Websoft University

www.radiomakalu.com || 021-522512


चैतमा स्थानीय निकायको चुनाव गरिने तयारी



धनगढी, असोज ९ गते । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले स्थानीय निकायको पुनःसंरचना बारेमा राजनीतिक सहमति जुटाएर आगामी चैतसम्म ती निकायको निर्वाचन गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ ।

मन्त्रालयले आज यहाँ गरेको प्रदेश नं ७ स्तरीय वार्षिक प्रगति समीक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले भूकम्पपछिको पुनःनिर्माण, संविधान कार्यान्वयन, सुशासन, आर्थिक समृद्धि लगायत विषय सरकारका प्राथमिकताका विषय भएको स्पष्ट पार्नुभयो ।


दुईदिने गोष्ठीमा प्रदेश नं ७ अन्तर्गतका जिल्लाका स्थानीय विकास अधिकारी तथा उपमहागरपालिका र नगरपालिका कार्यालयका कार्यकारी अधिकृत सहभागी छन् । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget