Websoft University

www.radiomakalu.com || 021-522512


संविधान कार्यान्वयनमा पत्रकारको भूमिका महत्वपूर्ण–सञ्चारमन्त्री



जाजरकोट, असोज १० गते । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले संविधान कार्यान्वयनमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
प्रेस सेन्टर नेपाल प्रदेश नम्बर ६ को प्रथम अधिवेशनमा आज यहाँ संबोधन गर्दै उहाँले संविधान संशोधन र देश निर्माणको भूमिकामा पत्रकारको दायित्व कहिल्यै पनि नसकिने चर्चा गर्नु भयो ।
सञ्चारमन्त्री कार्कीले संविधान संशोधनको पाटोमा सबैले सघाउनु पर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले एउटा पार्टीले गरेका क्रियाकलापको अर्को पार्टीले आलोचना र खण्डन गरेर उपलब्धि नहुने भन्दै संविधान संशोधनका लागि प्रतिपक्षसँग सरकारलाई सघाउन आग्रह गर्नुभयो । उहाँले पत्रकारले आफ्नो पार्टी निकट रहेर नभई सत्यतथ्य कुरालाई लेख्नुपर्ने भन्दै कुनै पनि सङ्गठनमा गैरपत्रकारलाई सदस्यता दिनु नहुने धारणा राख्नु भयो । उहाँले श्रमजीवि ऐन सरकारी मिडियामा लागू भइसकेको र अब अन्य मिडियामा तत्काल लागू हुने बताउनुभयो ।

कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कार्की, प्रेस चौतारी सुर्खेतका अध्यक्ष सूर्यप्रकाश कँडेलले शुभकामाना मन्तव्य राख्नुभएको थियो । प्रेस सेन्टर नेपाल ६ नम्बर प्रदेशको अधिवेशनले २७ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गर्नेछ ।

अधिवेशनका लागि प्रदेश नं ६ का १० जिल्लाका जिल्ला प्रतिनिधि, केन्द्रीय सदस्य सुर्खेतमा भेला भएका छन् । अधिवेशनले केन्द्रीय अधिवेशनमा जाने प्रतिनिधिको समेत टुङ्गो लगाउने भएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget