Websoft University

www.radiomakalu.com || 021-522512


बकर इदको शुभकामना

Bidhya Bhandari

काठमाडौँ, भदौ २८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर ईदका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बीहरू नेपाली दिदीबहिनी तथा तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले विविध धार्मिक तथा सांस्कृतिक मान्यताको धनी हाम्रो मुलुकमा मनाइने यी र यस्ता पर्वले सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा राष्ट्रिय एकता, धार्मिक सहिष्णुता एवम् आपसी सद्भाव कायम गर्न योगदान पु¥याएको उल्लेख गर्दै शुभकामना सन्देशमा हामी सम्पूर्ण नेपालीले आफ्नो मातृभूमिको सभ्यता, सम्पन्नता र विविधतालाई जोगाउन आ–आफ्नो स्थानबाट सत्सङ्कल्प, सद्भाव, सद्विचार र सत्कर्मलाई नछोडी धार्मिक सहिष्णुता एवम् सद्भावलाई चीरकाल पर्यन्त अक्षुण्ण राखी राष्ट्रिय एकता कायम गर्न सकौँ भन्नुभएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget