Websoft University

www.radiomakalu.com || 021-522512


हात्तीको झुन्डबाट बालीनालीमा क्षति पुगेका किसानलाई क्षतिपूर्ति



कञ्चनपुर, असोज ९ गते । वन कार्यालय कञ्चनपुरले जङ्गली हात्तीको झुन्डबाट बालीनालीमा क्षति पुगेका किसानलाई क्षतिपूर्ति उपलब्ध गराएको छ ।

गत वर्ष हात्तीले बालीनालीमा क्षति पु¥याएका त्रिभुवनबस्ती, परासन, रैकवार विचवा र वाइसेविचवाका किसानलाई क्षतिपूर्ति रकम उपलब्ध गराएको हो । पहिलो चरणमा ८४ र दोस्रोचरणमा ६५ जनालाई क्षतिको मूल्याङ्कनका आधारमा रु पाँच हजार र रु १० हजारका दरले यस वर्ष क्षतिपूर्ति रकम उपलब्ध गराएको वन कार्यालयका प्रमुख शिवप्रसाद शर्माले बताउनुभयो ।

“हालसम्म रु सात लाख रकम हात्तीले क्षति पु¥याएका किसानलाई क्षतिपूर्तिबापत उपलब्ध गराएका छौँ” – उहाँले भन्नुभयो ।

पीडित किसानको निवेदन, कृषि विकास कार्यालयले मूल्याङ्कन गरेको क्षतिको विवरण, लालपुर्जा, नागरिकता, प्रहरीको मुचुल्काका आधारमा क्षतिपूर्तिका लागि क्षेत्रीय वन निर्देशनालयमा सिफारिस गरी रकम उपलब्ध गराउने व्यवस्था रहेको उहाँले बताउनुभयो ।

हात्तीको झुन्डले विशेष गरी धान फल्ने बेला, उखु उत्पादन हुने बेला र गहुँ पाक्ने बेला यहाँ बढी क्षति पु¥याउने गरेको छ ।

भारतीय दुधुवा नेसनलपार्कबाट छिर्ने जङ्गली हात्तीको झुन्डले यहाँका पुनर्वास नगरपालिका, दोधारा चाँदनी नगरपालिका, बाइसे विचवा, रैकवार विचवा, शङ्करपुर, देखतभूली र कृष्णपुर नगरपालिका क्षेत्रमा बढी क्षति पु¥याउने गरेको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget