Websoft University

www.radiomakalu.com || 021-522512


गृहमन्त्रीज्यू, यति डकुमेन्ट हुँदा बलात्कृत युवतीको नागरिकता किन बन्दैन ?



काठमाडौं भदौ १६ गते । पैसा र पावर हुनेहरुले दोहोरो नागरिकता र पासपोर्ट लिएको बेलाबेला सार्वजनिक हुने गरेका छन् । तर, मुलुकमा एक बलात्कृत युवती एक थान नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय धाउन थालेको तीन वर्ष पुगिसकेपनि जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी सधैं झर्केर जवाफ दिन्छन्, ‘तिमीलाई नागरिकता दिन मिल्दैन !’
२०७१ भदौ १९ गते ट्रेड युनियन कांग्रेसको मोरङ जिल्ला अध्यक्ष गोपाल शर्माबाट बलात्कृत कोपिला शर्मा (नाम परिवर्तन) सिडिओलाई कन्भिन्स गराउँन खोज्छिन्, ‘मेरो नागरिकता किन बन्दैन सर, उमेर पुगेको छ, एसएलसी पास गरेकी छु, जन्मदर्ता र विद्यालयले जारी गरेको प्रमाणपत्रमा मेरो बाबु गोपाल शर्मा र आमा सावित्री शर्मा भन्ने खुलेको छ, अनि..?’
‘अनि के ?’ अदालतमा गएर मुद्दा हाल्नुस् अनि बनाइदिउँला !’ पछिल्लो पटक केही दिनअघि मात्रै मोरङका प्रजिअ तोयम रायले यसो भन्दै कोपिलालाई फिर्ता पठाए, नागरिकता दिएनन् ।
तीन बर्षकी अवोध बालिका कोपिलालाई गोपाल शर्माले धर्मछोरी बनाएर पाले । जव कोपिला १५ बर्ष पुगिन्, तिनै धर्मछोरीलाई बलात्कार गर्ने कुचेष्टा गरे । २०७१ भदौ १९ गते विराटनगर–१० हाटखोला स्थित आफ्नै घरमा कोपिला शर्मा (नाम परिवर्तन) लाई गोपालले बलात्कार गरे ।
बलात्कारको मुद्धा अदालत पुग्यो, २०७२ जेठमा जिल्ला अदालत मोरङका न्यायाधिश शेखर प्रसाद पौडेलको एकल ईजलासले उनलाई बलात्कारी ठहर गर्दै ८ बर्ष ६ महिना कैद र ७५ हजार क्षतिपुर्ती भराउने फैसला गरेको थियो । जिल्ला अदालतको फैसलाविरुद्ध गोपाल पुनरावेद अदालत गएका छन्, यता कोपिला नागरिकता खोज्दै जिल्ला प्रशासनको दैलो ढकढक्याउँदै छिन्, उनलाई साथ दिएका छन्, विश्वास नेपाल नामक संस्थाका अध्यक्ष प्रदीप घिमिरेले ।

यस्ता छन्, नागरिता बन्न आश्यक प्रमाण
प्रमाण १ : विराटनगर उप–महानगरपालिकाको दश नम्वर वडा कार्यालयले २०६८ सालमा दिएको जन्मदर्ताको प्रमाणपत्रमा सावित्री शर्माको सुचनाको आधारमा गोपाल शर्मा र सावित्री शर्माकी छोरीको रुपमा २०५५ माघमा कोपिलाको जन्म भएको तत्कालिन स्थानिय पञ्जिकाधिकारीले प्रमाणित गरिदिएका छन् । (हेर्नुहोस, जन्मदर्ताको प्रमाणपत्र, फोटोमा)
प्रमाण २ : विराटनगर–१० मा रहेको आदर्श बालिका माध्यमिक विद्यालयले कोपिला सोही स्कुलमा दुई कक्षादेखि पढेको भन्दै उनी गोपाल शर्माको छोरी भएको पुष्टि गरेको छ । विद्यालयमा पढ्दा उनको बानी ब्यहोरा चाल चलन असल भएको विद्यालयको पत्रबाट पुष्टि हुन्छ ।
प्रमाण ३ : कोपिलाले एसएलसी पास गरेको आदर्श बालिका माध्यमिक विद्यालयले दिएका सर्टिफिकेटमा उनको स्थायी घर बिरानटर–१० तथा गोपाल शर्माको छोरी भन्ने स्पष्ट खुलाईएको छ । स्कुलको प्रमाणपत्रमा उल्लेखित उनको जन्ममितिको विवरण र जन्मदर्ताको प्रमाणपत्रमा उल्लेखित विवरण मिलेको छ ।
तर माथि उल्लेखित तिनवटा प्रमाणलाई मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायले नक्कली ठहरिएको बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘जसलाई बाबु भनेर दावी गरिएको छ, उ बावु हैन ।’
स्कुलको सर्टिफिकेट र जन्मदर्ता केहो त ? भन्ने प्रश्नमा प्रजिअ रायले भने, ‘स्कुलको सर्टिफिकेट नक्कली ठहरियो !’
तर, गृहका एक उच्च अधिकारीले रातोपाटीसँग कुरा गर्दै कोपिलाले नागरिकता पाउनु पर्ने बताए । उनले भने, ‘धर्म पूत्र वा पूत्रीको सर्टिफिकेट र जन्मदर्ता भएपछि सम्बन्धित प्रशासनको ढड्डामा खुलाएर नागरिकता दिन मिल्छ ।’

त्यतिमात्र हैन महिला बालबालिक तथा समाज कल्याण मातहत रहेको केन्द्रिय बालकल्याण समितीले समेत कोपिलालाई नागरिकता दिएर बालिकाको पहिचानको हक संरक्षण गर्न प्रजिलाई पत्र लेखेको छ । तर सरकारकै निकायले लेखेको त्यस्तै पत्रलाई प्रमुख जिल्ला अधिकारीले वेवास्ता गरेपछि बलात्कृत युवती अब नागरिकता माग्न कहाँ जाने ? नागरीकता सम्वन्धी अन्तिम निर्णय लिने मन्त्रिपरिषद् र उप–प्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीलाई कोपिलाले प्रश्न गरेकी छिन्, ‘अब म नागरिकता माग्न कहाँ जाउँ ?’

दुःखीलाई दुःख माथी दुःख !
सानै हुँदा उनकी आमाको मृत्यु भयो, आमाको मृत्यु भएको केही महिनामा वावुले कान्छी श्रीमती ल्याए । कान्छी ल्याएपछि उनलाई वावुले छाडिदिए । अनि सावित्री शर्मा (गोपाल शर्माकी श्रीमती) ले उनलाई आफ्नो छोरामात्रै भएकाले छोरी बनाएर पाल्छु भन्दै विराटनगर लगिन् । सावित्री शर्मा पिडीत युवतीको आमाको साख्खे बहिनी हुन् । यसरी नातामा सानिआमा पर्नेसँग बस्न थालेकी उनी स्कुले जीवनको अन्तमा सानुवुवा बाट बलात्कृत भइन् । बलात्कारको शिकार हुँदा एसएसलसी दिएकी थिइन् ।
जन्मँदै दुःख लिएर जन्मेकी उनलाई गोपाल शर्माले सरकारी स्कुलमा पढाए तर छोरालाई भने विराटनगरको सेन्ट जोशेफ नामक महंगो स्कुलमा पढाउँथे । विहेदान समेत गरिदिन्छु भन्दै धर्मछोरी बनाएका शर्माले एसएलसी पास नगर्दै कोपिलाको जवानी निमोठिदिए ।
अहिले नागरिकता दिन अस्वीकार गरेका छन्, उनैलाई साथ दिन्छन्, सरकारको तलव खाएर कुर्सीमा बसेका सिडिओ र सहायक सिडिओहरु । उता कोपिला दैनिक आँशु पिएर बाँचिरहेकी छन् ।

ratopati.

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget