Websoft University

www.radiomakalu.com || 021-522512


तेजाबले जलेको थियो अनुहार अहिले अमेरिकाको र्‍याम्पमा क्याटवक गर्दै रेश्मा

आफ्नो हिम्मतको परिचय दिँदै तेजाबको हमलाकी पीडित भारतीय किशोरीले जब न्यूयोर्क फेसन विकको क्रममा र्याम्पवक गरिन् तब मानिसहले उनको बाहिरी आवरणको वास्तै गरेनन् । ‘सुन्दरताको सम्बन्ध छालासँग मात्र हुँदैन’ भन्ने सन्देश दिँदै उनले त्यहाँ उपस्थित थुप्रै मानिसहरुको मन जितिन् ।
एफटीएल मोडाद्वारा आयोजित फेसन विकमा भाग लिनका लागि रेश्मा कुरेसीलाई आमन्त्रित गरियो । रेश्माको अनुहार तेजाब आक्रमणले क्षतविक्षत बनाएको थियो । कुरेशीले उक्त फेसन सोमा भारतीय डिजाइनर अर्चना कोचरद्वारा डिजाइन गरिएको रेतो रङको गाउन लगाएर र्‍याम्पमा आएलगत्तै मानिसहरुले उनको स्वगतार्थ ताली बजाए ।

उनले यसलाई जीवन परिवर्तन गर्ने एक अनुभव बताए । मञ्चको पछाडि जब उनी दुई सो का लागि तयार भइरहेकी थिइन् तब उनी क्यामरा र फोटोग्राफरले घेरिएकी थिइन् । कस्तो अनुभव भइरहेको छ भनेर प्रश्न सोध्दा उनले आफूलाई निकै राम्रो महसुस भइरहेको बताएकी थिइन् ।

स्मरण रहोस्, सन् २०१४ को मे १९ तारिखका दिन इलाहबादमा जब उनी आफ्नो बहिनीसँग परीक्षा दिनका लागि केन्द्रमा जाँदै थिइन् तब उनका भिनाजुले आफ्ना साथीहरुसँग मिलेर उनीमाथि तेजाब फ्याँकेका थिए । एसिड आक्रमणले उनको एउटा आँखा गुमेको थियो ।


एजेन्सी
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget