Websoft University

www.radiomakalu.com || 021-522512


२ फिल्म चल्दा रजनी कती सफल ?

rajani kc (1)

नायिका रजनी केसीसँग रजनी कै भिडन्त भन्दै नेपाली मिडियामा थुप्रै समाचार छापिए । रजनी केसी अभिनित दुई चलचित्र ‘लालजोडी र ब्रासलेट’ एकैदिनमा रिलिज हुँदा आफैसँग उनले प्रतिस्पर्धा पनि गरिन् ।

तर, २ चलचित्र चलेपछि भने रजनीको चर्चा सामान्य जस्तै छ । पहिलो कुरा चलचित्र ‘लालजोडी’मा रजनीको भूमिका खासै छैन । चलचित्रका मुख्य कलाकार ज्योती काफ्लेकी प्रेमिकाको रुपमा देखिएकी रजनी चलचित्रको प्रमोशनमा पनि खासै हिडिनन् ।

रजनी अभिनित अर्को चलचित्र ‘ब्रासलेट’मा उनको भूमिका धेरै छ । चलचित्रमा नायक रमेश उप्रेतीकी श्रीमतीको भूमिकामा देखिएकी रजनीको अभिनयले औषत चर्चा पायो ।

व्यापारिक रुपमा पनि दुई चलचित्रको कमाई औषत छ । तीजको बिदा र शनिबार दुबै चलचित्रले राम्रै व्यापार गरेका थिए । चलचित्र ‘लोफर’बाट डेब्यू गरेकी रजनीलाई पहिलो चलचित्र असफल हुँदा नै झट्का लागेको थियो । उनी अभिनित चलचित्र ‘परदेशी’ले राम्रो व्यापार गरेपनि रजनीलाई क्रेडिट गएन । एउटै नायिका वा नायकको २ वटा चलचित्र रिलिज हुँदा उसको उपस्थिती र व्यस्तता देखिन्छ ।

तस्विरः कमल प्रसाई

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget