Websoft University

www.radiomakalu.com || 021-522512


रोनाल्डो फर्कदा रियलको गोलको वर्षा, किर्तिमान बराबरी


3829ad0800000578-3783146-image-a-13_1473524864674

म्याड्रिड – घाइते भएपछि मैदानमा फर्किएको पहिलो खेलको छैटौं मिनेटमा नै गोल क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि रियल म्याड्रिडले ओसासुनालाई पराजित गर्दै ला लिगामा आफ्नो शत प्रतिशत नतिजालाई कायम राखेको छ ।

युरो २०१६ को फाइनलपछि पहिलो पटक मैदानमा उत्रिएका रोनाल्डोले बेलको पासमा गोल गर्दै रियललाई अग्रता दिलाए ।
त्यसपछि ड्यानिलो, कप्तान सर्जियो रामोश, पेपे र मोड्रिचले गोलको वर्षा गरे ।

खेलको अन्त्यतरि ओरिओल रिएरा र डेभिड गार्सिसाले दुई गोल फर्काएका थिए । त्यस्तै रियलका गोलकिपर किको कासिलाले रोबर्टो टोरेसको पेनाल्टी बचाउ गरेका थिए ।

खेलको ७९ औं मिनेटमा टानो बोनिन दोस्रो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिनुपरेपछि ओसासुना १० खेलाडीमा सिमित बनेको थियो ।

त्यसपछि कुनै गोल हुनसकेन र रियलले खेल ५–२ ले आफ्नो पक्षमा पार्यो । तीन खेलमा तीन जितसँगै रियल लिगको शीर्ष स्थानमा रहेको छ ।

यो सँगै रियलले लगातार १५ औं खेलमा जित निकाल्दै सन् १९६०–६१ मा बनाएको किर्तिमानको पनि बराबरी गरेको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget