Websoft University

www.radiomakalu.com || 021-522512


अर्जेन्टिना बराबरीमा रोकियो, नेयमारले ब्राजिललाई जिताए

Venezuela vs  Argentina

काठमाडौं,भदौ २२ गते । विश्वकप छनौट फुटबलमा लिओनल मेस्सी विनाको अर्जेन्टिनाले भेनेजुएलासँग बराबरी खेलेको छ ।

बुधबार बिहान भएको खेलमा अर्जेन्टिना र भेनेजुएलाले २-२ गोलको बराबरी खेलेको हो । मेरिडामा भएको खेलमा अर्जेन्टिनी कप्तान मेस्सी चोटका कारण टोलीमा अनुपस्थित थिए ।

खेलमा भेनेजुएलाले दुई गोलको अग्रता लिएर पनि जोगाउन सकेन । ३५ औं मिनेटमा गोल गरेको उसले ५३ औं मिनेटमा दोस्रो गोल गरेको थियो ।

तर, ५८ औं मिनेटमा पार्टोले अर्जेन्टिनाका लागि गोल गरे । ८३ औं मिनेटमा आटामेन्डीले बराबरी गोल गर्दै अर्जेन्टिनालाई हारबाट जोगाए ।

नेयमारले ब्राजिललाई जिताए

अर्को खेलमा ब्राजिलले कोलम्बियालाई हराएको छ । नेयमारको गोलको मदतमा ब्राजिलले कोलम्बियालाई २-१ ले हराएको हो ।



खेलमा ब्राजिलले दोस्रो मिनेटमा नै मिरान्डाको गोलबाट अग्रता लिएको थियो । तर, ३६ औं मिनेटमा घरेलु टोलीका मार्किन्योसले आत्मघाती गोल गरे र खेल १-१ को बराबरीमा पुग्यो । खेलको ७४ औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई जित दिलाए ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget