Websoft University

www.radiomakalu.com || 021-522512


विन्ध्यबासिनीमा नवदुर्गा महोत्सव हुने


Bindhyabasini-Mandir-pokhar
पोखरा, असोज ४ गते। पोखरामा रहेको नेपालकै प्रसिद्ध धार्मिकस्थल विन्ध्यबासिनी मन्दिरमा नेपालीहरुको महान चाड बडादशैंको अवसरमा विगतका वर्ष झैं यसवर्ष पनि नवदुर्गा महोत्सव हुने भएको छ ।

विन्ध्यबासिनी धार्मिक क्षेत्रविकास समितिको आयोजनामा यहि असोज १५ गते घटस्थापनाको दिनदेखि महानवमीको दिनसम्म नवदुर्गा महोत्सव हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए ।

विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै जातीय सद्भाव तथा धार्मिक पर्यटनको विकासमा टेवा पुर्‍याउने उद्धेश्यले १० वर्षदेखी हुँदै आएको महोत्सवलाई यस वर्षपनि निरन्तरता दिन लागिएको उनले बताए ।

समितिका सचिव तीर्थ श्रेष्ठका अनुसार महोत्सवको पहिलो दिन अर्थात घटस्थापनाको विहान विन्ध्यबासिनी नवदुर्गा शोभायात्रा निकालिने छ । सुरक्षा निकाय, विद्यार्थी, आमा समूह, भजन समूह, जातीय, धार्मिक, शैक्षिक, सामाजिक संघ संस्थाको सहभागितामा निकालिने शोभायात्रा विन्ध्यबासिनी पार्कबाट सुरु भएर मोहरियाटोल, भैरवटोल, भिमसेनटोल, नालामुख, तेर्सापट्टी, महेन्द्रपुल, चिप्लेढुङ्गा, सिद्धार्थचोक, रामकृष्ण टोल, गणेशटोल हुँदै पुनः नालामुख, भिमसेन टोलहुदै मन्दिर पुगेर समापन हुनेछ ।

सोहि दिन दिउँसो १ बजेबाट विन्ध्यबासिनी मन्दिर प्राङ्गणमै श्रीमद्देवी भागवत ज्ञान महायज्ञ शुरु गरिनेछ । महोत्सव अवधिभर महानवमीसम्मै जारी रहने महायज्ञ प्रत्येक दिन पूर्वान्ह ९ बजेदेखी मध्याहृन १२ बजेसम्म र दिउँसो १ बजेबाट अपराहृन ४ बजेसम्म सञ्चालन हुने सचिव श्रेष्ठले जानकारी दिए ।

मन्दिरको भेटीमा समितिको पहुँच अझै पुगेन

विन्ध्यबासिनी मन्दिर भित्रको भेटी र गुठीको जग्गामा समितिको अझै पहुँच पुगेको छैन । पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र सदस्यसचिव तीर्थ श्रेष्ठले मन्दिरको भेटीमा अझै पहुँच नपुगेको दुखेसो पोखे ।
उनीहरुले मन्दिरको भेटी पूजारीहरुले उपभोग गर्ने गरेको भन्दै ऐन कानून नहुँदा त्यो समिति मातहत ल्याउन नसकिएको बताए ।

मन्दिरमा मासिक करीब १६ लाख आम्दानी हुने अनुमान गरिएपनि त्यो सबै पूजारीहरुले नै लाने गरेको सचिव तीर्थ श्रेष्ठले बताए । ‘मुल मन्दिरबाट मात्र करीब ४ लाख मासिक आम्दानी हुन्छ, त्यो बाहेक अन्य ४/५ वटा मन्दिरबाट पनि भेटी संकलन हुन्छ, तर त्यसमा हाम्रो पहुँच छैन’-उनले भने । विन्ध्यबासिनी मन्दिरसँगै, महादेव मन्दिर, राधाकृष्ण मन्दिर, गणेश मन्दिर, श्रीकृष्ण मन्दिर छन् ।

मन्दिरको भेटी समितिमा ल्याउने प्रयास अनुरुप संस्कृति मन्त्रीलाई भेटेर धेरैपटक कुरा राखेपनि सरकार फेरिएसँगै मन्त्री पनि फेरिएका कारण ऐन आउन नसक्दा भेटीमा पहुँच पुग्न नसकेको समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए ।

हाल पुजारीहरुले समितिलाई बाषिर्क रुपमा २१ हजार मात्र दिने गरेका छन् ।-सन्देश श्रेष्ठ
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget