Websoft University

www.radiomakalu.com || 021-522512


प्रधानमन्त्री दाहालसँग विदेशमन्त्री स्वराजको भेट



नयाँदिल्ली, भदौ ३१ गते । भारतको चारदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भारतीय राष्ट्रपति भवनमा आज भएको सो भेटमा दुवै मुलुकको आपसी हित र सम्बन्धका बारेमा छलफल भएको थियो ।

भेटमा परराष्ट्र मन्त्री डा प्रकाशशरण महत र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकसमेत सहभागी हुनुहुन्थ्यो ।

यसअघि प्रधानमन्त्री दाहालले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर पुष्पहार अर्पण गर्नुभएको थियो । आजै प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने कार्यक्रम छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget