Websoft University

www.radiomakalu.com || 021-522512


युरोपा लिगमा म्यान्चेस्टर युनाइटेडको कमजोर सुरूवात


feyenoord_team
इंग्लिस टोली म्यान्चेस्टर युनाइटेडले यस सिजनको युरोपा लिग फुटबलमा खराव सुरुवात गरेको छ । युनाइटेड नेदरल्याण्डको फेयेनुर्डसँग एक शून्यले पराजित भएको हो ।

प्रतियोगिताको समूह ए मा रहेको म्यान्चेस्टर युनाइटेडले एक साताको बीचमा लगातार दोस्रो पटक पराजय ब्यहोरेको हो । यसअघि पि्रमियर लिग अन्तर्गत म्यान्चेस्टर डर्बीमा सिटीले उसलाई हराएको थियो ।

प्रशिक्षक जोसे माउरिन्होले म्यान्चेस्टर डर्बीमा खेलाइएको टोलीमा ८ खेलाडी परिवर्तन गरेका थिए । तर वायने रुनी र ज्लाटन इब्राहिमोबिचलाई मैदान बाहिर राख्ने उनको त्यो प्रयोग निस्प्रभावी सावित भयो ।

फेयेनुर्डसँगको खेलमा भ्रमणकारी टोली युनाइटेडले पहिलो हाफमा कुनै दवाव दिन सकेन । मार्कोस रासफोर्डको प्रहार पोष्ट नजिकैबाट बाहिरिनुबाहेक पहिलो हाफमा युनाइटेडले गतिलो मुभ बुन्न सकेन ।

दोस्रो हाफमा केहि खेलाडी परिवर्तन गरेपछि लयमा देखिएको युनाइटेड ७९औं मिनेटमा गोल खाएपछि निराश बन्न पुग्यो । फेयेनुर्डसँगका २१ बर्षीय मिडफिल्डर भिल्हेनाले गोल गरेका हुन् ।

युनाइटेडको लगातारको असफलतामा सबैभन्दा बढी कसैको आलोचना भइरहेको छ भने ती हुन् फ्रान्सेली पाउल पोग्वा । कीर्तिमानी मूल्यमा युभेन्टसबाट युनाइटेड फर्किएका पोग्वाले म्यान्चेस्टर डर्बी र हिजोको खेलमा पनि पूरै समय मैदानमा बिताए । तर उनको प्रदर्शन यति कमजोर थियो कि मैदानमा उनी छैनन् झैं लाग्थ्यो ।

युरोपा लिगको समूह एमा युनाइटेड अन्तिममा छ । यसै समूहको अर्को खेलमा टर्कीको फेनरबाचे र युक्रेनको जोर्याले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget