Websoft University

www.radiomakalu.com || 021-522512


प्रधानमन्त्रीको कार्यक्रममा रेशम चौधरी नचिनिने गरी आए: निजी सचिवालय

भारतमा प्रधानमन्त्रीले भेटे फरार अभियुक्त

 टीकापुर काण्डका अभियुक्त रेशम चौधरीसँग कुराकानी

भारत भ्रमणका बेला प्रधानमन्त्री पुष्पकमल दाहालको एक कार्यक्रममा कैलाली घटनाका अभियुक्त रेशम चौधरी सहभागी भएको विषयमा प्रधानमन्त्रीको निजी सचिवालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

भारतीय व्यवसायीले आयोजना गरेको सार्वजनिक कार्यक्रममा नचिनिने गरी उपस्थित भएर चौधरीले प्रधानमन्त्रीसँग हात मिलाएको सचिवालयले दाबी गरेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भ्रमण अवधिमा प्रधानमन्त्रीको चौधरीसँग भेटघाट गर्ने कुनै कार्यक्रम नरहेको बताएका छन् ।

उनले भने, –"सार्वजनिक कार्यक्रममा को–को आए, के मनसायले आए भन्ने थाहा नहुने भएकाले यस्तो विषयलाई लिएर टीकाटिप्पणी गर्नु उपयुक्त हुँदैन ।"

आचार्यका अनुसार प्रधानमन्त्री दाहालले हात मिलाए पनि चौधरीसँग कुनै कुरा गरेका थिएनन् ।

गत वर्ष टीकापुरको चिलम चौराहामा दुईबर्से बालक र आठ सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनामा मुछिएका ‘कर्तव्य ज्यान' मुद्दाका मुख्य अभियुक्त रेशम चौधरीलाई प्रधानमन्त्री दाहालले शुक्रबार साँझ ताजमहल होटेलमा भेटेको सम्बन्धी समाचार अन्नपूर्ण दैनिकमा तस्वीरसहित प्रकाशित भएको थियो ।
रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget