Websoft University

www.radiomakalu.com || 021-522512


फुटको असर के होला कमल थापाको पार्टीमा ?



काठमाडौं– कमल थापा नेतृत्वको राप्रपा नेपालसँग विद्रोह गरेर वरिष्ठ राजनीतिज्ञ केशरबहादुर विष्टले आइतबार ‘एकीकृत राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण अभियान’को घोषणा गरेका छन् ।

राजधानीको अल्फाबिटा हाउसमा पत्रकार सम्मेलनको आयोजना गरी अभियानको घोषणा गरिएको हो ।

विवादको श्रृङ्खला
– राप्रपा नेपालका पार्टी अध्यक्ष कमल थापा केपी ओली नेतृत्वको सरकारमा सहभागि रहेकै बेला २०७२ चैत १६ गते सहअध्यक्ष केशरबहादुर विष्टले पार्टीले एजेण्डा भुलेको तथा पुनः जनताको विश्वास जितिराख्न सरकारबाट बाहिरिनुपर्ने धारणा सार्वजनिक गरे । उनको धारणा सार्वजनिक भएसँगै नेतृत्वले सो अभिव्यक्ति पार्टीको लाइन विपरित भएको बतायो ।

– चैतको दोस्रो साता वीरगञ्जमा आयोजित केन्द्रीय कार्यसम्पादन समिति बैठक विष्ट र उनका निकटस्थ केन्द्रीय सदस्यहरुले बहिस्कार गरे ।
– वीरगञ्ज बैठकबाट विष्ट तीन वर्षे निलम्बनमा परे । तर, विष्टले भने कमल थापाको विरोध गरिएकै आधारमा आफूलाई कारबाही गरिएको मात्रै भनेनन् देशभर समानान्तर पार्टी चलाएर थापालाई नै बहुमतको बलमा हटाउने चेतावनी दिए । रातोपाटीलाई त्यतिबेला अन्तर्वार्ता दिँदै उनले कमल थापाको मनपरी आफूले धेरै रहेको र अब थप शैह्य नहुने समेत बताएका थिए ।

– पार्टीबाट निलम्बनमा परेसँगै बैशाखको सुरुदेखि विष्टले दमन बस्नेत, श्याम केसी, विष्णु भट्टराईलगायतका केन्द्रीय सदस्यलाई आफ्नो पक्षमा पारेर समानान्तर अभियान चलाए ।

– विष्ट समुहले समानान्तर अभियान चलाउन थालेपछि संस्थापनले बैशाख १० मा कारबाहीमा परेकाहरुसँग कुनै पनि किसिमको सम्बन्ध नराख्न मातहतका निकायहरुलाई निर्देशन दियो । तर, उसको अभियान चलिरह्यो ।

– विवाद थप उग्र बन्दै गर्दा पार्टी हितविपरितको गतिविधि गरेको भन्दै संघीय मामला तथा स्थानीय विकासमन्त्री बनेका विष्टका छोरा विराज पदबाट हटाइए । थापाको सिफरिसमा विष्टलाई बैशाख ६ गते तत्कालिन प्रम केपी ओलीले हटाएका थिए ।

थापाको विरोधदेखि निलम्बन र विराजविष्टको मन्त्री पदको बर्खास्तीसँगै कमल थापा–केशरबहादुर विष्टबीचको सम्बन्ध थप चिसिएनमात्रै उनले पार्टीका कयौं नेतालाई आफ्नो पक्षमा पार्दै एकीकृत राप्रपा निर्माणको आवश्यकता औंल्याउँदै अभियान तीब्र रुपमा चलाए । जुन अभियानको आज विष्टको अध्यक्षतामा आज औपचारिक रुपमा राजधानीको अल्फाबिटा हाउसबाट घोषणा गरियो ।

घोषित एकीकृत राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण अभियान ७९ सदस्यीय केन्द्रीय रहेको छ ।

अभियानले सर्वधर्म समाभावसहितको सनातन हिन्दु राष्ट्रको पुर्नस्थापना, संवैधानिक राजतन्त्र र एकात्मक राज्य प्रणालीको स्थापना गर्ने लक्ष्य राखिएको पत्रकार सम्मेलनमा विष्टले जानकारी दिए ।

के हुन्छ फुटको असर ?
१. कमल थापाको उद्देश्य आगामी निर्वाचनबाट पार्टीलाई देशको प्रमेख शक्ति बनाउने थियो । यसअघि पनि पद्मसुन्दर लावती समुह फुटेर समानान्तर पार्टी चलाउँदै अहिले राप्रपामा एकीकृत भइसकेको छ । अहिले विष्ट पनि छुट्टै अभियानमा लाग्दा थापा कमजोर बन्ने देखिन्छ ।

२. विष्ट समुहले थापाले एजेण्डा मासेको आरोप लगाएको छ । जवकी दुबैको एजेण्डा एकै भएको अवस्थामा एजेण्डा तानातान भई राप्रपा नेपाललाई धक्का पुग्न सक्छ ।

३. अभियानमा सांसदको प्रत्यक्ष संलग्नता नरहेपनि पार्टीमा थप फुट उत्पन्न हुने आधार तय हुन सक्छ । यस्तो भएको खण्डमा थापालाई थप ठूलो धक्का पुग्ने निश्चित छ ।

४. एकपछि अर्को गर्दै पार्टीमा विवाद बढ्दै गर्दा कार्यकर्तामा निराशा उत्पन्न त हुनेनै छ पार्टीप्रति जनस्तरबाट विस्वास गुम्ने खतरा पनि उत्तिकै रहन्छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget