Websoft University

www.radiomakalu.com || 021-522512


धार्मिक पर्यटनको सम्भावना बोकेको ठाउँ ओझेलमा

Image result for पोखरा नेपाल


पोखरा, भदौ २३ गते । नेपालका बाइसे चौबीसे राजाका पालादेखि अस्तित्वमा आएको पोखरा उपमहानगरपालिका वडा नं २२ स्थित धार्मिक एवम् ऐतिहासिकस्थल मणिद्वीप प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।


पोखरा उपत्यकाको दृश्यावलोकनसहित ऐतिहासिक एवम् धार्मिकस्थलको अवलोकनका लागि स्वदेशी एवम् विदेशी पर्यटक मणिद्वीपमा आउने गरे पनि आवश्यक प्रचारप्रसारको अभावले अपेक्षित पर्यटक अझै भित्र्याउन नसकिएको स्थानीयवासी बताउँछन् ।

समाजसेवी ओमप्रकाश बराल यस क्षेत्रको राम्रो प्रचारप्रसार एवम् भौतिक पूर्वाधार विकास गरेमा धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्यका रुपमा विकास गर्न सकिने सम्भावना रहेको बताउनुहुन्छ ।

“बाइसे चौबीसे राजाको पालामा नै आर्वामा बस्ती स्थापना हुँदा गाउँको पूर्वमा मणिद्वीप नागेश्वर महादेवको स्थापना गरिएको पाइन्छ”, उहाँले भन्नुभयो – “अत्यन्त शक्तिशाली शक्तिपीठका रुपमा रहेको यस मन्दिरमा धेरैपटक नाग प्रकट भएका छन्, यस मन्दिरमा भक्तिभावपूर्वक पूजा गरेका सन्तान प्राप्ति नभएका व्यक्तिलाई सन्तान लाभ भएको छ भने, नागका कारण समस्यामा परेका धेरै बिरामी स्वास्थ्यलाभ गरी फर्केका छन् ।”

प्राचीनकालदेखि नै सन्यासीहरू बस्दै आएकामा केही वर्षअघिदेखि उनीहरू बस्न छोडेका अर्का स्थानीयवासी जयबहादुर बरालले बताउनुभयो ।

उहाँका अनुसार सुरुमा खरले छाएको मन्दिर रहेकामा हाल रहेको शिव मन्दिर भने २०६२ सालमा निर्माण गरिएको हो । विसं २०६३ मा वृन्दावनबाट ल्याइएको शिला स्थापना गर्दा शिलामा लामो समयसम्म पसिना आएको थियो ।

विसं २०६३ मा वृन्दावनका महामण्डलेश्वरसहितका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा मणिद्वीपमा महायज्ञ लगाइएको उहाँले जानकारी दिनुभयो ।

मणिद्वीप क्षेत्रको धार्मिक विशिष्टतालाई उजागर गर्न स्थानीय समाजसेवी पनि सक्रिय बनेका छन् ।

अत्यन्त रमणीय मणिद्वीप क्षेत्रबाट माछापुच्छ«े, अन्नपूर्ण हिमालका साथै लम्जुङको गणेश हिमाल हेर्नका लागि पनि पर्यटक आउने गरेका छन् ।

बृहत् गुरुयोजनासहित धार्मिक एवम् ऐतिहासिकस्थललाई समेटेर समग्र आर्वालाई नै धार्मिक पर्यटनको विशिष्ट केन्द्र बनाउन सकिने बरालको भनाइ छ ।

लगभग १० रोपनी क्षेत्रफलमा रहेको मणिद्वीपकोे विकासमा सहयोग पु¥याउने लक्ष्यका साथ स्थानीय समाजसेवी खिमकुमारी बरालले १२ आना थप जग्गा मन्दिरलाई उपलब्ध गराउनुभएको छ ।

यहाँको धार्मिक आस्था एवम् विश्वासलाई जगाइराख्नका लागि युवा वर्गको विशेष सक्रियता आवश्यक रहने जग्गादाता बरालको भनाइ छ ।

मणिद्वीप र आसपासका धार्मिक एवम् ऐतिहासिकस्थलको महत्वलाई उजागर गर्दै विकास गर्न सकेमा धेरै धार्मिक पर्यटकलाई आर्वामा आकर्षण गर्न सकिने आर्वा विजय गाउँ पञ्चायतका पूर्व प्रधानपञ्चसमेत रहेका ८९ वर्षीय सूर्यनाथ उपाध्याय बरालले बताउनुभयो ।

मणिद्वीपसहित रतन पाण्डेस्थल, महाप्रभुधाम, लक्ष्मीनारायण मन्दिरलाई समेटर यस क्षेत्रलाई धार्मिक पर्यटनका उत्कृष्ट आकर्षण रहेको बताउँदै उहाँले यसका लागि आवश्यक प्रचारप्रसार एवम् अत्यावश्यकीय भौतिक पूर्वाधारको विकास गर्नुपर्ने बताउनुभयो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget