजनीय बनाउनु हो । नेताले आफूलाई कति पुजनीय बनाएका छन् ? आत्मनिरीक्षण जरुरी छ । आत्ममूल्याङ्कन भएका खण्डमा मात्रै कमी, कमजोरीको ज्ञान हुन्छ । त्यही सच्चा, इमानदार र सक्षम नेता हो, जो आत्ममूल्याङ्कन गरी सदैव सही बाटोमा अग्रसर हुन्छ । बग्दो राजनीतिक प्रवाहमा बग्न जोकोहीलाई सहज हुन्छ तर सफल नेता तिनै ठहरिन्छन्, जसले गलत बाटामा हिँडिएको छ भने सच्याउने हिम्मत पनि गर्छन् र प्रतिकूल अवस्थामा समेत जनमुखी चरित्र अङ्गीकार गर्न चुक्दैनन् ।
ठूला कामको बहानामा जनताका मन मार्ने चाला अब बन्द होस्, नेपाल र नेपालीको सर्वोत्तम भलो हुने काममा मात्र सबै नेताको हित, चित्त मिलोस्, तिहारका बखत यही हो शुभकामना ।



बुटवल, कात्तिक १२ गते । नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले अख्तियार प्रमुख लोकमानसिंहविरुद्व संसद्मा पेस गरिएको महाभियोग प्रस्तावको निर्णयमा काँगे्रस न्यायाधीश भएर उभिने बताउनुभएको छ ।

उहाँले नेपाली काँगे्रसले जे निर्णय गर्छ त्यहीँ हुने भएकाले संसद्मा पेस भएको महाभियोग प्रस्तावबारे काँगे्रसले सत्यतथ्य निर्णय गरेर आफ्नो मत जाहेर गर्ने र त्यही नै निर्णायक बन्ने बताउनुभयो ।

नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता महतले महाभियोग प्रक्रिया अघि बढ्ने तर हचुवाको भरमा कसैलाई फसाउन पनि नहुने र कोही पनि भ्रष्टाचारीलाई मुक्ति दिन नहुने बताउनुभयो ।

उहाँले मधेसको मुद्दालाई समाधान गर्न, संविधान संशोधन गर्नका लागि काँगे्रस र माओवादीको सरकार बने पनि प्रधानमन्त्री दाहालले काँगे्रसलाई बाइपास गरेर एकलौटी निर्णय गरेको बताउनुभयो ।

मधेसको मुद्दालाई सम्बोधन गर्न र संविधान संशोधनका लागि सबैको सहमति आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–“अहिलेको महत्वपूर्ण काम मधेस आन्दोलनको सम्बोधन हो । तर यो काम काँग्रेसले मात्र गरेर हुदँैन । एमाले पनि सहमत हुनुपर्छ । सरकारको पहल प्रर्याप्त भएको छैन् ।”

युनियनका जिल्ला सभापति बिक्रम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले स्थानीय तहको पुनःसंरचनाको विषयमा गम्भीर रुपले काम नभएको बताउँदै गम्भीर रुपले पहल भए मात्र स्थानीय निर्वाचन हुनसक्ने र संविधान कार्यान्वयनमा सहज हुने बताउनुभयो । रासस



सप्तरी (राजविराज), कात्तिक १२ गते । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन अविलम्ब हुनुपर्ने माग गर्नुभएको छ ।

सप्तरीको राजबिराजमा आज पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले सरकार गठनको क्रममा मोर्चासँग गरेको तीनबुँदे सम्झौता छठसम्म माग पूरा नगरे मधेस र मधेसी जनताको हितको लागि फेरि आन्दोलन हने चेतावनी दिनुभयो ।

संविधान संशोधनमार्फत मधेसका समस्या समाधान नभएमा सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन सकिनेछ उहाँले भन्नुभयो ।

सङ्घीयताको खाका तयार नभएसम्म स्थानीय निकायको निर्वाचन गराउन नहुँने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई हटाउने सम्बन्धमा मधेसी मोर्चासँग छलफल नभएको समेत बताउनुभयो । रासस


Kag-tihar
काठमाडौँ, कात्तिक १२ गते । कात्तिक कृष्ण त्रयोदशीका दिन शुक्रबार कागको पूजा गरी कागतिहार मनाइँदैछ । यमपञ्चकको यो पहिलो तिथिदेखि पाँच दिनसम्म यमलोकबाट आफ्नी बहिनी यमुनालाई भेट्न यमराजले मत्र्यलोक विचरण गरेका हुन्छन् भनिन्छ ।
कागले यमराज र बहिनी यमुनाबीच सूचना आदानप्रदान गर्ने भूमिका खेलेको प्रसङ्ग यो दिनसँग जोडिएको छ । कागलाई यमदूतका रूपमा पूजा गरिन्छ । कागलाई यसै दिन भोजन गराउँदा सोझै पितृले पाउँछन् भन्ने शास्त्रीय मान्यता छ । ज्योतिष डा. सुनिल सिटौलाका अनुसार कागलाई नित्य भोजन गराउँदा प्रशस्त धनलाभ हुने ज्योतिषशास्त्रीय मान्यता छ । कागलाई निकै चतुर पक्षीका रूपमा बुझिँदै आएको छ ।
यसै दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरीको आराधना गरी राष्ट्रिय आरोग्य दिवस मनाइँदैछ । बाग्मती अञ्चल आयुर्वेद औषधालय (जयबागेश्वरी)ले जयबागेश्वरीमा अवस्थित धन्वन्तरीको पीठमा पूजन गरेर दिवस मनाउँदैछ । मुलुकमा धन्वन्तरीको एकमात्र प्रस्तरपीठ रहेको यो क्षेत्र रावणलाई उपचार गर्ने वैद्य समुदाय बसोबास गर्ने थलोका रूपमा पनि प्रख्यात छ ।


Bidya-Devi-Bhandari

काठमाडौँ, कात्तिक १२ गते । गणतन्त्र नेपालका दोस्रो तथा मुलुकका प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीको एक वर्ष पूरा भएको छ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले सो पदमा रहेर खेल्नुभएको भूमिका र राष्ट्रपतीय संस्थाको संस्थागत विकासमा वर्तमान राष्ट्रपति भण्डारीले निरन्तरता दिनुभएको छ । उहाँले गत कात्तिक १३ मा पदभार सम्हाल्नुभएको थियो ।
संविधानले राष्ट्रपतिलाई संवैधानिक मानेको छ भने संविधानको अभिभावक र रक्षकका रूपमा पनि सो पदलाई लिइन्छ । राष्ट्रपतिले गर्ने निर्णय वा काम मन्त्रिपरिषद्को सिफारिसमा हुने भएकाले सो पदलाई विवादमुक्त र गरिमायुक्त बनाउन सरकार, दल र सबै पक्षले प्रयत्न गर्दै आएका छन् ।
राष्ट्रपति भण्डारी महिला भएकाले पनि उहाँ मुलुकको पहिलो राष्ट्रपति हुँदा उहाँको थप चर्चा भयो । वाम–लोकतान्त्रिक आन्दोलनमा उहाँले विगतमा दिएको योगदान र राजनीतिक दलमा रहेर बोकेको अनुभवले पनि उहाँलाई सो जिम्मेवारी सम्हाल्न मद्दत गरेको हुनसक्छ । ‘जनताको बहुदलीय जनवाद’का प्रणेता जननेता मदन भण्डारीकी धर्मपत्नी भएकाले उहाँलाई राष्ट्रपति हुनुअघि नै आदर्शवान् र सङ्घर्षवान् नेत्रीका रूपमा लिइन्थ्यो ।
नयाँ संविधानको व्यवस्थाबमोजिम व्यवस्थापिका–संसद्मा वि.सं. २०७२ कात्तिक ११ गते भएको राष्ट्रपतिको निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट उम्मेदवार बन्नुभएका भण्डारी ३२७ मतसहित निर्वाचित हुनुभएको थियो । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका नेता कुलबहादुर गुरुङले २१४ मत प्राप्त गर्नुभएको थियो । वि.सं. २०७२ असोज ३ मा संविधान जारी भएपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखमा निर्वाचन भएको थियो । प्रमुख दलबीच सहमतिमा आएको संविधानपछिको सत्ता गठबन्धनमा भने सहमति हुन नसक्दा राष्ट्रपतिको निर्वाचनमा पनि मतदान भएको थियो, जहाँ संसद्को ठूलो दल काँग्रेस प्रमुख प्रतिपक्षी थियो ।
राष्ट्रपति भण्डारीले यसबीचमा दुई प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालाई शपथ गराइसक्नुभएको छ भने संसद्बाट पारित विभिन्न विधेयकमा संविधानबमोजिम प्रमाणीकरण गर्नुभएको छ । दलबीचको सहमतिको यात्रा, संविधानको कार्यान्वयन, छिमेकी मुलुकसँगको सन्तुलित सम्बन्ध, मुलुकको आर्थिक–सामाजिक विकास, प्राकृतिक विपद्जस्ता विषयमा उहाँले चासो दिँदै आउनुभएको छ । राजनीतिमा महिला सहभागिता र जागरण ल्याउन तथा संविधानमा हरेक निकायमा ३३ प्रतिशत महिला आरक्षणका लागि निरन्तर अगुवाइ गर्नुभएका उहाँले राष्ट्रप्रमुख भएपछि पनि सो भावनालाई पछ्याइरहनुभएको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले बताउनुभयो ।
स्वदेशभित्रका करिब १५० सार्वजनिक कार्यक्रममा सहभागी भई राष्ट्रपति भण्डारीले विशेषतः समाजमा पछाडि पारिएका समुदायका कार्यक्रम र समाजसेवालाई प्राथमिकता दिँदै आउनुभएको छ । यस्तै विभिन्न धार्मिक, सांस्कृतिक र पर्यटकीय भ्रमणमा पनि उहाँ जाने गर्नुभएको छ । बालबालिकासँग पनि उहाँले छलफल गर्नुभएको छ ।
राष्ट्रपतिका औपचारिक कार्यक्रम बढी त भएनन् भन्ने प्रश्नमा शर्माले भन्नुभयो, “महिला, बालबालिका, अपाङ्गता, साहित्य, शिक्षा, कला, पत्रकारिता, बालबालिका, वृद्धवृद्धाका कार्यक्रमलाई बढी प्राथमिकता दिइएको छ, त्यसले ती क्षेत्रमा प्रोत्साहन मिलेको अनुभव भएको छ । ” शर्माले सत्ता परिवर्तनका समयमा राष्ट्रपतिलाई अनावश्यक विवादमा तान्न खोजिए पनि उहाँले आफ्नो भूमिकालाई ख्याल गरी विवादमा नआएर सरल र संवैधानिक तरिकाबाट सत्ता हस्तान्तरण गराउन सहजीकरण गर्नुभएको स्मरण गर्नुभयो ।


nepal_japan_charity_match
भूकम्पबाट क्षतिग्रस्त बिद्यालयको पुनर्निर्माणको लागि नेपाली राष्ट्रिय टोली र जापानको व्यवसायिक फुटबल खेलाडीहरु सम्मिलित टोलीबीच मैत्रीपूर्ण च्यारिटी फुटबल हुने भएको छ ।

खेलकुद सम्बन्धित कार्यक्रम सञ्चालन गरिरहेको जापानी सामाजिक संस्था कलरबाथ र अखिल नेपाल फुटबल संघ एन्फाको संयुक्त आयोजनामा आगामी मंसिर ४ गते सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा च्यारिटी फुटबल हुनेछ ।

खेलका लागि सन् २००२ को विश्वकप फुटबलमा जापानी टोलीबाट प्रतिनिधित्व गरेका टोडा काजुयुकीको नेतृत्वमा १६ सदस्यीय टोली नेपाल आउनेछ । उनीहरुले नेपालको राष्ट्रिय टोलीसँग एक मैत्रिपूर्ण फुटबल खेल्नेछ ।

सन् २०२० को ओलम्पिकलाई लक्षित गरी जापान सरकारले सञ्चालन गरेको ‘स्पोर्टस फर टुमरो’ले पनि यस च्यारिटी खेललाई सम्बन्धन दिएको छ । पत्रकार सम्मेलनमा कलरबाथका नेपाल अध्यक्ष गणेशमान लामाले च्यारिटी खेलको मुख्य उद्देश्य नेपाललाई जापानमा चिनाउनु भएको बताए ।

कलरबाथले दुई बर्षअघिनै नेपाली टोली र जापानी टोलीबीच मैत्रीपूर्ण खेलको आयोजना गर्ने लक्ष्य लिएपनि गत बैशाख १२ को बिनाशकारी भूकम्पका कारण योजना सफल हुन सकेको थिएन ।

कलरबाथका नेपाल अध्यक्ष लामाले भूकम्पपछि आफुहरुको उद्देश्यमा केहि परिवर्तन गरी भूकम्पले क्षति पुर्‍याएको बिद्यालय तथा फुटबल प्रशिक्षण गर्न सकिने मैदान निर्माणमा च्यारिटीबाट उठेको रकम सहयोग गर्ने निर्णय गरिएको बताए ।

पत्रकार सम्मेलनमा एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले मैत्रीपूर्ण खेल दशरथ रंगशालामा गर्ने तयारी भएपनि खेलकुद परिषदले रंगशाला उपलब्ध नगराएका कारण सातदोवाटोमा गर्न लागिएको जानकारी दिए । उनले भने, ‘भूकम्पपछि बन्द दशरथ रंगशाला यही खेलबाट खुलेको जानकारी हामी दिन चाहन्थ्यौं तर परिषदले हामीलाई मैदान उपलब्ध गराएपनि प्याराफिट उपलब्ध गराएन ।’, उनले थपे, ‘भूकम्पपछिको यति लामो समयसम्म पनि परिषदले रंगशाला पुनर्निर्माण सम्पन्न नगर्नु दुखद पक्ष हो । हामीले प्राबिधिक जाँच गरेर रंगशाला प्रयोग गर्छौं भन्दा पनि परिषदले दिएन ।’

दशरथ रंगशाला उपलब्ध नभएपछि सातादोवाटोमा रहेको मैदानमा केहि अस्थाई प्याराफिट निर्माण गरी खेल खेलाउने तयारी भइरहेको सिइओ तुलाधरले जानकारी दिए । सिइओ तुलाधरले रंगशाला पुनर्निर्माणका लागि सरकारले तदारुकता नदेखाएको आरोप लगाए ।-अनलाइनखबर

Pm-office

काठमाडौं,कार्तिक ११ गते । भारत र चीनका राष्ट्रपति नेपाल भ्रमणमा आउने दिन सरकारले सार्बजनिक विदा दिने निर्णय गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद बैठकले दुई छिमेकी देशका राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउँदा सार्बजनिक विदा दिने निर्णय गरेको हो ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जी यही कात्तिक १७ गते नेपाल भ्रमणमा आउँदैछन् । चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण भने टुंगो लागिसकेको छैन ।

घरेलुमा आचार्य नियुक्त

यसैगरी मन्त्रिपरिषद बैठकले घरेलु तथा साना उद्योग विकास सञ्चालक समितिमा सिन्धुली झाँगाझोलीका उर्गेन्द्र आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यस्तै थानकोट-चित्लाङ गणेशमान मार्गको स्तरोन्नती गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको बैठकपछि सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए ।-अनलाइनखबर

१६ औं स्थापना दिवसको अवसरमा हलचोकमा विशेष समारोह

Durja-Kumar-Rai

सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई
काठमाडौं,कार्तिक ११ गते । सशस्त्र प्रहरी बलले बिहीबार बिहान प्रधान कार्यालय हलचोकमा विशेष कार्यक्रम आयोजना गरी आफ्नो १६ औं स्थापना दिवस मनाएको छ । सरकारले २०५७ सालमा सशस्त्र प्रहरी बल स्थापना गरेको थियो । तात्कालिन अवस्थामा माओवादी जनयुद्ध चर्किदै गएपछि नेपाली सेना र नेपाल प्रहरीका विचमा अर्को एक शक्ति खाँचो महसुस गरी दुवै सुरक्षा निकायका केही जनशक्ति ल्याई सशस्त्र प्रहरी बल गठन गरिएको थियो ।

१६ औ स्थापना दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले सधैं आफ्नो दायित्व पूरा गर्न मातहतका सुरक्षा अधिकारीलाई निर्देशन दिए । परिवर्तित सन्र्दभमा चुनौतिहरु पनि थपिदै जाने भन्दै उनले जस्तोसुकै अवस्थामा पनि विचलित नभई सुम्पिएको दायित्वमा खरो उत्रिन निर्देशन दिए ।

महानिरिक्षक राईले सशस्त्र प्रहरीले आफ्नो अस्पताललाई सुविधा सम्पन्न बनाउन उपकरणहरुको खरिद प्रक्रियालाई चाँडै नै अघि बढाउने बताए । उनले मुटु, हेपाटाइटिस, क्यान्सरलगायत रोग लागेका सशस्त्र प्रहरीका बहालवाला र अवकास प्राप्त सुरक्षा अधिकारीको उपचारमा आर्थिक सहयोग गर्न छुट्टै कोष स्थापना गर्ने घोषणा पनि गरे ।

उनले सरकारको निर्देशन अनुसार सशस्त्र प्रहरी बलले पेट्रोलपम्प तथा ग्यास स्टेसन निर्माण गरी बुलेट तथा ट्यांकरको क्षेत्रमा थप लगानी गर्न लागेको जानकारी पनि दिए ।

कार्यक्रममा वर्षभरी उत्कृष्ट काम गर्ने सशस्त्र प्रहरी तथा गुल्म लगायतलाई पुरस्कृत गरिएको थियो ।-अनलाइनखबर



जनकपुरधाम, कात्तिक ११ गते । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले संविधान संशोधनको तयारी सकारात्मक ढङ्ग अघि बढेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउँदै उहाँले संविधान संशोधनको समस्यालाई छिटो टुङ्ग्याउन इमानदारी आवश्यक छ भन्नुभयो ।

संविधानलाई सहमतिको दस्तावेज बनाउन सबै पक्ष गम्भीर भई वार्ता र संवादबाट समाधान खोज्नुपर्नेमा जोड दिँदै उहाँले संविधान संशोधन गर्दा समग्र राष्ट्रिय एकताको भावनालाई ध्यानमा राख्नुपर्ने खाँचो औँल्याउनुभयो ।

संविधान संशोधनका लागि समय तोक्नुभन्दा पनि कहाँ, कति, के संशोधन गर्ने त्यसमा केन्द्रित हुनु जरुरी भएको धारणा राख्दै उहाँले यथाशीघ्र संविधान संशोधनको टुङ्गो लगाउनुपर्दछ भन्नुभयो ।रासस

ck-lal-ratopati-1

लोकमानसिंह कार्कीको नियुक्ति प्रक्रियादेखि उनलाई महाअभियोग लगाउनेसम्मको हाम्रो वर्तमान समाजको चरित्रलाई नियाल्ने हो भने हाम्रो समाजले नायकको खोजी गरिरहेको झल्को पाइन्छ । स्वभाविक हो, नायकको खोजी गर्ने समाजले खलनायकको पनि खोजी गर्छ । अथवा भनौँ कसैमा राम र कसैमा रावणको रुप खोजी हिँड्छ । जसलाई सार्थक तुल्याउन समाजका टाठाबाठा कहलिएका बुद्धिजीवी तथा त्यहाँको ‘लिजर क्लास’को भूमिका महत्वपूर्ण हुने गर्छ । यसै क्रममा हामीले कहिले जङ्गबहादुर खोज्यौँ, त कहिले अमरसिंह थापा, त कहिले प्रचण्ड, त कहिले गगन थापा र गोविन्द केसी । तर हामीले राज्यको मूल चरित्रको बारेमा कहिलै पनि खासै प्रश्न गर्ने गरी खोजी गरेनौँ । लोकमान प्रकरणमा पनि हामी कोही उनको पक्षमा त कोही उनको विपक्षमा उभियौँ । तर लोकमानहरु (नायक अथवा खलनायक) किन जन्मन्छन् भन्ने कुराको खोजी गरेनौँ । किनभने हामी राज्यसत्ताको चरित्रमा भन्दा त्यसका पात्रमा बढी केन्द्रित भयो । विश्वव्यवस्था चलाउने नीतिहरुको निर्माण र विनिर्माण किन हुन्छन् र शोषणका नयाँ नयाँ नियमहरु कसरी संस्थागत हुन्छन् भन्नेमा धेरै पहिल्याउनतर्फ लागेनौँ । अनि सधैँ लोकमान जस्तै यावत प्रवृत्तिका पछाडि डुली हिँड्यौँ ।

लोकमान प्रकरणमा राज्य व्यवस्थाको कुरा कसरी जोडिन्छ भन्ने कुराको पत्तो पाउन मैले स्तम्भकार तथा टिप्पणीकार सिके लाललाई सम्झिएँ र उनीसँग पुलको काम गरिदिन आग्रह गरेँ पत्रकार मित्र अमरेन्द्र यादवलाई । अन्ततः यादवले मलाई सिके लालसँग भेट गराउने भए समय दिनको ११ः३० । भारतको अलिगढ मुस्लिम विश्वविद्यालयबाट इन्जिनियरिङ गरेका लालले आफ्नो औपचारिक पढाइको क्षेत्रमा भन्दा समाजविज्ञानको क्षेत्रलार्ई आफ्नो कर्मथलो बनाए र ०४६ यताबाट उनी नियमित स्तम्भ लेख्ने तथा राजनीतिक टिप्पणी गर्ने काममा लागिरहेँ । यसैबीच उनका ह्युमन राइट्स गभर्नेन्स एन्ड डेमोक्रेसी इन साउथ एसिया, नेपालीय हुनलाई र मिथिला मन्थन प्रकाशित भइसकेका छन् ।
ck-lal-ratopati-1
लोकमान प्रकरणलाई सञ्चार माध्यममा जसरी उठाइएको छ, के साँच्चै हाम्रो समाजका लागि यो त्यतिकै डरलाग्दो कुरा हो ?
यो प्रश्नको सम्बन्ध कहाँ जोड्नुपर्ने हुन्छ भने मिडिया भनेको बजारको अङ्ग हो कि होइन ? यदि मिडिया बजारको अङ्ग हो भने यो प्रेसजस्तो र अभिव्यक्तिको स्वतन्त्रतासँग मात्र जोडिएको हुँदैन । बजारसँग जोडिएपछि मिडियाले अर्थराजनीतिले खोजेको जस्तो भूमिका निर्वाह गर्छ । हाम्रो अर्थ राजनीति अहिले एकात्मक शासन व्यवस्था (अटार्की) जसमा आर्थिक र राजनीति शक्ति दुवैको केन्द्र एउटै शासकमा निहित हुन्छबाट गिरोहतन्त्र (ओलिगार्की) जसमा आर्थिक र राजनीतिक शक्ति लेनदेनबाट शासन व्यवस्था चल्छ, त्यहाँबाट लुटतन्त्र (प्लुटार्की) जसमा अर्थतन्त्रले राजनीतिलाई छोप्छ र आर्थिक शक्तिहरु नै निर्णायक हुने गर्दछन् । हामी त्यसै चरणमा छौँ ।


नेपालको लुटतन्त्र (प्लुटार्की) का लागि लोकमान चुनौतीको रुपमा देखिएपछि अहिले यसलाई सल्ट्याइ हालौँ । पछि देखाजाला भन्ने सोचले तत्कालका लागि लोकमानलाई यति ठूलो राक्षसी स्वरुप दिई मुद्दा बनाइएको हो ।

यहाँ पनि रुप राजनीतिक नै हुने गर्छ तर देश सञ्चालन गर्ने निर्णय भने आर्थिक शक्ति हुनेहरुले गर्छन् । यस व्यवस्थामा तिनैको नियन्त्रण र अरन खटनमा मिडिया चल्ने गर्छ । त्यसैले उनीहरुले अराएको र खटाएको काम मिडियामा देखिएको हो । नेपालको लुटतन्त्र (प्लुटार्की) का लागि लोकमान चुनौतीको रुपमा देखिएपछि अहिले यसलाई सल्ट्याइ हालौँ । पछि देखाजाला भन्ने सोचले तत्कालका लागि लोकमानलाई यति ठूलो राक्षसी स्वरुप दिई मुद्दा बनाइएको हो । लोकमानलाई ल्याउने पनि यिनै हुन् । लोकमान कस्ता व्यक्ति थिए भन्ने कुरा राजनीति गर्नेहरुलाई नियुक्त गर्ने बेलामा थाहा थिएन र ? लोकमानको इतिहास, संस्कृति, परम्परा र उनको बानी व्यहोरा थाहा भएरै ल्याइएको हो ।

लोकमानलाई नियुक्त गर्ने बेलामा नेपालको शासन व्यवस्थामा गिरोहतन्त्र (ओलिगार्की) थियो । त्यस व्यवस्थामा राजनीतिकर्मीहरुको केही कुरा चल्थ्यो । अहिलेको लुटतन्त्र (प्लुटार्की) मा राजनीतिकर्मीहरु आर्थिक शक्ति भएकाहरुको अरन खटनमा चल्न थाले । आर्थिक शक्ति हुनेहरुका लागि चुनौती खडा भएकाले लोकमानलाई राक्षस बनाइएको हो । लोकमान जोखिम नभएका होइनन् तर यो मात्र खतरा भनेर जसरी देखाइएको छ, त्यति होइन । धेरै खतराहरु मध्ये सूची बनाउने हो भने सायद लोकमान अलिक तलै पर्छन् होला । माथि त पक्कै पनि होइन । यहाँको लुटतन्त्रका लागि ठूलो जोखिम देखिए लोकमान ।
त्यसोभए डाक्टर गोविन्द केसीलाई पनि लोकमान किन जोखिम लागे त ?

डाक्टर केसीको कुरा अलिक फरक कोणबाट हेर्नुपर्छ । उनी नियत असाध्यै राम्रा भएका व्यक्ति हुन् । हाम्रो स्वास्थ्य सेवा व्यापार भएको पक्का हो । स्वास्थ्य शिक्षालाई पनि व्यापार बनाइएको पक्का हो । जब यस्ता कुरालाई व्यापार बनाइन्छ त्यस्तो घडीमा व्यापारलाई रोक्ने कोही अलिक राम्रा छविको मान्छे देखा पर्छन् भने उनको उपयोग गर्ने शक्तिहरु पनि सतहमा देखा पर्न थाल्छन् । त्यसको दोष उनको टाउकोमा राख्न त मिल्दैन । भनिन्छ नि उनलाई कसैले उचाल्यो भनेर, कसैले उचाल्दैमा उचालिने मान्छे डा. केसी होइनन् । तर कहिलेकाहीँ के भइदिन्छ भने सारै नराम्रो काम सारै असल नियतले पनि भइदिन्छ ।

उनी सारै असल नियतले लागेका हुन् । स्वास्थ्य शिक्षाको व्यापारीकरण रोकियोस, स्वास्थ्य सेवा व्यापारबाट पुनः स्वास्थ्य सेवा बनोस तथा हाम्रो समाज राम्रो होस भनेर उनले चाहेका हुन् । तर के भइदियो भने उनको असल नियत शतरन्जको गोटीका रुपमा प्रयोग भइरहेको देखियो । त्यसो गर्नमा काठमाडौंको सारै बाचाल र फुर्सदिलो समूह जसलाई १९औँ शताब्दीका समाजशास्त्री थ्रस्टेन वेवलनले ‘लिजर क्लास’ भन्छन् ।

फुर्सदिला व्यक्तिहरु कस्ता हुन्छन् भन्ने बारेमा उनले भनेका छन्– ‘जसले केही उत्पादन गर्दैनन् र उत्पादक तथा उपभोक्ताबीचको दलालीको काम गरेर जसले गुजारा चलाउँछन् त्यस्ता मान्छे सप्ताहन्तको फुर्सदमा अथवा १० देखि ५ पछिको फुर्सदमा जीवनको केही अर्थ खोजौं भन्नेमा हुन्छन् ।’ तर अर्थ खोज्नका लागि त धेरै कुरा त्याग गर्नु पर्नेहुन्छ । त्याग गर्न उनीहरु तयार हुँदैनन् । अनि यस्तै क्रियाका लागि ऊ यस्तै कुराहरुको पछि कुद्ने गर्छ । फुर्सदिलो समूह, नियत राम्रो भएको व्यक्ति र व्यापारीहरुको स्वार्थको टक्करमा परेर बिचरा भन्नुपर्ने अवस्था भएको छ । गोविन्द केसीजी मेरा मित्र हुनुहुन्छ । उहाँ तीनै स्वार्थ समूहहरुको गोटी बन्न पुग्नु भएको छ ।


मात्र के भइदियो भने जति बेला गिरोहतन्त्र थियो, राजनीतिकर्मीलाई के लाग्यो भने यस्ता काम यिनले हाम्रा लागि गर्नेछन् । तर, लोकमानले उनका लागि नभएर आफ्ना लागि गर्ने भए ।तर लोकमानले पछिल्लो समय जस्तो क्रियाकलाप देखाए कतिले त उनलाई ‘समानान्तर सत्ता चलाएको’ आरोप लगाए के त्यो स्वेच्छाचारिताबाट प्रेरित थिएन ?

त्यो साँचो कुरा हो । तर उनी स्वेच्छाचारी हुन भन्ने कुरा आज यो दुई वर्षमा पत्ता लागेको कुरा होइन । उनी स्वेच्छाचारी हुन् भन्ने कुरा उनी मुख्यसचिव हुँदा, जनआन्दोलन दबाउँदा, अर्थमन्त्रालय चलाउँदा होस् अथवा दरबारका कर्मचारी हुँदा नै थाहा थियो । यो नयाँ कुरा होइन । उनले समानान्तर सत्ता चलाउन खोजको पनि सही कुरा हो । अख्तियारले सबैको फाइल खडा गर्ने, अख्तियारको क्षेत्रीय कार्यालय अञ्चलाधीश जस्तो बनाउने, प्रशासकलाई बोलाएर निर्देशन दिने त गरिराखेकै हो । त्यो काम गर्नैका लागि त लोकमानलाई ल्याइएको हो । लोकमानले यही सबै गर्नेछन् भनेर नै उनलाई त्यस पदमा ल्याइएको हो ।

मात्र के भइदियो भने जति बेला गिरोहतन्त्र थियो, राजनीतिकर्मीलाई के लाग्यो भने यस्ता काम यिनले हाम्रा लागि गर्नेछन् । तर, लोकमानले उनका लागि नभएर आफ्ना लागि गर्ने भए । लोकमानलाई नियुक्त गर्ने बेलामा राजनीतिकर्मीले के सोचेका थिए भने नेपालको राज्यसत्ताका जुन चारवटा खुट्टाहरु छन् जसमा– नोकरशाह (म्यान्डरिन), धर्माधिकारी (म्यान्डिक्यान्स), सैनिक अधिकारी (मिलिट्री) र ठूला व्यापारी (मर्केन्टाइलिस) पर्छन् । यी चारवटा खुट्टामा लोकमान नोकरशाहको स्तरमा बस्नेछन् । तर उनी ती चारवटामा फिट भएनन् । उनी त्योभन्दा माथि बस्न चाहन्थे, त्यो भनेको पाँचौँ स्थान हो । जसले अधिनायकको स्थानलाई प्रतिनिधित्व गर्दथ्यो । जसलाई हामी बुझ्ने भाषामा अधिनायक (मोनार्क) भन्ने गर्दछौँ ।

उनले राजा गए अब म पाँचौँ हुन्छु भनिदिए । मेरो विचारमा उनको आफ्नो जोड घटाउको हिसाबमा उनले के देखे भने सबै चोरै चोर छन् भने चोरमाथि चकार लाग्नु नैतिक अपराध होइन र त्यसलाई आफ्नै तरिकाले– म देशको हितमा नैतिक काम गर्दैछु भन्न भ्याए । यति हुँदासमेत यो एक वर्षमा उनकाबारे सार्वजनिक जानकारीमा आइसकेको कुराबाहेक केही नयाँ कुरा आएको छैन । यत्रो मिडिया लागेको छ तर पनि कुनै एउटा कुरा तपाईंले थाहा पाउनु भएको छ ? हाम्रो ज्ञानमा एउटा पनि नयाँ कुरा केही थपिएको छ भन्ने मलाई लाग्दैन । सबै थाहा भएकै कुरा हो । योभन्दा धेरै बढी त दोस्रो संविधानसभाका समयमा गरेका थिए मिडियाले । जसको फाइदा लिएर यी नेताहरु नेता कहलिन पाएका थिए ।


अहिलेको हाम्रो समसामयिक समाजका पुरेत र धामीझाँक्री भनेका तथाकथित वुद्धिजीवी र मिडिया हुन् । पहिले जे काम पुरेत र धामीझाँक्रीले गर्दथे त्यो आजको समाजमा मिडिया र बुद्धिजीवीले गर्ने गर्दछन् । अनि भूतको आतङ्क धामीझँक्री र पुरेतलाई पहिले हुन्छ, किनभने उनीहरुको गुजारा त्यसबाट चल्ने गर्दछ । अहिले त्यसरी नै लोकमानलाई भूत बनाएर आतङ्कित पार्न खोजिएको छ ।
ck-lal-ratopati-3
प्रदीप गिरीले नेतालाई मात्र होइन कि जनतालाई समेत के कुराले आतङ्कित पारी राखेको छ ? त्यो महत्वपूर्ण प्रश्न हो भन्नु हुन्छ । तपाईंलाई के लाग्छ लोकमानको यो सार्वजनिक आतङ्क हो अथवा वर्गविशेषको आतङ्क हो ?

सर्वसाधारणका लािग केको आतङ्क हुनु नि । भैदियो के भने अहिलेको हाम्रो समसामयिक समाजका पुरेत र धामीझाँक्री भनेका तथाकथित वुद्धिजीवी र मिडिया हुन् । पहिले जे काम पुरेत र धामीझाँक्रीले गर्दथे त्यो आजको समाजमा मिडिया र बुद्धिजीवीले गर्ने गर्दछन् । अनि भूतको आतङ्क धामीझँक्री र पुरेतलाई पहिले हुन्छ, किनभने उनीहरुको गुजारा त्यसबाट चल्ने गर्दछ । अहिले त्यसरी नै लोकमानलाई भूत बनाएर आतङ्कित पार्न खोजिएको छ । किनभने यसबाट लाभान्वित हुने समूह बुद्धिजीवी र मिडिया मार्फत यहाँको लुटतन्त्र नै हो । जसरी भूत भन्ने केही हुँदैन तर त्यसको आतङ्क समाजमा हुने गर्छ, त्यसरी नै लुटतन्त्रले मिडिया र बुद्धिजीवीलाई लगाएर लोकमानको कृत्रिम भूत खडा गरेका हुन् । त्यसको तर्क के दिइएको छ भने– समानान्तर सत्ता खडा गर्यो, देश बेच्न खोज्यो, भारतीय हस्तक्षेप भयो आदि । तर यसबाट लुटतन्त्रलाई बलियो पार्न खोजिएको हो ।


लोकमानको पृष्ठभूमि हेर्ने हो भने उनका बुबा भूपालमानसिंह कार्की जो राजसभाका स्थायी समिति सभापति भएका र राणाहरुसँग राम्रो सम्बन्ध स्थापित गरेर स्थायी सत्ता र शक्तिको नजिक रहेका देखिन्छन् । त्यस्तै लोकमानले जसरी पनि कारवाही गर्ने भनेर प्रक्रिया अगाडि बढाउनुपर्छ भन्ने कनकमणि दीक्षित । दीक्षित परिवार पनि राणाहरुसँग निकै राम्रो समन्ध भएको र दरबारमा पूजापाठको काम गर्ने गरेको परिवार । यसलाई नेपालका पुराना कुलीनहरुको शक्ति सङ्घर्षको परिणामको रुपमा हेर्न मिल्छ कि मिल्दैन ?

यसलाई प्रस्ट्याउन अर्थ राजनीतिको सम्बन्धबारे जान्नुपर्ने हुन्छ । के हुन्छ भने एकात्मक राज्य व्यवस्थाको सामन्तवादमा भूमिपतिहरुको भूमिका हुन्थ्यो । जुन भनेको कार्की परिवार हो । त्यस्तै धर्माधिकारीहरुको पनि भूमिका हुने गर्दथ्यो । धर्माधिकारीहरुले नै ज्ञानको व्यापार गर्ने गर्थे । यो भनेको दीक्षित परिवार हो । जग्गाको आधारमा शक्ति हासिल गर्ने भूमिपति र ज्ञानको व्यापार गर्दै शक्ति हासिल गर्ने धर्माधिकारीबीच कहिलै पनि एकै किसिमको मिलती हुँदैनथ्यो । मालिकहरुले दुवैलाई लडाएर आफ्नो फाइदा लिने गर्दथे । त्यो तुस कालान्तरसम्म पनि बाँकी रहन्छ ।


लोकमानले यहाँको अर्थराजनीतिमा आएको परिवर्तनलाई ठीक ढङ्गले ठम्याउन सकेनन् । जसको परिणाम ज्ञानका उद्यमीहरुले उनलाई राक्षस बनाउन खर्च गरे । तत्कालीन परम्परागत द्वन्द्व अहिले पनि त्यही रुपमा ज्ञान र सम्पत्तिबीच चलिआएको छ, यो नयाँ होइन ।

तर यी दुईबीच एउटा के कुराको समानता हुन्थ्यो भने दुवैको अन्तर्राष्ट्रिय सम्पर्क हुँदैनथ्यो । किनभने एकात्मक शासन व्यवस्थामा अन्तर्राष्ट्रिय सम्पर्क शासकको मात्र हुन्थ्यो । तर अहिले बदलिएको अर्थराजनीतिमा सामन्तवादको ठाउँ दलाल पुँजीवादले लियो । हाम्रोमा हुने भनेको दलाली हो । किनभने यहाँ खासै उद्यम छैनन् । उद्यममा भएका सबैलाई जोड्ने हो भने पनि यसले गैससले जति रोजगारी पनि सिर्जना गर्दैनन् । दलाल अर्थतन्त्रमा के भइदियो भने भूमिपतिहरुको शक्ति कम भयो र ज्ञानको व्यापार गर्नेहरुको शक्ति ठूलो भइदियो । किनभने उनको अन्तर्राष्ट्रिय सम्बन्ध पनि फैलियो । यहीँनेर लोकमानको हिसाब किताब अलिक गलत हुन पुगेजस्तो देखियो । उनले के भन्ठाने भने यो सामन्तवादी व्यवस्था नै हो ।

अहिले पनि भूमाधिपतिको शक्ति धर्माधिपतिहरुको शक्तिभन्दा बढी हुन्छ । आफ्नो वजनभन्दा ठूलो प्रतिद्वन्द्वी छाने । उनले के बिर्से भने अब यहाँ सामन्तवादी व्यवस्था रहेन र पूरै अर्थतन्त्र दलाल अर्थतन्त्रमा परिणत भइसक्यो । दलाल अर्थतन्त्रमा कि त ठूला व्यापारीहरुसँग शक्ति हुन्छ कि तीनका लागि ज्ञान उत्पान गर्ने मिडिया, बुद्धिजीवी, धर्मको व्यापार गर्ने व्यक्तिहरुसँग हुन्छ । पहिलेको शक्तिको स्वरुप फेरिएर आजका यी शक्तिहरु पहिलेका भूस्वामी जत्तिकै शक्तिशाली भइसकेका छन् । त्यसैले लोकमानले यहाँको अर्थराजनीतिमा आएको परिवर्तनलाई ठीक ढङ्गले ठम्याउन सकेनन् । जसको परिणाम ज्ञानका उद्यमीहरुले उनलाई राक्षस बनाउन खर्च गरे । तत्कालीन परम्परागत द्वन्द्व अहिले पनि त्यही रुपमा ज्ञान र सम्पत्तिबीच चलिआएको छ, यो नयाँ होइन ।यो समग्र उपक्रममा अदालतको भूमिका कस्तो पाउनुभएको छ ?

स्थायी सत्ताका विभिन्न संयन्त्रहरुमध्ये एउटा अदालत हो । अर्को प्रशासन, व्यवस्थापिका र कार्यपालिकाको दुईवटा अङ्ग । एउटा राजनीतिक समूह र दोस्रो संवैधानिक अङ्ग । एकतन्त्रीय शासन प्रणालीमा तानाशाह नै भए पनि यी सबै अङ्गहरुको अन्तरसम्बन्ध सजिलो हुन्छ र थियो । किनभने सबैको डोरी शासकले आफ्नो हातमा राखेको हुन्छ । राजा नभएपछि एक आपसको सन्तुलनले काम गर्ने हो । सन्तुलनको सिद्धान्तले अन्य समयमा राम्रो काम गरे पनि एउटा व्यवस्थाबाट अर्को व्यवस्थामा फड्को मार्ने बेलामा यसले सही ढङ्गले काम गर्न सक्दैन । जस्तै नेपालमा पहिलो संविधानसभा सकिएको बेलासम्म गिरोहतन्त्र थियो । स्थायी सत्तालाई गिरोहतन्त्रले हाम्रो निरन्तरता कायम रहन दिँदैन भन्ने कुरा लागेर भत्काएको हो ।

गिरोहतन्त्रलाई भत्काएर अहिले हामी लुटतन्त्रतर्फ जाँदैछौँ । यस्तो अवस्था सजिलै पार गर्न सहज छैन । यसबीचमा अलिक अराजकता जस्तो भइदिन्छ । जतिबेला रेग्मी सरकार बनयो र लोकमानको नियुक्ति जसरी भयो त्यो अराजक तरिकाबाट भएको हो । त्यो कुनै संविधान, नियम, कानुन अनुसार भएको होइन । त्यस दृष्टिकोणबाट भन्ने हो भने लोकमानलाई कसरी संसदले महाभियोग लगाउने ? संसदले सुनुवाइ नै गरेको छैन । संसदले नियुक्त नै गरेको होइन । जसले नियुक्त गर्छ त्यसलै महाअभियोग लगाउने हो । सुनवाइ नै नगरेको, नियुक्ति समर्थन नै नगरेकालाई महाअभियोग कसरी लगाउने ? कुरा के हो भने यहाँ अराजकता छ ।

अराजकताको बेलामा स्थायी सत्ताका अवयवहरु तुलनात्मक रुपमा शक्ति तौलेर जता तुला भारी हुन्छ, त्यसकै पक्षमा आफूलाई उभ्याउने गर्दछन् । अदालतले शायद यो तुलनात्मक शक्ति हेर्यो । त्यसै पनि पहिलो संविधानसभा विघटनपछि यता केही पनि काम कानुनसम्मत भएको छैन । सबै काम आफ्नै तालले भएको छ । भन्दाखेरी त कानुनलाई जसरी अर्थाए पनि भो । शक्तिमानले कानुनलाई अर्थाउने हो । रामायणको एउटा पङ्क्ति छ– ‘सक्नेको कुनै पनि दोष हुँदैन ।’ अदालतले पनि सक्ने थियो दोष नहुने काम गरिदियो । तर तुलनात्मक शक्तिको आँकलन गरेर बलियो हुन सक्नेको पक्षमा ।भारतमा मोदीको विरोध गर्नेलाई पाकिस्तान समर्थक भने जस्तै नेपालमा लोकमानको विरोध नगर्नेलाई भ्रष्टाचार र भारतको समर्थक भनेर अथ्र्याइन्छ । के यो सही हो ?

यो अलिक जटिल प्रश्न हो । किनभने यसको मनोवैज्ञानिक कारण सबैभन्दा महत्वपूर्ण छ, जुन सामान्यतया हामी चर्चामा ल्याउन चाहँदैनौं । मनोवैज्ञानिक कारणका दुईटा पाटा छन् । पहिलो– सामान्यतः संसारका जुनसुकै भूपरिवेष्ठित देशहरु डरमा बाँचिरहेका हुन्छन् । किनभने निस्कने ठाउँ कतै हुँदैन । त्यसमा पनि तीन तिरबाट एउटै देशले घेरिएको र अर्कोतर्फ हिमाल भएको चार तिरबाटै घेरिएको नेपाल नै एउटा कुवाजस्तो छ । त्यहाँको सामान्य मनोदशा पर्खाल बाहिर संसार नै छैन र जे छ यहीँ छ भने जस्तो हुन्छ । कुवाको भ्यागुतो भन्ने चलन छ नि । समग्र नेपालको सन्दर्भमा नै यो कुरा भनिएको हो । यो कुरा काठमाडौंको सन्दर्भमा पनि लागू हुन्छ । काठमाडौं कुवाभित्रको पनि कुवा हो ।


उचालिने भनेको जो नजिक हुन्छ, त्यसैसँग हो । त्यसैले भारत विरोधी भावनासँग यहाँको राष्ट्रवाद जोडिन्छ । यस सँगसँगै एउटा राजनीतिक कारणसमेत छ । त्यो भनेको अहिलेको जुन सत्ता छ, त्यो सत्ता भारतसँग जोडिएको जस्तो देखिएको छ । किनभने यसअघिको ओली सरकारले आफूलाई भारतविरोधी भनेर प्रस्तुत गरेको थियो । भनेपछि निशाना लोकमान हो तर विरोध सरकारको पनि गर्न पाइयो । एउटा तिरले दुई निसाना साँध्न पाएपछि राजनीतिमा त्योभन्दा के चाहियो ?

दोस्रो– यहाँ ईष्र्या र डाहाले पनि भूमिका खेल्ने गर्छ । भारतसँग सम्बन्ध हुनेहरुले राम्रो गरेका छन्, जुन स्वभाविक हो । भलै त्यो जङ्गबहादुर राणाको सन्दर्भमा होस अथवा भीमसेन थापाको सन्दर्भमा । जङ्गबहादुरले इस्टइन्डिया कम्पनीको दलाली गर्न तयार हुँदाको परिणाम १०४ वर्ष शासन चलाए उता भीमसेन थापाले इस्टइन्डिया कम्पनीसँग जोडिएर काम गर्न नमानेका कारण सेरिए । राजाको सम्बन्धमा पनि त्यस्तै छ । जुनबेला भारतसँग राम्रो रह्यो शासन चल्यो, जुन बेला भारतसँग बिग्रियो चलेन । त्यहाँ डाहाको अंश गासिन पुग्छ । त्यस्तै डरको अलिकति अंश भनेको हामीमाथि नै भारतको सत्ता लागि पर्ला कि भन्ने ।


त्यसैमा लोभको पनि अलिकति अंश छ । भारतको अलिकति विरोध गर्यो भने हामी उसको नजिक पुग्छौँ कि भन्ने । यी सबै मनोवैज्ञानिक कारणहरु हुन् । अर्को व्यावहारिक कारण के छ भने जुन देशमा गर्व गर्न मिल्ने केही हुँदैन, त्यहाँ के कुराले मान्छेलाई उत्तेजित बनाउने भन्दा त्यो राष्ट्रवाद मात्र हो । हाम्रो अर्थतन्त्र, कूटनीति, खत्तम हुन्छ भनौँ भने हाम्रो अर्थतन्त्र र कूटनीति नै छैन । हाम्रो समाजिक सुव्यवस्था खलबलिन्छ भनौँ भने हाम्रो सामाजिक सुव्यवस्था सोपानतन्त्रमा चलेको छ । भनेपछि के कुराले मान्छेलाई उत्तेजित पार्ने त ? त्यो राष्ट्रवाद नै हो । राष्ट्रवादको नाममा अमेरिका, रुस र चीनको विरोध गरौँ भने कोही पनि उचालिँदैन ।

उचालिने भनेको जो नजिक हुन्छ, त्यसैसँग हो । त्यसैले भारत विरोधी भावनासँग यहाँको राष्ट्रवाद जोडिन्छ । यस सँगसँगै एउटा राजनीतिक कारणसमेत छ । त्यो भनेको अहिलेको जुन सत्ता छ, त्यो सत्ता भारतसँग जोडिएको जस्तो देखिएको छ । किनभने यसअघिको ओली सरकारले आफूलाई भारतविरोधी भनेर प्रस्तुत गरेको थियो । भनेपछि निशाना लोकमान हो तर विरोध सरकारको पनि गर्न पाइयो । एउटा तिरले दुई निसाना साँध्न पाएपछि राजनीतिमा त्योभन्दा के चाहियो ? महाअभियोगको कुरा उठाउने डाक्टर केसी हुन् । म फेरि यो दोष गोविन्द केसीलाई नदिएर जुन किसिमको वातावरण सिर्जना गरिएको छ, त्यो वातावरणको भाषालाई गोविन्द केसीले वाणी मात्र दिएका हुन् भन्न चाहन्छु ।हाम्रा अन्य राजनीतिक एजेन्डाहरुलाई थाँती राखेर जसरी राजनीति लोकमान केन्द्रित भएको छ, के उनलाई महाअभियोग लगाई हटाइएपछि के हाम्रा सारा मुद्दा समाधान भएर जान्छन् र ? कसरी महशुस गराउन खोजिएको छ ।

जनताको समस्या समाधान गर्ने विषयसँग यो विषय जोडिएकै छैन । लुटतन्त्रमा विभिन्न आर्थिक समूहका प्रतिस्पर्धात्मक स्वार्थहरु हुन्छन् । उदाहरणका रुपमा नेपाल वायु सेवा निगमले जाहाज किन्ने भयो । जाहाज नेपालमा त बन्दैन । नयाँ फ्याक्ट्रीबाटै किन्ने अथवा नयाँ जस्तै केही पुरानो एजेन्टहरुबाट किन्ने भन्ने प्रतिस्पर्धा होला । अब हजारौं करोडको खेलमा त्यहाँ दलाली त हुन्छ । त्यहाँ एउटा मात्र समूह छैन । राजतन्त्रको बेलामा के हुन्थ्यो भने सबै कुरा दरबारबाट नियन्त्रण हुन्थ्यो । अरुले जुठन पाउने गर्दथे । तर राजा हटेपछि यहाँ खेल विभिन्न ठूलो समूहमा हुन्छ । अनि एउटा पक्ष बलियो हुनु भनेको अर्को पक्ष कमजोर हुनु हो । अनि दुवै लड्छन् ।

त्यस्तै सेनाले हातहतियार, हेलिकप्टर किन्नेदेखि शिक्षा, स्वास्थ्य, खाद्यान्नको समेत व्यापार हुन्छ, त्यसमा फेरी अर्को करोडौंको खेल हुन्छ । त्यसमा एउटा मात्रै स्वार्थ समूह सक्रिय नभएर अनेकौँ स्वार्थ समूहहरु सक्रिय हुन्छन् । लोकमानलाई के थियो भने सबैलाई खेलाएर म बलियो हुन्छु भन्ने भयो । यता सरकारमा हुनेहरुलाई राजाको ठाउँ हामीले लिएका हौँ, हाम्रो कुरा लागू हुनु पर्यो भन्ने भयो । विरोधी दलमा हुनेहरुले हाम्रो पनि भागबन्डा हुनुपर्छ भने किनभने संसदीय व्यवस्थामा प्रमुखप्रतिपक्षी दल राज्यसत्ताकै अङ्ग हुन्छ । ती सबैलाई चलाउने लुटतन्त्रका मूल मान्छेलाई के लाग्यो भने अब यो भागबन्डा धेरै भयो, प्रतिस्पर्धा हुने ठाउँमा प्रतिस्पर्धा गरौँ, नसक्ने ठाउँमा मिलेर जाऊँ ।

तर लोकमानले त्यो पनि हुन दिएनन् । त्यसैले यसलाई हटाइदिएपछि हाम्रो लुटतन्त्र बलियो हुन्छ कि भनेर यो सबै गरिएको हो । लोकमान हट्नु अथवा नहट्नुमा नेपालका समस्याहरुको केही लिनुदिनु छैन । यी भनेका असम्बन्धित कुराहरु हुन् । लोकमानको भूत कस्तो हो भने मिथिला क्षेत्रमा सामाचखेवा भन्ने दिदीबैनीहरुले शरद ऋतुमा एउटा खेल खेल्छन् । त्यसको समापनको दिन चुगुला भन्ने एक जना पात्र खडा गरेर त्यसको जुँगामा आगो लगाउँदै, थुक्दै त्यो माटोको भाँडोलाई फुटाइन्छ । यति गर्नुको सामाजिक अर्थ के हो भने अब हाम्रा सबै सङ्कट अर्को सामाचखेवासम्मलाई समाप्त भए । अब अर्को वर्ष अर्को चुगुला बनाए पुग्छ भनेजस्तै अहिलेको नेपालको स्थायी सत्ताका लागि लोकमान एउटा चुगुलाजस्तै खडा गरिएको हो ।

यस्ता विभिन्न परिघटनामा सचेत बौद्धिकहरुको भूमिका नै नदेखिनुको कारण के होला ?

बुद्धिजीवी भनेको सामान्यतया कि बजारसँग जोडिएको हुन्छ कि राज्यसत्तासँग । बजारसँग जोडिएका बुद्धिजीवीहरुको स्वार्थ र राज्यसत्तासँग जोडिएका बुद्धिजीवीहरुको स्वार्थ अहिले लोकमानको विरोधसँग जोडिएको छ । नभए कल्पना गर्नुस् त सरकारमा र प्रमुख प्रतिपक्षमा हुने दल मिलेर राज्यसत्ताकै एउटा अङ्गको विपरीत जाने परिस्थिति अभूतपूर्व होइन ? यस्तो भनेको देशै विखण्डन हुन लागेमा अथवा मुलुक युद्धमा गएमा मात्र हुने कुरा हो । तर लोकमान भन्ने पात्रका लागि सरकारको नेतृत्व गर्ने दल र प्रमुख प्रतिपक्ष दलसँगै उभिएर यो परिस्थिति निर्माण हुन्छ भने तपाई बुद्धिजीवीसँग के अपेक्षा गर्नुहुन्छ ।


अर्गानिक इन्टलेक्चुअलका लागि पनि लोकमान कुनै मुद्दा नै होइनन् । यो त जबरजस्ती खडा गरिएको भूत हो । मानौँ लोकमान हट्यो भने नेपालको अर्थतन्त्रमा सकारात्मक सङ्केत देखापर्नेछन् । लोकमान हटेमा हामीले आयात गर्ने चामलमा हामी आत्मनिर्भर हुन्छौँ ? हामीकहाँ औद्योगीकरण छैन के त्यो हुन्छ ?

बुद्धिजीवी भनेको कि राज्यसत्ताको विरोध गर्ने हुन्छ कि बचाउ गर्ने । तर यहाँ एउटा पक्ष होइन दुवै पक्ष मिलेर काम गरिरहेका छन् । यस्तोमा बुद्धिजीवीहरुको भूमिका सारै सङ्कुचित हुने भयो । यी दुईबाहेक ग्राम्सीको भाषामा जसलाई ‘अर्गानिक इन्टलेक्चुअल’ (अनुयोगी बौद्धिक) भन्छौँ उनीहरुका लागि लोकमान प्रकरण खासै महत्वपूर्ण मुद्दा होइन । अर्गानिक इन्टलेक्चुअलहरुलाई यो रुचिको विषय नै होइन । तपाईं आफै भन्नुस् न मेरो गाउँमा हलो जोतिरहेको एउटा किसानलाई लोकमान हुनु र नहुनुले के फरक पर्छ ? अरबमा बेबारिसे एउटा लास नेपाल पठाउनका लागि चन्दा उठाइरहेका नेपालीहरुलाई लोकमान हुनु र नहुनुले के फरक पर्छ । एउटा दलित जो पोखरामा बसेर कुनै रेस्टुरेन्ट चलाइरहेको छ उसलाई लोकमान हुनु र नहुनुसँग के सरकोकार राख्छ ? उसका लागि त्यहाँ रहेको पुलिसको डीएसपी राजा हो । उसका लागि त्यहाँको हवलदार महत्वपूर्ण मुद्दा हो, जसले हप्ता उठाउँछ । मानिलिनुस एउटा बाहुन बुटवलमा जुत्ता पसल गरेर बसेको छ भने उसलाई लोकमानसँग के सरोकार हुन सक्छ ? केही पनि हुँदैन ।

अर्गानिक इन्टलेक्चुअलका लागि पनि लोकमान कुनै मुद्दा नै होइनन् । यो त जबरजस्ती खडा गरिएको भूत हो । मानौँ लोकमान हट्यो भने नेपालको अर्थतन्त्रमा सकारात्मक सङ्केत देखापर्नेछन् । लोकमान हटेमा हामीले आयात गर्ने चामलमा हामी आत्मनिर्भर हुन्छौँ ? हामीकहाँ औद्योगीकरण छैन के त्यो हुन्छ ? हामीकहाँ विवादित संविधान लागू गरिएको छ, त्यसले गर्दा यहाँको राष्ट्रियता मानसखण्डित अवस्थामा पुगेको छ । के त्यो समस्या समाधान हुन्छ ? के हामी कहाँ चलिरहेको दलित, महिलामाथिको उत्पीडन अन्त्य हुन्छ ? के हाम्रो भाषिक समस्या समाधान हुन्छ ? के हाम्रो परराष्ट्र नीतिको समस्या समाधान हुन्छ ? यो भनेको फुर्सदिलो ‘लिजर क्लास’ले आफ्नो रमाइलोका गरेको कर्मबाहेक केही होइन । किनभने लिजर क्लासकाले पहिले कौडा खेल्थेपछि तास खेल्ने भए त्यसपछि रेडियो सुन्ने र पत्रपत्रिका पढ्ने भए । त्यस्तै आज उनीहरू इन्टरनेटमा दिनभरी खेलेर बस्छन् । यो उनीहरुको मनोरञ्जन र स्वार्थपूर्तिको तुष्टि गर्ने ठाउँ हो । सामान्यजनले यसको बारेमा त्यत्रो विधि चिन्ता लिनु पर्दैन ।राज्य संयन्त्रमा स्थायी र प्रभावकारी भूमिका ओगट्ने सेनाको भूमिका कस्तो पाउनु भएको छ ?

नेपाल जस्तो देशमा झण्डै एक लाख सेना भनेको हात्ती हो । त्यो भनेको ठूलो पहलवान हो । ठूलो पहलवान उभिएपछि उसले यो गर त्यो गर भनि रहनुपर्दैन । उसलाई मन नपर्ने काम हामीले गरिदियौँ भने हामीलाई अप्ठ्यारो हुन्छ भन्ने आशय बुझेर मान्छेले काम गर्छन् । उदाहरणका रुपमा कुनै जिल्लाको सीडीओलाई त्यहाँ भएको ब्यारेकको कर्नेलले अफिसमै आएर राम्रोसँगै सीडीओ साहाब हजुर त यो जिल्लाको राजा । हामी पनि यहाँको गतिविधि हेरिरहेका छौँ । हामी पनि यही समाजको मान्छे हौ न कि बाहिरको । भनेपछि त्यो सीडीओलाई पुग्छ । त्यसपछि सेनाले कुनै पनि हस्तक्षेप गरिरहनुपर्दैन । केही गर्नै नपर्ने भनेकै एक लाख भएको सेनाको शक्ति हो ।


लोकमान प्रकरणमा के देख्न सकिन्छ भने राज्यसत्तामा सिभिलियन अथोरिटी कम भएको तर सबैभन्दा समानान्तर र अलग । तर पनि सेनाको हस्तक्षेप कतै नदेखिने । त्यसैले सायद लोकमानसिंह कार्कीको नियुक्तिताका उनको पात्रताबारे सेनाको प्रतिबद्धता कि हामी जिम्मेवार हुन्छौँ भन्ने किसिमको भूमिका हुन सक्छ । भन्नलाई भारत र पाइलट बाबाभन्दा सजिलो हुने भयो । तर त्यो एउटा महत्वपूर्ण कारक हुनसक्छ भनेर हामीले विश्लेषण गर्ने हो ।

सैनिक र गैरसैनिकबीचको सम्बन्ध पाँच स्तरमा हुने गर्छ । पहिलोमा– सेनाले आफ्नो छद्म उपस्थिति देखाए पुग्छ । दोस्रोमा– अवस्था अलिक बिग्रियो भन्ने भएमा आफ्नो मान्छे पठाउने । तर रुप भने असैनिक नै हुनेगर्छ । उनका मान्छेहरु पत्रकारिता, अदालत, व्यापरिक वर्गमा भित्रबाट लगानी गरेर खडा गरिएका हुन्छन् । त्यस्तै एवमरीतले राजनीतिमा पनि उनीहरुले आफ्ना मान्छे खडा गर्छन् । तेस्रोमा– सोझै उनीहरुले निर्देशन दिने गर्दछन् । चौथोमा– उनीहरु एउटा त्यस्तो व्यक्ति अथवा संस्था खडा गर्ने गर्दछन् जसको पछाडि सेना हुने गर्छ तर सेना रुपमा देखिँदैन र असैनिक आवरणमा रहेका व्यक्ति अथवा संस्था मार्फत काम गर्दछन् । त्यसले नै सबैलाई नियन्त्रण र निर्देशन गर्ने गर्दछ । र पाँचौँ भनेको अन्तिम स्थिति हो जहाँ सेना आफैले सत्ता लिने गर्दछ । यसअघिका उपायहरुले काम गर्ने नदेखिएपछि अन्तिम उपाए भनेको सेना आफैले सत्ता लिने हो ।

लोकमान प्रकरणमा के देख्न सकिन्छ भने राज्यसत्तामा सिभिलियन अथोरिटी कम भएको तर सबैभन्दा समानान्तर र अलग । तर पनि सेनाको हस्तक्षेप कतै नदेखिने । त्यसैले सायद लोकमानसिंह कार्कीको नियुक्तिताका उनको पात्रताबारे सेनाको प्रतिबद्धता कि हामी जिम्मेवार हुन्छौँ भन्ने किसिमको भूमिका हुन सक्छ । भन्नलाई भारत र पाइलट बाबाभन्दा सजिलो हुने भयो । तर त्यो एउटा महत्वपूर्ण कारक हुनसक्छ भनेर हामीले विश्लेषण गर्ने हो । त्यसका आधार के हुन भने सामान्यतया पहिले ‘मिलिट्र इन्टेलिजेन्स ब्युरो’को अथवा दरबारले गर्ने कामहरु जस्तै– कल रेकर्ड राख्ने, क्षेत्र–क्षेत्रमा अधिकारीहरु बोलाएर निर्देशन दिने, हुँदै अरु धेरै काम अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्न लागि सकेको थियो ।

नागरिक सत्ता मार्फत सैनिक सञ्चालनको प्रयोगको सम्भावना बलियो भयो भने यो अवस्था अहिलेको भन्दा तल्लो तहमा पुग्छ र राजनीतिकर्मीहरु बलियो हुन्छन् । यो तह माथि पुग्यो भने सोझै सेनाले हस्तक्षेप गर्न थाल्छ । पाकिस्तानमा मुसर्रफले पाँचौँ तहबाट काम गर्न सुरु गरे र ‘नेसनल एकाउन्टिविलिटी ब्युरो’ मार्फत सेनाको भूमिकालाई चौथो तहमा ल्याए । पछि तेस्रो स्टेजमा ल्याई राजनीति दलहरु मार्फत सेनाको नियन्त्रण कायम रहने बनाए । पाकिस्तान र बङ्गलादेशमा यो स्तर तलतिर झरिरहेको देखिन्छ । हाम्रोमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्तै बङ्गलादेशमा पनि छ । त्यहाँ यसै मार्फत नियन्त्रण र निर्देशन तथा निर्वाचनमा हस्तक्षेप गर्न सकिन्छ कि भनेर राजनीतिक दलहरुलाई प्रभावमा पार्नेदेखि कसलाई जिताउने र मिडियालाई कसरी आफ्नो प्रभावमा पार्ने भन्ने कुरा अप्रयक्ष रुपमा सञ्चालन गर्न खोजिएको छ । यस्ता विभिन्न प्रयोगहरु विभिन्न ठाउँहरुमा भएका छन् । हामीकोमा पनि त्यो प्रयोग हुन सक्छ ।

नेपाली सेना ठूलो शक्ति हो । ठूलो शक्तिको आँकलन हामीले हतियार मात्रैले गर्नु हुँदैन । सेनाको आर्थिक शक्ति पनि त्यतिकै ठूलो छ । सोझो गणित गर्ने हो भने एक लाख सैनिकको सेवानिवृत्त सङ्ख्या पनि त्यतिकै ठूलो होला । एउटा परिवारमा पाँच जनाको हिसाब गर्ने हो भने पनि १० लाख मानिस छन् । त्यो भनेको अलिकति सचेत भइसकेको समूह हुन्छ । अनुशासित समूह हुन्छ । निर्देशनमा चल्न सिकेको समूह हुन्छ । यो भनेको ठूलो जमात हो । राज्यसत्ताको अन्तिम शक्ति भनेकै सैन्य शक्ति नै हो । संविधानमा ‘वैधानिक हतियारमा एकाधिकार’ भन्नुको कारण त्यही हो । जब राजनीतिक शक्ति कमजोर हुन्छ अनि सैन्य शक्ति हाबी भइहाल्छ ।

सेना एकैपटक पाँचौँ तहमा मात्र हावी हुन्छ भन्ने छैन । पाँचौँ तह भनेको सैनिक ‘कू’ हो । तीबाहेक अन्य सहज र प्रभावकारी तरिका प्रशस्त छन् ।



अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीका उम्मेदबार डोनाल्ड ट्रम्प स्पष्ट रुपमा सो दलको संस्थापन पक्षको पहिलो रोजाई होइनन् । नोभेम्बर ८ मा हुन गइरहेको निर्वाचनको यत्ति नजिक आएर पनि उनकै रिपब्लिकन पार्टीका केही हस्तीहरूले उनलाई अनुमोदन गर्न अस्वीकार गरिरहेका छन् र डेमोक्र्याटहरूले उनलाई कति घृणा गर्छन् भन्ने कुरा त बताइरहनु पर्दैन । तत्कालिन समयमा रिपब्लिकन पार्टी समर्थक प्राथमिक मतदाताहरूमाझ सबैभन्दा बढी लोकप्रियता आर्जन गरेकाले नै उम्मेदबार मनोनयन प्रकृयामा उनलाई पार्टीका तर्फबाट पनि समर्थन जुटेको थियो ।

अर्को तर्फ, डेमोक्र्याटिक उम्मेदबार हिलारी क्लिन्टन स्पष्ट रुपमा संस्थापन पक्षकी उम्मेदबार हुन् । पार्टीका तर्फबाट मनोनित हुनुअघि उनले विशेषगरी युवा मतदाताहरूमाझ निकै लोकप्रिय रहेका समाजवादी सिनेटर बेर्नी स्यान्डर्सको कडा चुनौतीको सामना गर्नु परेको थियो ।

ट्रम्प र स्यान्डर्स प्रवृत्तिले के जनाउँछ भने अमेरिकी मतदाताहरू परम्परागत राजनीतिक छनौटलाई सहज रुपमा लिंदैनन् । हालै गरिएको मतसर्वेक्षण अनुसार समग्र विश्लेषणमा ट्रम्प र क्लिन्टन एकअर्काबाट पाँच प्रतिशत मात्रको फरकमा रहेका छन् । दुवैको योग्यताक्रम निर्धारण विन्दु वा औकात ऐतिहासिक रुपमा न्यून छ । आगामी राष्ट्रपति पदमा जो निर्वाचित भए पनि अमेरिकी मतदाताहरूले अमुक व्यक्ति नै आफ्नो वान्छित रोजाइ नभएर त्यसको विकल्पलाई बेवास्ता गर्ने प्रवृत्तिको आधारमा निर्वाचित गर्नेछन् ।

अहिलेसम्म विवेचना गर्दा दुवै उम्मेदवारहरू नीतिगत विकल्पहरूमा कम र आफ्नो विपक्षीको कमी कमजोरीहरूमा बढी केन्द्रित भइरहेको देखिन्छ । क्लिन्टनको निर्वाचन अभियानले ट्रम्पलाई राष्ट्रपति बन्न उपयुक्त मनोदशा, ज्ञान र अनुभव नभएको भनी व्याख्या गरेको छ भने ट्रम्प अभियानले क्लिन्टनलाई भ्रष्ट राजनीतिक अवसरवादीका रुपमा चित्रित गरेको छ ।

निर्वाचनको परिणाम निर्धारण गर्ने अमेरिकीहरू आँफै हुन् तर उनीहरूले चिन्तित र व्यग्र विश्वले पनि त्यसलाई हेरिरहेको तथ्यलाई ध्यानमा राख्नुपर्छ । बाहिरी पर्यवेक्षकहरूका लागि सबैभन्दा महत्वपूर्ण प्रश्न भनेको को निर्वाचित हुनेछ भन्ने होइन कि आउँदा बर्षहरूमा संयुक्त राज्य अमेरिका स्वयंको प्रभावकारी विश्वनेता बन्ने छ वा छैन भन्ने हो ।

ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय मुद्दाहरूको जटीलतालाई नबुझ्ने र विद्यमान रणनीतिक गठबन्धनहरूलाई जथाभावी अवरुद्ध गर्नेछ भन्ने बारेमा धेरै देशहरू चिन्तित छन् । साथै, जो विजयी भएपनि, अमेरिकी निष्प्रवाहीता प्रति पनि धेरै देशहरूको चिन्ता छ । अल्पकालिन संकट व्यवस्थापनलाई घरेलु विचारहरूको दृष्टिकोणबाट जोड दिने कार्यलाई अमेरिकाले निरन्तरता दिनेछ ? वा आजको अन्तरसम्बन्धित विश्वलाई आवश्यक भएको अन्तर्राष्ट्रिय दृष्टिकोणलाई यसले अवलम्बन गर्नेछ ?

ट्रम्पको “पहिला अमेरिका” अवधारणा पक्कै पनि विस्तारित अन्तर्राष्ट्रिय भूमिका विपरित हो र त्यसले अमेरिकालाई एकलवादितातर्फ डोहोर्याउने छ । राजनीतिक आंँकलन गर्ने हो भने क्लिन्टनप्रतिको जनझुकावले विश्वव्यापी चुनौतीहरूमा प्राथमिकताको बढोत्तरी देखाउँछ । रक्तपात र अस्थिरताले ग्रस्त विश्वका लागि दुवै अवधारणा साहसी वा समावेशी होइनन्, विशेषगरी मध्यपूर्वको सिरिया र लिबियामा चलिरहेको द्वन्द्व र इजरायल तथा प्यालेस्टिाइनबीचको बढ्दो तनावको परिप्रेक्षमा ।

जर्ज डब्लु बुशको प्रशासनलाई सम्झने मध्यपूर्वीहरू कमै छन् र सन् २००३ मा इराकमाथि भएको हमला र कब्जाको ठूलो मूल्य हामीले अझै पनि चुकाइरहेका छौं । अनि राष्ट्रपति बाराक ओबामाको प्रशंसा गर्नेहरू पनि त्यति नै कम छन् । कारण ओबामाले जिम्मेवारी सम्हादेपछि पहिलो भाषण र त्यसपछि जुन २००९ मा कायरोमा उनले अभिव्यक्त गरेका ठूला आदर्शहरू र बाँडेका सपनाहरूका तुलनामा उनको वैदेशिक नीतिबाट प्राप्त उपलब्धिहरू यस क्षेत्रमा अपेक्षाकृत कमजोर साबित भए ।

आगामी अमेरिकी राष्ट्रपतिले मध्यपूर्वको चुनौतीहरूको सम्बोधनका लागि मात्र नभई जलवायु परिवर्तन, गरिबी, महामारी, आतंकवाद, आणविक हातहतियारको प्रसार, र हरेक महादेशमा चलिरहेको क्षेत्रीय द्वन्द्वसमेत समग्र पृथ्वीलाई प्रभावित गर्ने समस्याहरूको समाधानार्थ महत्वकाङ्क्षी उपयाहरू सिर्जना गर्नु पर्नेछ । विश्वव्यापी प्रशासनका प्रयासहरूलाई दोस्रो विश्व युद्धपछि नेतृत्व दिंदै आएको संयुक्त राष्ट्रसङ्घजस्ता प्रमुख अन्तर्राष्ट्रिय संस्थाहरूको सुधारमा उनी सहभागी हुनपर्ने र पराम्परागत राष्ट्र–राज्यहरूले जस्तै गैर–राज्य पात्रहरूले पनि प्रमुख भूमिका निर्वाह गर्न सक्ने विश्व व्यवस्थालाई उनले प्रोत्साहित गर्नुपर्ने हुनसक्छ ।
आगामी राष्ट्रपतिसमक्ष सबै मानिसको लाभका लागि नयाँ प्रविधिहरूलाई खुला बनाउने पनि धेरै अवसरहरू हुनेछन् । तर सुरक्षाजस्तै प्राविधिक र आर्थिक प्रगति तब मात्र दिगो हुन्छ जब विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र र बलियो सेना भएको अमेरिका जस्तो देशसहितका मुख्य अन्तर्राष्ट्रिय सरोकारवालाहरूको त्यसमा सक्रिय संलग्नता हुन्छ ।
विगत र वर्तमान्का भयहरूसँग लड्न र अझ न्यायपूर्ण तथा स्थिर विश्वव्यवस्था कायम गर्न अन्तर्राष्ट्रिय समुदायका सदस्यहरूले कुनै खास मुद्दामा विपरित धारणा राखे तापनि एकअर्कासँग मिलेर काम गर्नुपर्छ । अमेरिका झुठो एकलवादको खोक्रो जालोभित्र बस्न वा रणनीतिक अन्तर्राष्ट्रिय निर्णयहरूमाथि घरेलु राजनीतिक विचारको बादलको छायाँ पर्न दिनु हुँदैन र सक्दैन पनि ।
आगामी अमेरिकी राष्ट्रपतिको निर्वाचनलाई पर्खिरहेका बाहिरी पर्यवेक्षकका रुपमा हामीले यति मात्र आशा गर्न सक्छौं कि नयाँ राष्ट्रपतिले आफ्नो देशका लागि पर्याप्त बाह्य सम्मान र आस्था जगाउने अनुकरणीय व्यक्तित्वको रुपमा परिचित हुँदै विश्वमञ्चमा बुद्धिमान् र साहसी नेतृत्व प्रस्तुत गर्नेछन् ।

(फामी इजिप्टका पूर्व विदेशमन्त्री, अमेरिका तथा जापानका लागि इजिप्टका पूर्व राजदूत र कायरोस्थित अमेरिकन यूनिभर्सिटीका प्राध्यापक हुन्)    रातोपाटीबाट 

mata

हुवान माटाको गोलको मदतमा म्यानचेष्टर डर्बीमा युनाइटेडले सिटीलाई पराजित गरेको छ र, ईएफएल कपको क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

बुधबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेडले साविकको विजेता सिटीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान ओल्ड ट्रार्फडमा भएको खेलमा युनाइटेडका लागि माटाले ५४ औं मिनेटमा गोल गरे । त्यसअघि युनाइटेडका पल पोग्बा गोल गर्न चुकेका थिए । जान्टन इब्राहिमोभिचको पासमा उनको प्रहार सिटीका गोलकिपरले क्लियर गर्ने क्रममा पोष्टमा लागेर बाहिरिएको थियो ।

सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो टोलीमा नौं परिर्वतन गरेका थिए र तर, जित निकाल्न सकेनन् । उनले सबै प्रतियोगितामा गरी पछिल्लो ६ खेलमा जित हात पार्न सकेका छैनन् र, प्रशिक्षकका रुपमा उनको यो खराव रेकर्ड हो ।

खेलम सिटीले सुरुमा नै राम्रो मौका गुमाएको थियो । उसका इहिनाचोको हेड बल निकै आकासिएको थियो । दोस्रो हाफमा राहम स्टर्लिङ र सर्जिओ एग्युरोले केही प्रभाव छाडे पनि हार टार्न सकेनन् ।-अनलाइनखबर

daraudi-a-hydropower
काठमाडौं,कार्तिक ११ गते । कात्तिक महिनाभित्रै गोर्खाको मुच्चोकस्थित दरौंदी खोलाबाट ६ मेगावाट विजुली व्यावसायिक उत्पादन हुने भएको छ । कालिका पावर कम्पनीले १ अर्ब २५ करोड रुपैयाँको लागतमा आयोजना निर्माण सम्पन्न गरेको हो ।

आयोजनाको विद्युत् व्यावसायिकरुपमा उत्पादन सुरु भएपछि गोरखाभर लोडसेडिङ नहुने बताइएको छ ।

तर, नेपाल विद्युत प्राधिकरणको गोर्खा बजारको सबस्टेसनमा रहेको ट्रान्सर्फमरको क्षमता ३ मेगावाटको मात्रै भएकाले आयोजनाबाट प्राधिकरणले ३ मेगावाट मात्रै विजुली किन्ने भएको छ ।


विद्युत प्राधिकरणले सोे सवस्टेसनलाई क्षमता बढाएर ८ केभीए क्षमताको बनाउने काम सुरु गरिसकेको छ । ‘सबस्टेसनको क्षमता विस्तार हुन केही महिना लाग्ने भएकाले यो आयोजनाबाट उत्पादिन आधा विजुली त्यसै खेर जाने भएको हो,’ कालिका पावरका सञ्चालक पदम गुरुङले अनलाइनखबरसँग भने ।

आयोजनाले दशैं अघिदेखि नै विभिन्न चरणमा परिक्षण उत्पादन गरिरहेको छ । आगामी एक हप्ताभित्र परिक्षण उत्पादन सम्पन्न गरी विद्युत प्राधिकरको गोर्खा सबस्टेसनमा जडान गरिने आयोजना निर्माण गर्ने गुरुङले बताए ।

‘असोज २२ गतेदेखि परिक्षण उत्पादन सुरु गरिरहेका छौं । आगामी एक हप्तामा परिक्षण उत्पादन पुरा गरिने छ । र, त्यसपछि १५ दिन विद्युत प्राधिकरणलाई पि|mमा दिन्छौं,’ गुरुङले भने, ‘कात्तिक अन्तिमदेखि व्यावसायिकरुपमा आयोजनाको बिजुली बल्छ ।’


आयोजनाबाट उत्पादित विजुली विद्युत प्राधिकरणले हिउँदमा प्रतिमेगावाट ८ रुपैयाँ ४० पैसा र वर्खायाममा ४ रुपैयाँ ८० पैसामा बिक्री गर्ने सम्झौता भएको छ ।

भूकम्प र नाकाबन्दीले एक वर्ष ढिलो

तीन वर्षअघि सुरु भएको आयोजना गत वर्ष नै सम्पन्न गर्ने लक्ष्य थियो । तर, भूकम्प र भारतीय नाकाबन्दीका कारण आयोजना निर्माण गर्न एक वर्ष ढिलो भएको उनले जानकारी दिए ।


यो आयोजनाको निर्माणस्थल ०७२ बैशाख १२ गते गएको विनासकारी भूकम्पको केन्द्रविन्दू बारपाकबाट २० किलोमिटर दक्षिण र गोरखा बजारबाट ५० किलोमिटर उत्तरमा पर्छ । ‘त्यत्रो ठूलो भूकम्प जाँदा पनि आयोजनाको भौतिक संरचनामा भने कुनै असर गरेन,’ उनले भने ।

१ अर्ब २५ करोड लागत

आयोजना निर्माण गर्न १ अर्ब २५ करोड रुपैयाँ खर्च भएको गुरुङले बताए । आयोजना स्थलबाट गोर्खा बजारमा रहेको प्राधिकरणको सब स्टेसनसम्म पुर्‍याउन १८ किलोमिटर लामो ३३ केभीए क्षमताको प्रसारणलाई आयोजना स्वयंले निर्माण गरिसकेको छ ।


प्रसारणलाइन निर्माण गर्न साढे ४ करोड रुपैयाँ खर्च भएको सञ्चालक गुरुङले बताए । आयोजनाको पावर हाउस चनौटेमा निर्माण गरिएको छ ।

हिउँदमा २ मेगावाट मात्रै

यो आयोजनाको प्रकृति रन अफ दि रिभर भएकाले वर्खायाममा ६ मेगावाटसम्म र हिउँदमा त्यसको ४० प्रतिशत अर्था २ मेगावाट मात्रै विजुली उत्पादन हुने सञ्चालक गुरुङले जानकारी दिए ।

१० मेगावाटको अर्को आयोजना बनाइँदै


यो आयोजनाबाट व्यावसायिकरुपमा विद्युत उत्पादन भएको केही महिनाभित्र दरौंदी खोलामै १० मेगावाटको अर्को आयोजना निर्माण थाल्ने गुरुङले जानकारी दिए ।

‘आगामी केही महिनाभित्रै १० मेगावाट विद्युत उत्पादन क्षमताको तल्लो दरौंदी आयोजनाको निर्माण कार्य सुरु गर्नेछौं,’ उनले भने, ‘त्यसका लागि विद्युत विकास विभागबाट उत्पादन अनुमति पाइसकेका छौं ।’-पुष्प दुलाल , अनलाइनखबर




डा. पुष्पमणि खराल
नमस्कार आमा ! के समस्या लिएर आउनुभएको ? (हातको निलो डाम देखाउँदै) जान्नेले भनेको बोक्सीले टोकेको रे बाबु ! दुइ वटा भाले चडाइसके अझै निको भाछैन । हेर्नुस आमा बोक्सी भन्ने हुँदैन, रगतको अथवा रक्तनलीको कुनै रोग हुन सक्छ । तपाईले कुनै औषधीहरु खानु भएको छ ? छैन बाबु केही खाएको छैन ।

रगत जाँच्नु पर्छ आमा । हस् बाबु त्यसो भए जाच्नुस् मेरो रगत ।

एक घण्टापछि ः आमा रिपोर्ट आयो । तपाईलाई बधाई छ, रोग केही पनि देखिएन । सायद तपाईलाई थाहा नपाउने गरी चोट लागेको हुनुपर्छ । गाउँघर तिर मेलापात गर्दा वा सुत्ने बेलामा हात कतै ठोकिएको हुनुपर्दछ । खै बाबु, त्यस्तो त केही थाहा भएन । २÷३ हप्तापछि फेरी भेट्न आउनुहोला आमा । त्यस वेलासम्म निलो डाम नहराएमा वा बढेमा थप जाँच गर्न ठुलो अस्पताल जानुपर्छ । जानुअघि तपाईलाई केही भन्नुछ आमा ?

‘बाबु ! किन–किन मलाई त बोक्स मै शंका छ’ उनले भनिन् ।

मैले काम गर्ने अस्पताल नजिकै झारफुक गर्ने (जान्ने) एक महिला बस्छन् । विहानदेखि साँझसम्म ठुलो भिड लाग्छ । जस्तो बिरामी गएपनि निधारमा खरानी रंगको टिका र कम्मरमा बुटी लगाइदिने रैछिन । अचम्म त के भने, मेरै अस्पतालमा भर्ना भएका बिरामी पनि सुरक्षा गार्डको आँखा छलेर सुटुक्क उनी कहाँ जाँदा रैछन् । साँझ राउण्ड गर्न जाँदा धेरैको निधारमा उनै जान्नेको टिका देखिन्थ्यो । मैले भनें ‘तपाईहरु झारफुकको लागि बाहिर जानुभएको रहेछ । अस्पतालका कर्मचारी कसैलाई थाहा नै नदिई यसरी जानु हुँदैन । हेर्नुहोस्, तपाईहरुको झारफुक प्रतिको विश्वासलाई हामीले विरोध त गर्दैनौ तर अस्पतालमा भर्ना भएको अवस्थामा विना जानकारी कतै नहिँड्नुहोला ।’ मैले जिज्ञासा सहित सोधें, ‘जान्नेले के भन्नुभयो त ? निमोनिया भएको बिरामीको आमाले भनिन् “नाग लागेको छ रे”। मैले सोचें, अशिक्षा र अन्धविश्वासले गाँजिएको समाजको दोष हो यो, उहाँहरुको होइन ।’

जसले स्वास्थ्य सम्बन्धि केही अध्ययन गरेका हुँदैन, रोगको ए वि सि डी थाहा हुँदैन, उनीहरुलाई जान्ने भनिन्छ। भmारफुक गर्नेहरुको भरपर्दा धेरै बिरामीहरुको अकालमा मृत्यु भएको छ । झाडापखाला लागेका बिरामीलाई पानी र जीवनजल नखानु यसले झन् पखाला बढ्छ भन्दा रैछन् । निमोनियाका बिरामीलाई नाग लागेको भन्दा रैछन् । अनि मानसिक रोगीलाई भुतप्रेत लाग्यो देवी चढ्यो पुजा गर्नुपर्छ ठीक हुन्छ भन्दा रैछन् । प्रेशर बढेर बेहोश हुँदा पिचाशले ढालेको म पिचाश भगाउँछु भनेर ढ्याङ्गरो ठोक्दा रैछन् । आदि–आदि । धेरै ठाउँमा, खास गरी गाउँघर तिर रोगले धेरै नै चापेपछि बल्ल अस्पताल जाने चलन छ ।

एउटा पेट दुखेको बिरामीलाई झारफुक गर्नेले ३ दिनसम्म घरमा फुकेर राखेछ । जव चौथो दिनसम्म बीसको उन्नाइस भएन, बिरामीलाई अस्पताल पु¥याइयो । अस्पतालमा परीक्षण गरेपछि एपेन्डीक्स फुटेर पेटमा पिप जमेको पाइयो । तुरुन्त अप्रेशन नगरे यस्तो बिरामीको ज्यान जान सक्छ ।

ग्याष्ट्रिकलाई गाउँघरमा गानो गोला पनि भनिदो रैछ । प्हिले झारफुक गर्ने, निको नभए गानो गोला मिच्ने भनेर पेट रगड्ने गर्दा रैछन् । पेट दुखेर आएको एक दुब्लो पातलो बिरामीलाई मैले इमर्जेन्सीमा जाँच गरेको थिए । उनको पेट फुलेको र जता थिचे पनि दुख्ने थियो । उनलाई पनि गानो गोला भनेर पेट मिचि दिइएको रहेछ । मैले तुरुन्तै बुझिहाले, पेट बेस्सरी माड्दा आन्द्रा ढाडको हड्ढीमा रगडियो र आन्द्रामा प्वाल प¥यो । यस्तो अवस्थामा पनि तुरुन्तै अप्रेशन नगरिए बिरामीको ज्यान जान्छ ।

यी त भए देखिएका घटनाहरु । यस्ता घटनाहरु समाजमा कति लुकेका होलान्, कतिले अकालमा ज्यान गुमाएका होलान् । कोही बिरामीहरु झारफुकमा विश्वास गर्न वाध्य पनि छन् । आफ्नो घर देखि स्वास्थ्य केन्द्र पुग्न १–२ दिन लाग्छ । स्वास्थ्य केन्द्र तथा अस्पताल पुग्न धेरै समय र खर्च लाग्छ । खास गरी पहाडी र हिमाली भेगका जनताहरु आधुनिक स्वास्थ्य सेवाबाट धेरै टाढा छन् । विकट ठाउँमा छरिएका सबै गाउँमा स्वास्थ्य केन्द्र र डाक्टर उपलब्ध गराउन असम्भव जस्तै छ । सरकारले चाहेमा विकट ठाउँका बस्तीहरुलाई एकिकृत गरी अल्ली सुगम ठाउँमा बासस्थानको व्यवस्था गर्न सक्छ । यसबाट धेरै भन्दा धेरै जनताले नजिकको स्वास्थ्य सेवा र बाटोघाटोको प्रयोग गर्न सक्नेछन् ।

झारफुक गर्नेहरुलाई एकैचोटी विस्थापित गर्न असम्भव छ । उनीहरुलाई आधारभूत स्वास्थ्य तालिम दिन सकिएमा बिरामीमा खतराका लक्षण देख्न साथ डाक्टरलाई रिफर गर्न सक्छन् । यसो गर्दा बिरामीलाई फाइदा पनि हुन्छ अनि झारफुक गर्नेहरुले रोगको बारेमा थप बुभm्न पनि पाउछन् । जब उनीहरुले तालिम पाउँछन् । रोगको गहिराई बुझ्छन् । सायद धेरैले आफ्नो झारफुके पेशा छोड्छन् । किनकि रोगको गाम्भीर्यता नबुझी उपचार गर्दा र बुझेपछि गर्दा चेतनामा फरक आउन सक्छ । मैले त यस्ता खतरनाक रोगहरु पनि फुकेर बसेको रैछु, अब यो झारफुके पेशाा छोड्छु भन्न सक्छन् ।

एक दिन मैले अस्पताल नजिक बस्ने ति जान्ने महिलालाई भेट्ने अवसर पाएँ । घाँटी दुखेर जँचाउन आएकी थिइन् । एक हप्तादेखि घाँटी दुखेर सताएको रैछ । जाँचेपछि घाँटीको संक्रमण (फ्यारीनजाइटिस) जस्तो लागेर औषधी खाने सल्लाह दिएँ । एक हप्तापछि फेरि आउन भनं । त्यत्तिकैमा उनीसँग कुरा गर्न मन लाग्यो । तपाईं त धेरै प्रख्यात हुनुहुन्छ । मैले तपाईको बारेमा धेरै सुनेको छु । तपाई झारफुकमा धेरै ब्यस्त हुनु हुँदो रैछ । उनले भनिन् ‘हजुर डाक्टरसाव, व्यस्त हुन्छु, विश्वास गरेर आउँछन । मैले थपे, अनि निको हुन्छ त ? ‘निको हुन्छ भन्छन् डाक्टरसाव,’ उनले भनिन् ।

एक हप्तापछि फेरी उहाँसँग भेट भयो । घाँटी पुरै निको भएको रैछ । घाँटी निको भएकोमा उनले धन्यवाद दिइन् । धन्यवाद भनिरहनु पर्दैन दिदी, तपाईंलाई निको भयो म धेरै खुसी छु, मैले भनें । मैले ति झारफुक गर्ने दिदीलाई घाँटीको इन्फेक्शन कसरी हुन्छ, कुन किटाणुहरुले संक्रमण गर्छन, रोग कसरी सर्छ उपचार कसरी हुन्छ भनेर सबै सम्झाएँ । उनी अल्ली भावुक भइन् । सायद उनी रोगको गहिराई बुझेपछि झस्किन् । खुशीको कुरा आजकाल उनीले बिरामीको समस्या बढेमा तुरुन्त अस्पताल रिफर गर्न थालेकी छन् ।

डाक्टरले केही अपवाद बाहेक सबै रोगहरुका कारण पत्ता लगाएर उपचार गर्छन् । रोगको बारेमा गहिरो अध्ययन र अनुसन्धान गर्ने भएकोले डाक्टरहरु बिराम्ीको उपचारको लागि आधिकारिक व्यक्ति ठहरिन्छन् । रोगको निदान गर्न बिरामीसँग वार्तालाप गर्ने, छामेर परिक्षण गर्ने, आवश्यक ल्याव जाँच गर्ने डाक्टरहरुको नियमित विधि हो ।

तथ्यमा आधारित उपचार अर्थात् इभिडेन्स बेस्ड मेडिसिन डाक्टरहरुले अगाँलेका हुन्छन् । विभिन्न अनुसन्धानबाट प्रमाणित भएका विशिष्ट उपचार शैली चिकित्सकले अपनाएका हुन्छन् । जसले गर्दा रोगहरु अधिकतम रुपमा नियन्त्रित भएका हुन्छन् । दिनहुँ नयाँ–नयाँ उपचार शैलीको अनुसन्धान भइरहेको हुन्छ । एउटै रोगको पनि फरक फरक उपचार शैली हुन सक्छ । डाक्टरहरुले सबैभन्दा उपयुक्त विधि अपनाउने गर्छन् ।

अरु पेशा जस्तो डाक्टरलाई को राम्रो को नराम्रो भन्न गाह्रो हुन्छ । जस्तैः डिजाइन गर्ने आर्किटेक्ट इन्जीनियरले राम्रो भवन निर्माण ग¥यो भने उसलाई राम्रो भन्न सजिलै सकिन्छ । एउटा लेखकले धेरै बिक्ने किताब लेखेमा उसलाई राम्रो लेखक मानिन्छ । यदि कुनै डाक्टरले धेरै बिरामीलाई उपचार गर्छ भने उसैलाई राम्रो भनि हाल्न सकिदैन किनकि सबैको सफल उपचार हुन्छ भन्ने पनि छैन । यदि कसैसँग रोग पत्ता लगाउने कुशलता बढी छ भने त्यो डाक्टरलाई पनि राम्रो भनि हाल्न सकिदैन, किनकी पत्ता लगाएका रोगहरु सबै उपचार नहुन पनि सक्छन् । कसैले बिरामीसँग धेरै मिठो बोल्लान्, इमान्दार पनि बन्लान् तर रोगको सही उपचार गर्ने क्षमता नभए ती गुणहरुले डाक्टरलाई राम्रो भनाउन पनि सक्दैन । कामको अन्तिम नतिजालाई हेरेर अरु पेशा कर्मीहरुलाई सजिलै राम्रो नराम्रो भन्न सकिए पनि डाक्टरलाई माथि उल्लेखित सबै गुणहरुको मिश्रण नभएसम्म यो राम्रो त्यो नराम्रो भन्न गाह्रो हुन्छ ।

राम्रो डाक्टर बन्न उसमा पढाइको निखारता, इमान्दारिता, सक्षमता, गाम्भीर्यता, दया, मायाका साथै बिरामीका सबै पिडा सुन्न सक्ने धैर्यवान कान चाहिन्छ । हामीहरु यी सबै गुणहरु आफुमा निहित गर्न हर प्रयास गरिरहेका हुन्छौँ । तर कहिलेकाहिँ हामी चिप्लिन्छौँ । कहिले पढाइको निखारता छुट्छ, कहिले इमान्दारिता छुट्छ, कहिले सक्षमता टुट्छ, कहिले गाम्भीर्यता टुट्छ, कहिले दया, मायाको भाव टुट्छ भने कहिले बिरामीको केही कुरा सुनेपछि हाम्रो कान बन्द हुन्छ ।

हो, सबै मानिसहरु सर्वगुण सम्पन्न हुँदैनन् । त्यसो भन्दैमा हामी डाक्टरहरुलाई त्यो छुट हुँदैन । किनकी हाम्रो पेशा सम्वेदनशील छ । हामी मृत्युसँग दिनहुँ जुहारी खेलेका हुन्छौँ । मिडियामा बेलाबेलामा डाक्टरहरुको गाम्भीर्यता घटेको छ भन्ने कुरा आउने गर्छन् । यसमा आंशीक सत्य पनि छ । अब हामीले आफ्नो गाम्भीर्यतालाई बढाउनै पर्छ । हामीले यस्तो प्रयाश गरिरहँदा कहिले काँही हामी निराश हुन वाध्य हुन्छौँ । राम्रो उपचार को प्रयास गर्दागर्दै कसैको मृत्यु भएमा डाक्टरहरु प्रति हमला हुन्छ । ठुलो मानसिक दवावमा काम गर्नुपर्ने वातावरण बढ्दै गएको छ । डाक्टरहरु पनि मान्छे हुन्, मानवीय गल्ती हुन सक्छ तर घटनाको अनुसन्धान निचोडमा नपुगी डाक्टरलाई तुरुन्तै दोशी ठह¥याउनु राम्रो होइन । जति प्रहार भएपनि डाक्टरहरुले आफ्नो कर्तव्य इमान्दारिता पूर्वक निभाउने छन् । किनकी बिरामीको उपचार गर्नु नै डाक्टरको एक मात्र उद्देश्य हो ।

जति डाक्टर र बिरामी विचको सम्बन्ध मजबुत बन्न आवश्यक छ त्यति नै डाक्टर र डाक्टर बीचको सम्बन्ध सुमधुर बन्न आवश्यक छ । डाक्टर–डाक्टर बिच सुचनाको तालमेल नमिल्दा र व्यवसायिक धर्म घट्दा बिरामीहरुले अनाहकमा दुःख पाएका घटना धेरै छन् ।
उदाहरण १ ः

बिरामी ः डाक्साब नमस्ते ! मलाई टाउको दुखेको १ वर्ष भयो, सिटि स्क्यान, एम आर आई

सबै गरिसके, औषधी १ वर्ष देखि खाएको छु, औषधी छोड्ने बित्तिकै फेरी दुख्छ ।

डाक्टर ः ए तपाईलाई माइग्रेन हेडेक भएको हुनुपर्छ । पहिलेको डाक्टरले दिएको औषधी काम

लाग्दैन । अब यो खानुु् (औषधी लगभग एउटै)

उदाहरण २ ः

बिरामी ः डाक्साब नमस्ते ! मलाई प्रेशर भएको ६ महिना भयो । पहिलेको डाक्टरले यो

औषधी दिनु भएको छ । यो औषधी ठिक छ कि छैन ?

डाक्टर ः छैन, त्यो बन्द गर्नुस् यो खानुस् (अर्काे कम्पनीको दिँदै)

उदाहरण ३ ः

बिरामी ः पेट दुखेको छ डाक्साब हिजो देखि ।

डाक्टर ः (सबै रिर्पाेट आएपछि) तपाई लाई ऐपेन्डीसाइटिस भएको हुन सक्छ तर अहिले ठ्याक्कै भन्न गाह्रो छ । आज रातभरी अस्पतालमा बस्नुस्, दुखाई बढेमा वा दुखाइ दाहिने तर्फ सरेमा अप्रेसन गर्नुपर्छ ।

बिरामीको पेट दुखाई कम नभएर अर्काे अस्पताल जान्छ ।

उदाहरण ४ ः

डाक्टर २ ः तपाईको एपेन्डीक्स धेरै पाकि सकेछ, किन हिजो नै नआउनु भएको ?

बिरामी ः हिजो त्यो अर्काे अस्पतालको डाक्टरले रातभरी राख्नुभयो ।

डाक्टर २ ः कस्तो डाक्टर रैछ ! धन्नै तपाईको ज्यान गएको, धन्न ठाउँमा आउनु भएछ ।

यी माथिका दुखद उदाहरणहरुले के देखाएका छन् भने डाक्टर–डाक्टर विचको सम्बन्ध विग्रेको छ । राम्रै औषधी भएपनि औषधीलाई झट्ट फेरिदिने, अघिल्लो डाक्टरलाई गाली गरिहाल्ने र कहिले काही बिरामीलाई त्यहाँ किन गएको भनेर प्रतिप्रश्न गर्ने प्रबृत्ती बढेको छ । यस्तो प्रबृत्ती अहिलेको दरमा बढेमा डाक्टर–डाक्टर बीचको सम्बन्ध छिट्टै नै धरापमा पर्नेछ । औषधी फेर्न नै पर्ने रैछ भने पनि बिरामीलाई राम्रोसँग सम्झाएर फेर्दा हुन्थ्यो नि ।

हामीमा आमुल परिवर्तनको खाँचो छ । आफु र आफ्नो पेशााको मर्यादा बचाउन अब हामी डाक्टरहरुले फेरी हिप्पोक्र्याटिक ओथ सम्झिन आवश्यक छ । आफ्नो पेशालाई इमान्दारी पुर्वक निभाएका तमाम डाक्टर साथीहरु प्रति यी माथिका भनाई भने लागु हुँदैनन् ।

स्टेज चार भएको क्यान्सरको बिरामी आफ्नो दुखाई कम गर्न अस्पताल आउने गर्थे । धेरै दुख्दा कहिलेकाहिँ रातभरी पनि बस्थे । पेनकिलरको डोज जति बढाए पनि उनको दुखाई खासै कम हुँदैनथ्यो । धेरै दिनपछि उहाँलाई धेरै गाह्रो परेछ । श्वास फेर्न पनि गाह्रो हुने, दुखाई खप्न नसकिने, टाउको दुखिरहने भएछ । अक्सिजन तथा पेनकिलर दिइयो । त्यहि बेला उहाँले सोध्नु भो ! डाक्टर बाबु तपाईलाई भगवानप्रति विश्वास छ ? मैले कुरा मोडेर उहाँको रोगको बारेमा बताउन लागें । हेर्नुस बुबा, तपाईको क्यान्सर शरीरभरि फैलिसकेको छ, त्यो कुरा तपाइलाई क्यान्सरको डाक्टरले पनि भन्नुभएको रैछ । यसरी फैलिएको क्यान्सरलाई निर्मुल पार्न सकिदैन । क्यान्सरलाई दवाउन केमोथेरापी र आवश्यकता अनुसार रेडियोथेरापी दिने हो, जुन तपाईले पाइसक्नु भएको छ । अब बाँकी रह्यो तपाईको दुखाई, यो दुखाईलाई पेन किलर दिएर कम गर्ने हो । श्वास फेर्न गाह्रो हुँदा अक्सिजन दिने हो ।

बाबु यो कुरा सबै मैले बुझिसकेको छु । बाबुले उत्तर दिनुभएन । तपाईको भगवान प्रति विश्वास छ ? तुरुन्तै जवाफ फर्काउन सकिनँ । एकै छिनको मौनता पछि मैले भने “अँ छ ” उहाँ मुसुक्क हाँस्नुभयो । सायद उहाँको भगवान प्रतिको विश्वास मेरो उत्तरले झन् मजवुत बन्यो । दुई दिनपछि खवर पाए उहाँ वित्नुभएछ । मैले त्यति बेला उहाँको विश्वासलाई थप मजवुत बनाउन भगवान मा विश्वास गर्छु भनेको थिएँ । यथार्थमा मैले भगवानमा विश्वास राख्दीनँ, राख्छु केवल आस्था मात्र । किनकी विशवासमा विश्वासघात पनि हुन सक्छ, आस्थामा त्यो हुँदैन ।

भगवानलाई कसैले भेट्न सकेको छैन, किनकी भगवान खोजेर भेटिने चिज होइन । भगवान त आफु भित्र हुन्छ । आफूभित्र रहेको भगवानलाई बाहिर खोच्दा भेटाउने कुरै भएन । भगवानले मेरो रोग निको पारिदिन्छन भन्नु भनेको आफु भित्रको शक्तिले निको पार्छन् भन्नु हो । आफूभित्रको शक्ति अर्थात रोगसँग लड्ने क्षमता, धैर्यता र विश्वास । जव यी गुणहरु मान्छेमा घट्छन् र औषधीले काम गर्न छोड्छ । बिरामीको मृत्यु हुन्छ ।-स्वास्थ्य खबरपत्रिका


opsessive-compalsive-disorder


केही दिनअघि शिक्षण अस्पताल, महाराजगञ्जमा एक महिला डा. सरोजराज वझाकहाँ पुगिन् । उमेरले ३० वर्ष हाराहारीमा देखिने उनको बानी थियो, हरेक काम दोहोर्‍याएर गर्ने ।

यही बानीका कारण उनको दैनिक जीवनका साथै वैवाहिक सम्बन्धमा समेत असर परेको थियो । कतिसम्म भने, कुरा डिभोर्ससम्म पुगेको थियो । उनको मनमा सधै एउटै मात्र कुरा खेल्थ्यो, ‘मर्ने’ । उनी सोच्थिन्, ‘जीवन यति नीरस भइसकेको छ, अब केही बाँकी छैन ।’

उनी सात वर्षदेखि अस्ट्रेलियामा बस्दै आएकी थिइन् । पछि उनका श्रीमान् पनि अस्ट्रेलिया पुगेका थिए । केही वर्ष त उनीहरुको वैवाहिक सम्बन्ध सुखमय नै रह्यो । तर, विस्तारै उनको बानीका कारण श्रीमान्सँग मनमुटाव सुरु हुन थाल्यो ।

कारण थियो, बाथरुममा एक घण्टा हराउने उनको बानी । हरेक पटक बाथरुम जाँदा उनी एक घण्टा लगाउँथिन् । बाथरुममा रहेका हरेक सामान उनलाई यथास्थानमै चाहिन्थ्यो । कुनै सामान दायाँ-बायाँ भयो कि उनी तत्काल गन्न थाल्थिन् ।

त्यति मात्र हैन, घरमा कोही पाहुना आइहालेमा उनलाई घर फोहोर होला भन्ने चिन्ताले निकै सताउँथ्यो । कतिसम्म भने, घरमा कोही पाहुुना आएमा उनी सोफाको खोल, तन्ना सबै झिकेर धुन थाल्थिन् । आफू कतै गएर घर आउनासाथ हात धुन थाल्थिन् ।


आफ्नै मनबाट उत्पन्न भएको विचार दोहोरिने समस्यालाई ‘ओसिडी’ (अब्सेसिभ कम्पल्सिभ डिस्अर्डर) भनिन्छ । आम जनमानसमा २ देखि ३ प्रतिशतसम्म देखिने यो समस्या मानसिक रोगमध्येको चौथो ठूलो हो

परिवारका सदस्यले यी लक्षणलाई सुरुमा त सामान्य रुपमै लिएको थियो । तर, यो क्रम दिनानुदिन बढ्न थालेपछि भने परिवारमा कलह बढ्यो । फलस्वरूप उनी श्रीमान्सँग बस्न नसकेर नेपाल फर्किइन् । उनको मुद्दा अहिले अदालतमा छ ।

उनी हाल माइती पक्षका साथ काठमाडौमा बस्दै आएकी छिन् । उनको माइतीले पनि यी लक्षणलाई सुरुमा त सामान्य रुपमै लिएको थियो । तर, समस्या देखिएपछि अन्ततः परिवारकै सदस्यको सुझावमा सामान्य उपचारका लागि शिक्षण अस्पताल पुर्‍याइएकी उनलाई लामो समयदेखि ‘ओसिडी’ (अब्सेसिभ कम्पल्सिभ डिस्अर्डर) अर्थात् विचार दोहोरिने रोग भएको पत्ता लाग्यो ।

उनी हाल अस्पतालका चिकित्सकको सल्लाहमा उपचार गरिरहेकी छिन् । चिकित्सक भन्छन्, नियमित औषधी सेवन तथा विहेवियर थेरापी मार्फत यो रोग सजिलै निको हुन्छ । त्यसको लागि रोगको पहिचान गर्न जरुरी छ ।

के हो ओसिडी ?
आफ्नै मनबाट उत्पन्न भएको विचार दोहोरिने समस्यालाई ‘ओसिडी’ (अब्सेसिभ कम्पल्सिभ डिस्अर्डर) भनिन्छ । आम जनमानसमा २ देखि ३ प्रतिशतसम्म देखिने यो समस्या मानसिक रोगमध्येको चौथो ठूलो हो ।

यो रोग लागेका मानिसको दिमागमा एउटै कुरा लगातार दोहोरिने गर्छ । यदि उसले दिमागमा खेले अनुसारको काम दोहोर्‍याउन नपाए निकै असहज महसुस गर्छ । सो काम नगरुञ्जेल अरु काम गर्नै नसक्ने अवस्थामा पुग्छ । सो काम गरेपछि उसलाई केही समयको लागि सहज महसुस त हुन्छ, तर निश्चित समयपछि उसको दिमागमा फेरि त्यही कुरा दोहोरिन थाल्छ ।

कसरी गर्ने पहिचान ?

विचार दोहोरिने समस्या जो कोहीलाई हुन सक्छ । यदाकदा त्यस्तो हुनु चिन्ताजनक विषय होइन । त्यसैले कसैमा यस्ता समस्या देखा पर्नासाथै आत्तिनु पर्दैन । तर, यस्तो समस्या बारम्बार देखिएमा भने विशेष ध्यान दिन जरुरी हुन्छ । यदि त्यसले तपाईंको दैनिक कार्यमै असर परेको छ भने मनोचिकित्सकसित परामर्श गर्नुपर्छ ।

के हो लक्षण ?

यदि कुनै व्यक्तिलाई एकै किसिमको विचार दोहोरिने गर्छ र उसले त्यो विचारलाई नियन्त्रण गर्न खोज्दाखोज्दै पनि सम्भव हुँदैन भने त्यो ओसिडीको लक्षण हो । यस्तो लक्षण २० वर्ष मुनिका मानिसमा पनि देखिन सक्छ । यो लक्षण भएका दुई तिहाई मानिसमा डिपे्रशनको सम्भावना बढी हुन्छ ।


यस्ता लक्षण भएका व्यक्तिहरु विचार अनुसारको व्यवहार देखाउँदै एउटै काम बारम्बार दोहोर्‍याउने गर्छन् । जस्तै, हात धुने, लुगा धुने, सामान गन्ने, प्रयोग गरिएका सामान सही ठाउँमा भए-नभएको याद गरिरहने आदि

यस्ता लक्षण देखा पर्ने प्रमुख दुई कारण हुन्छ, एउटा वंशाणुगत र अर्को मस्तिष्कबाट निस्कने रसायनिक पदार्थमध्ये सेरेटोनिनको कमीका कारण । कसैकसैमा व्यक्तिको स्वभावले पनि यस्तो लक्षण दर्शाउने गर्छ ।

यस्ता लक्षण भएका व्यक्तिहरु विचार अनुसारको व्यवहार देखाउँदै एउटै काम बारम्बार दोहोर्‍याउने गर्छन् । जस्तै, हात धुने, लुगा धुने, सामान गन्ने, प्रयोग गरिएका सामान सही ठाउँमा भए-नभएको याद गरिरहने आदि ।

उपचार विधि

यो रोग भएका व्यक्तिमा डिप्रेशनको खतरा बढी हुन्छ । जसले गर्दा कतिपय मानिस आत्महत्या गर्न अग्रसर हुन्छन् । यदि कोही मानिसलाई ओसिडी मात्र छ भने त्यसले खासै असर गर्दैन । तर, डिप्रेशन पनि देखिएमा भने भयावह स्थिति निम्तिन सक्छ ।

तनावका कारण ओसिडी भएमा पनि त्यसले समस्या उत्पन्न हुन सक्छ । उदाहरणका लागि, परिवारमा कसैले आत्महत्या गरेको छ र त्यसकै कारण परिवारको कुनै सदस्यमा ओसिडी देखियो भने पनि उसमा ‘मर्ने’ विचार बारम्बार उत्पन्न हुन गई आत्महत्याको सम्भावना बढ्दै जान्छ ।

हुन त एक तिहाई मानिसमा यो रोग स्वतः निको हुन्छ । त्यस्तै तीन जनामध्ये एक जनामा यो रोग लामो समयसम्म देखा पर्छ र डिप्रेशनका कारण आत्महत्याको जोखिम निम्तिन्छ । बाँकीलाई भने यो समस्या मध्यम खालको हुन्छ ।

खासगरी, पारिवारबाट सहयोग नपाएमा यो रोगले कडा स्वरुप लिन सक्छ । परिवार र समाजको साथ कम छ र व्यक्तिमा डिप्रेशनको लक्षण बढी छ भने उसलाई चिकित्सकको उपचार अनिवार्य हुन्छ ।
(यो लेख मनोचिकित्सक प्रा.डा. सरोजराज वझासितको कुराकानीमा आधारित छ । उनी हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मनोचिकित्सा विभागका प्रमुखका रुपमा कार्यरत छन् ।)-अनलाइनखबर


 dengue    

काठमाडौं, कार्तिक ११ गते । काठमाडौंलगायत देशका विभिन्न जिल्लामा डेंगुबाट प्रभावित हुनेको संख्या हालसम्म ४ सय ९९ पुगेको छ । संक्रमित हुनेमा सबैभन्दा धेरै चितवनको रत्ननगरमा ३ सय ६७ जना छन् ।

झापामा सय जना डेंगु संक्रमित रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

त्यसबाहेक कैलाली, कञ्चनपुर, रुपन्देही, पर्सा, सप्तरी, कास्की, काभ्रे, धादिङ, स्याङ्जा, काठमाडौं, ललितपुरलगायतका डेंगु प्रभावित १३ जिल्लाहरुमा संक्रमित हुनेको संख्या एक-एक रहेको छ ।

डेंगु प्रभावित ती जिल्लाहरुमा डेंगु सार्ने लामखुट्टेको लार्भा नष्ट गर्न महाशाखाले ‘सर्च एण्ड डिस्ट्रोई’ अभियान नै चलाएको छ । विगत तीन दिनदेखि जारी सो अभियानलाई विहीबारदेखि झापाकोे दमकमा पनि विस्तार गरिएको छ ।

स्वास्थ्यमन्त्री गगन थापाले आइतबार मातहतका निकायलाई डेंगु नियन्त्रणका लागि विशेष अभियान चलाउन निर्देशन दिएपछि महाशाखाले विशेषज्ञ टोली प्रभावित जिल्लामा पठाएको हो ।

टोलीले विहीबार विहानैदेखि झापाको दमकमा पनि डेंगु सार्ने लामखुट्टेका लार्भा नष्ट पार्ने अभियान सुरु गरिसकेको छ । त्यसैगरी, चितवनको रत्ननगर पुगेको टोलीले पनि लार्भा नष्ट पार्ने काम गर्दै आएको छ ।

डेंगु प्रभावित जिल्लाहरुमध्य चितवन तथा झापामा लार्भा नष्ट पारेसँगै ती क्षेत्रमा भएको डेंगु संक्रमणको घटना अबको १०/१२ दिनभित्रै नियन्त्रणमा आउने विश्वास गरिएको छ ।

तराईका केही जिल्लाहरुमा डेंगुको संक्रमण बाह्रै महिना हुनेे गर्दछ । जबकी अन्य जिल्लाहरुमा भने वर्षा अवधिभर तथा वर्षा सकिएको झण्डै एक महिनासम्म डेंगु सार्ने लामखुट्टे सक्रिय रहने गर्दछन् ।

‘नेपालमा पानी पर्ने क्रम भर्खरमात्र बन्द भएकाले यसको संक्रमण यो मौसममा बढी देखिएको हो,’ महाशाखा प्रमुख डा. भीम आचार्यले भने, ‘सम्भवतः अबको १०/१२ दन भित्रमै यो नियन्त्रणमा आउनेछ ।’ उनले त्यतिबेलासम्मका लागि उचित सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन् ।

त्यसो त यो संक्रमण पहिलेको तुलनामा यसपालि बढेको हो । करिब ६ वर्ष पहिले चितवनमै मात्र डेंगुबाट प्रभावित हुनेको संख्या नौ सय पुगेको थियो । त्यसपछिका वर्षहरुमा यसबाट संक्रमित हुने संख्यामा सुधार आएपनि यो वर्ष तराईको चितवन तथा झापामा डंेगुको प्रभाव बढी देखिएको छ । यद्यपी महाशाखाले हालसम्म डंेगुबाट कसैकोे मृत्यु नभएको जनाएको छ ।

डेंगु जाँच गर्ने किट अभाव

गत वर्ष नेपालमा डेंगु संक्रमणको संख्या कम भएकै कारण न्युन मात्रा किट खरिद गरिएकोमा यस वर्ष त्यसको संक्रमण धेरै भएकै कारण समस्या उत्पन्न भएको महाशाखाले जनाएको छ । गत वर्ष खरीद गरिएको किटको म्याद सकिएकाले त्यसलाई नष्ट गरिएको छ ।

महाशाखा स्रोतले अनलाइनखबरसँग भन्यो, ‘पहिले सामान्य ज्वरो आएका सबै बिरामीमा किट प्रयोग गरी परीक्षण गरिन्थ्यो । तर अहिले पर्याप्त नभएकाले त्यसो गर्न छाडिएको छ ।’

यद्यपी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने नेपालमा किट अभाव भएपनि बिरामीको जाँच नै रोकिने अवस्था भने सिर्जना भइनसकेको जनाएको छ ।

महाशाखा प्रमुख डा. भीम आचार्यका अनुसार महाशाखा लगायत मातहतका निकायमा किट संख्या यति नै छ भन्ने यकिन तथ्यांक त छैन । ‘तर त्यसैको कारणले उपचार रोक्नुपरेको पनि छैन,’ डा. आचार्यले भने ।

उनले जिल्ला जनस्वास्थ्य कार्यालय, स्थानीय अस्पताल लगायतको सहयोगमा विशेष किसिमको लक्षण भएका व्यक्तिहरुलाई मात्र उक्त किट प्रयोग गर्दै आएको बताए ।

उनले अनलाइनखबरसित भने, ‘किट अभावकै कारण अहिले हामीले रगतमा एक लाखभन्दा कम प्लेटलेट्स हुनेलाईमात्र डेंगुको परीक्षण गर्न मातहतका स्थानीय अस्पतालहरुलाई अनुुरोध गरेका छौं ।’-अनलाइनखबर



चार वर्षदेखि म सरकारी कर्मचारी छु । सरकारले मलाई दिने तलब र मेरै तहका अन्य कर्मचारीलाई दिने तलब स्केल बराबर हो । सरकारी जागिरे हुनुअघि जहाँ जस्तो अवस्थामा थिएँ, त्यसयताका लगभग उस्तै अवस्थामा दैनिकी गुजार्दै छु ।

काठमाडौंको महँगीमा जेनतेन चलेको छ दैनिकी । तर, मेरै तहका साथीले त्यही तलब स्केल खाएर आर्थिक फड्को मारेको देख्दा अचम्म लाग्छ । उनीहरु सानको जिन्दगी बिताइरहेका छन् ।

सरकारले तोकेको त्यही वेतनबाट म जस्ता एकथरि कर्मचारी सस्तो तरकारी कहाँ पाइन्छ भन्दै खोज्दै हिंड्नुपर्ने अवस्थामा छौं भने त्यही तलबबाट सस्तो घरजग्गा कतातिर पाइन्छ भन्दै खोज्नेहरुको जमात पनि छ ।

यो अन्तर जहिलेसम्म कायम रहन्छ, त्यतिबेलासम्म भ्रष्टाचारको जालो हट्दैन ।

अहिले मिडियामा लोकमान कार्कीको निकै चर्चा, आलोचना र बदख्वाइँ भइरहेको छ । पछिल्लो समय मिडियामा सर्वाधिक पढिएको, सुनिएको र हेरिएको पात्र कोही छ भने त्यो लोकमान नै हो । लोकमान बिनाको अखबार छैन, इन्टरनेटका सामाजिक सञ्जालमा स्टाटस छैन । तर, नदेखिएका लोकमानको बारेमा कहिल्यै चर्चा भएन र होला जस्तो पनि लाग्दैन ।


लोकमानको बारेका चर्का कुरा गर्ने माननीयहरु आफू चाहिँ कत्तिको दूधले नुहाएका छन् ? निकै ठूला र चर्का कुरा गर्ने जिम्मेवार पदमा बसेका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न मानेन रे

भ्रष्टाचार गर्ने र अकुत सम्पति आर्जन गर्नेमाथि कारबाही गर्ने निकायमा बसेको व्यक्ति नै भ्रष्टाचारको नाइके भएको, मोलमोलाइमा काम गरेको, पूर्वाग्रहपूर्ण ढंगले फसाएको भन्दै लोकमानमाथि अरिंगालको गोलो खनिए जसरी सडकदेखि सदन खनिएको छ ।

अख्तियारको उपल्लो तहमा बसेर आफैं अख्तियारको दुरुपयोग गर्ने यी देखिएका लोकमानको चरित्र उदांगो भएपछि आज जनमानस उनी विरुद्ध कुर्लिएको छ । तर, नदेखिएका लोकमानको बारेमा कसले आवाज उठाउने ?

लोकमानको बारेका चर्का कुरा गर्ने माननीयहरु आफू चाहिँ कत्तिको दूधले नुहाएका छन् ? निकै ठूला र चर्का कुरा गर्ने जिम्मेवार पदमा बसेका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न मानेन रे । जब कि सार्वजनिक ओहोदामा पुगेको व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधान छ । के कारण मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएन ?

तिनै मन्त्री र नेताहरुले लोकमानको बदनाम गरेको असुहाउँदो देखियो ।

नेतासँग नजिकको साइनो भएका र जहाँ पनि चलखेल गर्न सक्ने भएपछि आर्थिक हैसियत उकास्न केही चाहिने रहेनछ भन्ने प्रमाण आफ्नै सहकर्मीहरुबाट देखिन थाल्यो ।

पाँच वर्षअघि सरकारी जागिरमा एकसाथ प्रवेश गरेका दुई दौंतरीको केही दिनअघि अनामनगरमा जम्काभेट भयो । दुवै एक-आपसलाई दाइ-भाइको नाता लगाउँछन् । तरकारी किन्न निस्किएका दाइलाई चिल्लो कारले हर्न बजाउँदै पिछा गर्‍यो । दाइले यसो चिहाए, कारबाट ओर्लिएर के छ दाइ भन्दै भाइ हात मिलाउन आए । दाइ जिल परे ।

‘तिमी कसको कारमा आएको भाइ ?’ दाइले सोधे ।

‘ल दाइ पनि ! मेरै हो नि । दशैंमा दक्षिणकाली गएर पूजा गरेर ल्याएँ अनि चलाइरा’छु ।’

‘साँच्चै तिम्रै हो ?’ दाइले पत्याएनन् । प्रसंग बदल्दै सोधे, ‘धेरैपछि भेट भो अहिले कुन पदमा कार्यरत छौ त भाइ ?’

‘नासुमै हो दाइ, बढुवा हुन सकिएन,’ भाइ चाहिा खिन्न भए झैं सुनाए ।

‘पैसा त निकै कमाएछौ नि भाइ । म जहाँको त्यहीँ छु, तिमी कहाँबाट कहाँ पुगिसक्यौ !’

‘ठीकै छ, यतिलाई कमाएको के भन्नु दाइ ? राम्रै छ, बाँचिएकै छ…।’


यमुना अर्याल

कुरैकुरामा भाइले थपे, ‘दाइ, मैले घर किनेँ सीतापाइलामा, यसो मिलाएर भाइको घर हेर्न आउनू है !’ अघि कार देखेर चकित परेका दाइ अहिले घर पनि किनेको सुन्दा झन्डै बेहोस भएनन् ।

एउटै पदमा एकै पटक नियुक्त भएका यी दुई जनाको हैसियतमा आकाश-पातालको फरक छ । दाइ चाहिँ नाम मात्रका नासु, भाइ चाहिँ नापी कार्यालयका दामवाला नासु । भाइले सीतापाइलामा गत वैशाखमा दुईतले घर किनेका छन् । कतै अख्तियारले समाउने हो कि भन्ने डरले सम्पत्ति भएभरको नातागोताको नाममा राखेका छन् रे भन्ने हल्ला चलेको थियो । भएका एउटा सन्तानलाई गिनेचुनेका धनीमानीले पढाउने महँगो स्कूलमा पढाएका छन् ।

दाइ चाहिँ महिनाभरि अफिस जान्छन्, एकदिन तलब थाप्छन् । २३ हजार ५ सय स्केलमा सञ्चय कोष, नागरिक लगानी कोष, बिमा वापतको रकम कटाएर बुझेको रकमले आठ हजार रुपैयाँ कोठा भाडा तिर्छन्, उधारो तिर्छन्, एक-दुई हजार पकेट खर्च राख्छन् । अर्को महिना मरुन्जेल कसरी पुर्‍याउने भन्ने तनाव हुन्छ ।

गाउाघरमा पनि तिनै नापीवालाको चर्चा हुन्छ रे ।

‘फलानोले त्यही जागिर खाएर त्यत्रो कमायो, ता चाहिँ सधैं पैसा छैन भन्छस्, क्या हो पारा’, बुवाको बारम्बारको यो भनाइले दाइको मन घोच्छ । तैपनि बोल्ने ठाउँ छैन ।

आजका धेरै मान्छेको मनमा परेको कुरो- पैसा कमाउनका लागि कि त दुई नम्बरी गर्नुपर्ने रै’छ, कि विदेशै जानुपर्ने रै’छ । सरकारले तोकेको तलबले घरखर्च चलाउन पनि नसकिने अवस्था छ । अर्कातिर, सानको विलासी जिन्दगी बिताउने नापी कार्यालयका ती भाइलाई कुनै कुराको मतलब छैन । जे छ पैसामै छ, पैसा बाहेक उनी केही सोच्न सक्दैनन् ।


जागिरेको कुरा छोडौं, समाज सेवा र राष्ट्र सेवामा लागेको बताउने राजनीतिक दलका नेताहरु नै चोखा छैनन् । पैसा आउने अरु माध्यम छैन, रोजगारी छैन, उनीहरु नै पार्टीलाई लेवीबापत धेरै रकम बुझाउनुपर्छ भन्छन्, तैपनि उनीहरुकै जिन्दगी विलासी छ ! त्यो कसरी सम्भव भयो ? यो पाटो कहिले र कसले खोतल्ने ?

यस्ता कर्मचारीको संख्या धेरै छ । कसले खोज्छ उनीहरुको आर्थिक पाटो ? मासिक २० हजार तलब खाने कर्मचारीले २५ हजार तिरेर छोराछोरी स्कूल पढाउने हैसियत कहाँबाट बनायो भन्ने कसले केलाउँछ ? त्यो पैसाको स्रोत के हो ? खोज्दै जाने हो भने नदेखिएका लोकमानहरु कति छन् कति ।

जागिरेको कुरा छोडौं, समाज सेवा र राष्ट्र सेवामा लागेको बताउने राजनीतिक दलका नेताहरु नै चोखा छैनन् । पैसा आउने अरु माध्यम छैन, रोजगारी छैन, उनीहरु नै पार्टीलाई लेवीबापत धेरै रकम बुझाउनुपर्छ भन्छन्, तैपनि उनीहरुकै जिन्दगी विलासी छ ! त्यो कसरी सम्भव भयो ? यो पाटो कहिले र कसले खोतल्ने ?

सार्वजनिक पदमा पुगेपछि मन्त्रीहरुले पेश गरेको सम्पत्ति विवरण हेर्दा सुनचाँदीको ढुकुटी नै उनीहरुसागै छ कि क्या हो जस्तो भान पर्छ । ८०/९० तोला भएको देखाउने स्रोत चाहिा ससुरालीले दाइजोमा दिएका रे । ९० तोला सुन दाइजोमा दिने ससुरालीको हैसियत पनि त जाँच्नुपर्ने हो नि ! तर, यस्ता कुरामा कसको ध्यान जाने ?

मन्त्री र नेताज्यूसाग ९० तोला सुन हुन्छ, सामान्य नागरिकसँग ९० रुपैयाँको लसुन समेत हुादैन हाम्रै नेपालमा !

चीनका लागि राजदूत सिफारिस हुने बेलामा पूर्व मुख्यसचिव लिलामणि पौडेललाई सरकारी जागिरमा प्रवेश गर्दादेखि मुख्यसचिव हुँदासम्मको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरियो । हरेक सरकारी कर्मचारीले आफ्नो सुरु नियुक्तिदेखि अवकाशसम्मको सम्पत्ति विवरण यथार्थ बताउने, दलका नेताहरूले राजनीतिमा लाग्दाको हैसियत र लागिसकेपछिको हैसियत खुलस्त गर्ने हो भने भ्रष्टाचारको जरो उखेल्न बेर लाग्दैन ।


akhtiyar-ciaa-nepal
काठमाडौं, कार्तिक ११ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोग अब सामूहिक निर्णयबाट चल्ने भएको छ ।

हाल निलम्बनमा रहेका प्रमुख लोकमान सिंह कार्कीले पाँच जना आयुक्तलाई भूमिकाविहीन बनाउँदै एकलौटी निर्णय गर्ने गरेका थिए । यतिसम्म कि ठूला र महत्वपूर्ण भनिएका मुद्दामा आयुक्तहरुले आयोगको निर्णय पत्रकार सम्मेलन भएपछि सञ्चार माध्यम हेरेर मात्र थाहा पाउँथे ।

संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि कार्की हाल निलम्बनमा छन् र दीप बस्न्यात कार्यबाहक प्रमुख छन् ।

बस्न्यातको अध्यक्षतामा बसेको हालैको बैठकले अख्तियारको कामकारबाही सामूहिक निर्णयका आधारमा गर्ने निर्णय गरेको छ । यसका लागि सातामा दुई दिन बैठक बस्नेछ । łहप्तामा दुई दिन बार नै तोकर बैठक बस्ने निर्णय भएको छ र आयोगको निर्णय अब सामूहिक हुन्छ,’ आयोग स्रोतले अनलाइनखबरसँग भन्यो ।

यद्यपि कुनै आकस्मिक कदम चाल्नु परेमा भने आयोगको बैठक आकस्मिक रुपमा बस्न सक्नेछ ।-अनलाइनखबर



दाङ, कार्तिक १० गते। तुलसीपुर-१४ चैलाही निवासी दुर्गा लामिछानेले आफ्नो साथबाट १६ लाख रुपैयाँ लुटिएको बताएका छन् ।

मोटरसाइकल चढेर आएका तीनजना आँखामा खुर्सानीको धुलो हालिदिएर १० लाख भारु (१६ लाख नेपाली रुपैयाँ) लुटेको लामिछानेले बताए ।

लामिछाने बुटवल बस्त्रालयका कर्मचारी हुन् । बस्त्रालयका प्रोपाईटर राजकुमार श्रेष्ठले लामिछानेलाई सो रकम कृष्णनगर भन्सारमा पठाउनका लागि दिएको बताएका छन् ।

लामिछानेले तुलसीपुर बसपार्कमा पुगेका बेला नकाबधारी व्यक्तिले आँखामा खुर्सानीको धुलो हालिदिएर रकम लुटेको बताएको जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

लामिछाने तुलसीपुर प्रहरीको नियन्त्रणमा छन् । तथ्य कुरा पत्ता लगाउन अनुसन्धान भइरहेको एसपी सिंहले बताए ।-अनलाइनखबर


१. शारीरिक तनाव
शल्यक्रिया गरेको अवस्था, दुर्घटना, गम्भीर बिरामी अथवा सामान्य रुघा नै किन नहोस्, कपाल झर्छ । तर, यस्तो अवस्थाको कपाल झराई अस्थायी किसिमको हुन्छ । कपाल झर्ने यस्तो अवस्थालाई ‘टेलागेन इफ्लुभियम’ भनिन्छ । कपालको एउटा निश्चित चक्र हुन्छ : बढ्ने चरण, स्थिर भएर बस्ने चरण र झर्ने चरण । न्युयोर्कका छालारोग विशेषज्ञ डा. मार्क ग्लासोफर भन्छन्, ‘जब तपाईं साँच्चिकै तनावमा हुनुहुन्छ भने यसले कपालको चक्रलाई असर गर्छ र झर्ने अवस्थामा पुग्छ ।’ गम्भीर अवस्थाको तीन देखि ६ महिनासम्म कपाल झर्छ ।
२. गर्भधारणका बेला

गर्भधारणको अवस्थामा पनि एक किसिमको शारीरिक तनावको अवस्था हो । यस्तो अवस्थामा पनि कपाल झर्छ । डाक्टरहरुका अनुसार यो सामान्य हो र यसरी झरेको कपाल केही महिनामै पलाउँछ ।
३. बढी भिटामिन सेवनका कारण

अत्यधिक मात्रामा भिटामिन सेवन र बढी औषधि सेवनले पनि कपाल झर्छ । वयस्क व्यक्तिका लागि दैनिक भिटामिनको डोज ५ हजार इन्टरनेशनल युनिट र ४ वर्षभन्दा माथिका बालबालिकाका लागि दैनिक २५ सय देखि १० हजार इन्टरनेशनल युनिट दिनसकिन्छ । तर, भिटामिन एको सेवन कम ग¥यो भने कपाल झर्न रोकिन्छ ।
४. प्रोटिनको अभाव

अमेरिकन एकेडेमी अफ डर्माटोलोजीका अनुसार यदि आवश्यक भएजति पनि प्रोटिन शरीरले नपाउने हो भने कपाल झर्न थाल्छ । प्रोटिनको कमी भएको दुई देखि तीन महिनाबाट कपाल झर्ने समस्या देखिन थाल्छ । त्यसैले माछा, मासु, अण्डाजस्ता बढी प्रोटिन पाइने खाद्यपदार्थ खानुपर्छ ।
५. पुरुषको तालुखुईलेपन

तीनमध्ये दुई जना मानिसको ६० वर्षसम्ममा तालु खुईलन्छ । यसमा जिन र पुरुष हर्मोनले मुख्य भूमिका खेलेका हुन्छन् । कपाल झर्ने यस्तो अवस्था रोक्न केही मल्हम पाइन्छन् भने कपाल रोप्न कस्मेटिक सर्जरी पनि गर्न सकिन्छ ।
६. वंशाणुगत
पुरुषमा तालु खुईलने समस्याजस्तै महिलामा पनि त्यस्तै समस्या पाइन्छ । यसलाई ‘एन्ड्रोजेनिक एलोपेसिया’ भनिन्छ । निश्चित उमेर पुगेपछि कपाल खुईलने समस्या भएका परिवारबाट आएका महिलमा यस्तो खतरा रहन्छ ।
७. मानसिक तनाव

शारीरिक तनावमा जत्तिकै नभएपनि मानसिक तनावका कारण पनि कपाल झर्ने हुन्छ । कहिलेकाही सम्बन्धविच्छेद भएका, आफ्ना प्रियजनको मृत्यु भएका व्यक्तिहरुमा मानसिक तनाव देखिन्छ । त्यस्ता व्यक्तिमा कपाल झर्ने सम्भावना बढी हुन्छ ।
८. एनिमिया
एक तथ्यांकअनुसार २० देखि ४९ वर्ष उमेरसमूहका १० महिलामध्ये एक महिला शरीरमा आइरनको कमीका कारण एनिमियाबाट पीडित भएको पाइन्छ । यसका कारण कपाल झर्ने सम्भावना हुन्छ । एनिमिया भए–नभएको पत्ता लगाउँन डाक्टरहरुले रगत परीक्षण गर्छन् । आइरनको कमीका कारण कपाल झर्नेका अतिरिक्त बेहोसी, टाउको दुख्ने, आँखा धमिलो हुनेजस्ता समस्या देखा पर्छन् ।
९. हाइपोथाइरोडिजम

घाँटीमा भएको थाइराइड ग्लान्डले एक किसिमको हर्मोन उत्पादन गर्छ, जुन मेटाबोलिजम, वृद्धि र विकासका लागि गम्भीर मानिन्छ । जब यस्तो हर्मोन आवश्यकमात्रामा निस्कदैन, कपाल झर्न थाल्छ ।
१०. भिटामिन बीको कमी
अमेरिकाजस्ता देशमा एकदमै कम केश पाइएपनि भिटामिन बीको कमीका कारण पनि कपाल झर्ने समस्या हुन्छ । यसको समाधानका लागि भिटामिन बी पाइने खाद्य पदार्थहरु फलफुल, माछा, मासु, तरकारी प्रशस्त खानुपर्छ।
११. केमोथेरापी

क्यान्सरमा प्रयोग गरिने केमोथेरापीका कारण पनि कपाल झर्छ । चिकित्सकहरुले केमोथेरापीलाई ‘आणबिक बम’ भनेका छन् । यसले तीब्र रुपमा शरीरका क्यान्सरयुक्त कोषहरुलाई मार्नेकाम गर्छ । यसका साथसाथै कपालका कोषलाई पनि मार्ने काम गर्छ ।
१२. कपाललाई अनावश्यक स्टाइल दिँदा
कपाललाई सुन्दर बनाउँने नाममा अनावश्यक स्टाइल दिँदा, हेयर ट्रिटमेन्ट गर्दा पनि कपाल झर्छ । कपालमा प्रयोग गरिने अनेक प्रकारका रसायनहरुले पनि कपाल झर्न भूमिका खेल्न सक्छन् ।-स्वास्थ्य खबरपत्रिका

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget