Websoft University

www.radiomakalu.com || 021-522512


पाकिस्तानको पेशावरमा आतंकवादी आक्रमण, कम्तिमा ४ को मृत्यु


peshawar-university-terror-attack-02-1472790592

पेशावर – पाकिस्तानको पेशावरस्थित ईसाईहरु बस्ने वारसाक डाम कोलनीमा शुक्रबार बिहान आतंकवादीले आक्रमण गरेका छन् । पाकिस्तानको जियो न्युजका अनुसार आक्रमण पछि सुरक्षाकर्मीसँग भएको भिडन्तमा कम्तीमा ४ जना आतंकवादीको मृत्यु भएको छ । पाकिस्तानको सुरक्षा अधिकारीका अनुसार शुक्रबार बिहान ५ बजेर ५० मिनेट जाँदा गार्डमाथि हमला गरी कम्तिमा ४ जना आतंकवादी आत्मघाती बम र हतियार लिएर कोलोनीमा प्रवेश गरेका थिए । घटना लगत्तै सुरक्षाकर्मी त्यहाँ पुगेर उक्त क्षेत्रलाई घेराबन्दी गरेर अपरेसन शुरु गरेका थिए । जसमा आतंकवादीसँगको भिडन्तमा २ सैनिक, एक प्रहरी कन्सटेबल, दुई सिभिल गार्ड, एक सर्वसाधारण घाइते भएका छन् । हाल हरेक घरमा खोजी भइरहेको र स्थिति नियन्त्रणमा रहेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । अहिले उक्त क्षेत्र जाने सबै सडक सिल गरिएको छ । उक्त क्षेत्रमा करिब २५ देखि ३० इसाई धर्मावलम्बीहरुको घर रहेको बताइएको छ ।
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget