Websoft University

www.radiomakalu.com || 021-522512


काठमाडौँमा एक सयभन्दा बढीमा हैजाको पुष्टि

काठमाडौँमा एक सयभन्दा बढीमा हैजाको पुष्टि

काठमाडौँ भदौ २१ गते । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा हैजाको सङ्क्रमण बढेपछि १३५ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

वर्षा मौसम सुरु भएदेखि देखिएको हैजा अहिले नियन्त्रणका क्रममा रहेको स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रेशमलाल लामिछानेले जानकारी दिए ।

लामिछानेका अनुसार ललितपुरमा ११०, काठमाडौंँमा १९ र भक्तपुरमा एक जनामा जीवाणुु देखिएको हो । पछिल्लो पटक यही भदौ १७ गते पाँच जनामा हैजा पुष्टि भएको थियो ।

महाशाखाले हैजा देखिएको ठाउँको पानीको परीक्षणका लागि नमुना सङ्कलन गर्दै पानी उमालेर वा शुद्धीकरण गरेर पिउन आग्रह गरेको छ ।

लगातार पातलो दिसा हुने रोगलाई बोलचालका भाषामा झाडापखाला भनिन्छ । रोगीको पखालामा ‘ब्याक्टेरियम भिब्रियो कोलेरी’ नामक जीवाणु पाइएमा त्यसलाई हैजा भनिने चिकित्सक बताउँछन् ।

महा।शाखाका पूर्वनिर्देशक डा बाबुराम मरासिनीका अनुसार हैजाको जीवाणु शरीरमा प्रवेश गरेपछि दुई घन्टादेखि पाँच दिनसम्ममा देखिन सक्छ । यसको सङ्क्रमण अवधि निकै कम भएकाले यो तुरुन्तै फैलिन सक्छ । समयमै उपचार नपाए बिरामीको मृत्यु समेत हुन सक्ने उनको भनाइ छ ।-रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget