Websoft University

www.radiomakalu.com || 021-522512


जनस्वाथ्यले कालाज्वर विरुद्ध नया औषधि छकर्ने


कुमोद अधिकारी

  विराटनगर  भाद्र, २४  गते  । शुक्रवार   जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले कालाज्वरका लागी औषधि माग गरेपछी अहिले कार्यालयमा ३० ड्रम डेल्टामेथिन नामक औषधी आएको जनाएको छ ।
कालाज्वर विरुद्ध यसअघि मिति सकिएको औषधि प्रयोग भएको जनगुनासो आएपछी जनस्वाथ्य कार्यालयले अर्को औषधिको माग गरेको थियो ।
 कैन्द्रले औषधि कार्यालयमा पठाइसकेको र अव यही औषधि प्रयोगमा ल्याइने कार्यालयका अधिकृत मोहमद्ध वासिल मियाले बताउनुभयो । लोमडासहीहलो थ्रिन नामक पहिलो प्रयोग गरेको औषधि ९ महिना मिति सकिएको भन्दै विरोध आएपछी केन्द्रले कालाज्वरका लागी अर्को औषधि पठाइएको अधिकृत वासिल मियाको भनाइ छ ।
 यस अघि स्प्रे मार्फत प्रयोग गरिने औषधि भन्दा यो औषधिमा रोग विरुद्ध लडने क्षमता भने केहि कम रहेको छ । पहिलेको औषधि टेन्डर नभइकन केन्द्रले पठाउन नसक्ने भएकाले यो औषधि प्रयोगका लागी पठाएको हो ।
 पहिले प्रयोग भएको कालाज्वर विरुद्धको औषधिमा मिति सकिएपनी रोगसंग लडने पर्याप्त क्षमता रहेतापनी स्थानियले विरोध गरेको अधिकृत वासिल मियाको भनाइ छ  । टेन्डर आव्हान नभएसम्म अव यहि औषधि प्रयोगमा आउने उहाले बताउनुभयो । कालाज्वरका विरामी फेला परेपछी रोग विरुद्ध कार्यालयले सो गाउभरी नै स्प्रे गरेर औषधि छर्कने गर्दछ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget