Websoft University

www.radiomakalu.com || 021-522512


पाइपलाइनमा ६ कम्पनीका ६० करोड साधारण सेयर



काठमाडौं,भदौ २२ गते । के तपाईँ साधारण सेयर हाल्न भनेर पैसा तयार पारेर बस्नुभएको छ ? त्यसो भए केही समय पख्नोस् । ६ कम्पनीका ६० करोड ३० लाख रुपैयाँ बराबरका साधारण सेयर निश्कासन हुँदैछन् ।

पाँच जलविद्युत कम्पनी र एक लघुवित्त कम्पनीले साधारण सेयर निष्काशनका लागि नियामक नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

गत वर्ष धितोपत्र बोर्डले ८ अर्ब ६९ करोड रुपैयाँको साधारण सेयर निष्काशनका लागि अनुमति दिएको थियो । साधारण सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ हुन्छ ।

अरुण कावेली हाइड्रो पावरले ३० करोड रुपैयाँ बराबरका ३० लाख कित्ता सेयर निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकका लागि सिद्धार्थ कयापिटललाई नियुक्त गरेको छ ।

त्यसैगरी, मेवाखोला जलविद्युत कम्पनीले ८ करोड रुपैयाँ बराबरका ८ लाख कित्ता सेयर निष्काशन अनुमतिकालागि बोर्डमा आवेदन दिएको छ । कम्पनीले सिभिल क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

हिमालयन पावर पार्टनर कम्पनीले १० करोड ६५ लाख रुपैयाँ बराबरका १० लाख ६५ हजार कित्ता साधारण सेयर निष्कानका लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीले ग्लोबल आइएमइ क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ती गरिसकेको छ ।

त्यसैगरी, नेपाल आइड्रो डेभलपर कम्पनीले २ करोड ६० लाख रुपैयाँ बराबरका २ लाख ६० हजार कित्ता सेयर निष्काशनका लागि अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ । यो कम्पनीको सेयर निष्काशक तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल हो ।

त्यस्तै, ङ्यादी हाइड्रोपावरले ८ करोड १० लाख रुपैयाँ बराबरका अग्राधिकार सेयर निष्काशनका लागि बोर्डमा आवेदन दिएको छ । यो कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रवन्धक पनि ग्लोवल आइएमइ क्यापिटल हो ।

त्यसैगरी, समता माइक्रोफाइनान्सले ११ करोड ५० लाख रुपैयाँ बराबरका ११ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशनका लागि बोर्डमा आवेदन दिएको छ । यो कम्पनीको सेयर निष्कान तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गर्ने छ ।

धितोपत्र बोर्डबाट साधारण सेयर निष्काशनको अनुमति पाएको २ महिनाभित्र कम्पनीहरुले सेयर निष्काशन गर्नुपर्ने हुन्छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget