Websoft University

www.radiomakalu.com || 021-522512


नेपाल–चीन केरुङ राजमार्ग बन्द


Digging a road for Melamchi pipeline (22)
रसुवा,भदौ २७ गते । आज बिहान गएको पहिरोका कारण स्याफ्रु– टिमुरेखण्डको राजमार्ग बन्द हुँदा सवारी साधन र मानिसको ओहोरदोहोर रोकिएको छ ।


जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार वृद्धिम गाविस–१ फ्याङ्लुङ खोलानजिक भिरको माथिबाट आएको ठूलो पहिरोले राजमार्ग पूर्णरुपमा क्षति हुँदा चीनबाट हुने सामान ढुवानीमा समेत प्रभावित भएको छ ।

अहिले त्यस राजमार्गमा मानिस ओहोरदोहोर गर्ने अवस्थासमेत नरहेको बताइएको छ । पहाडको अग्लो स्थानबाट ढुङ्गा झरिरहेकाले राजमार्ग खुलाउन अझै चार÷पाँच दिन लाग्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।-रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget