केही अदृश्य चिज कतै अदृश्य दुनियाँमा पाइन्छ भनेर खोज्दै हिँड्ने तमाम भीडसँग उनलाई मिसिनु थिएन । त्यसैले साथीसङ्गी बेलायती र भारतीय फौजमा छाती नपाउन धाउँदै गर्दा उनले नेपाल प्रहरीको सिपाहीमा भर्ती हुने अठोट लिए ।
‘लाहुरेहरुको जिल्ला’ भनेर चिनिने म्याग्दीको पुलाचौरमा जन्मे– हुर्केका डा. मेखबहादुर खत्रीलाई परिवारले ‘इन्डियन लाहुरे’ बनाउन चाहेको थियो । एसएलसी पास गर्नासाथ परिवारको दबाबमा गोर्खापल्टनमा भर्ती हुन पुगेका मेखबहादुर त्यहाँबाट भागेर काठमाडौं पर्किए । ‘दाइ इन्डियन लाहुरे हुनुहुन्थ्यो, एसएलसी पास गर्नासाथ उँहाले गोर्खापल्टनमा भर्ती हुन जाऔं भन्नुभो’ खत्रीले कुराकानी सुरु गरे, ‘भित्रैबाट गोर्खापल्टनमा भर्ती हुने इच्छा थिएन, पछि त्यहाँबाट भागेँ ।’
१८ वर्ष पुगेपछि लाहुरे बन्नुपर्छ भन्ने सोचाइले थिचिएको समाजमा हुर्केका मेखबहादुरलाई बाबु दलबहादुर खत्रीले पछिसम्म भने, ‘बाबु लाहुरे बनेर एउटा एउटा लाइन समात्नुपर्छ ।’ तर प्रधानपञ्च भैसकेका आफ्ना पिताको आग्रहलाई मेखबहादुरले पटक–पटक अस्विकार गर्दै भने, ‘लाहुरे त बन्दै बन्दिनँ, बरु आफ्नै देशको सेवा गर्छु यहीँ रगत–पसिना बगाउँछु !’
भर्खर एसएलसी पास गरेको छोराले यसो भनेपछि दलबहादुरले सोधे, ‘बहुदलीय व्यवस्थाको पहिलो पुलिसमा भर्ना खुल्या छ, जाने होस् ?’
मेखबहादुरले तत्कालै उत्तर दिए, ‘जान्छु ।’
सङ्गठनले उनलाई सोधेको थियो, ‘हवल्दार हुने हो ?’ स्कुले जीवनमा नै मेधावी विद्यार्थिको छवी बनाएका मेखबहादुरले त्यतिबेला भनेका थिए, ‘मलाई हवल्दार हुनु छैन एकैपटक माथि नाम निकाल्छु, अरुलाई दिए हुन्छ ।’
मुलुकमा बहुदलीय व्यवस्था सुरु भएपछि पहिलोपटक जिल्लालाई छान्न दिएको जवान पदमा भर्ती हुन उनी बेनी बजार झरे । ‘सात जना जवान छान्दा सेलेक्ट भएँ’ फुरुङ्ग हुँदै मेखबहादुर विगतमा फर्किए ।
जवानको तालिम लिन बुटबल पुग्दा सँगै एसएलसी गरेका एकजना साथीसँग भेट भयो । तालिम गराउन खटिएका तत्कालीन डीएसपी हेमबहादुर गुरुङले सोधे, ‘म्याग्दीबाट अरु कोही छ ?’ मेखबहादुरले साथीलाई अगाडि बोलाएर देखाउँदै भने, ‘ऊ पनि हो ।’
हेमबहादुरले नाम टिपे । जिल्ला प्रहरी कार्यालयले सिफारीश बिना सिधै त्यहाँ पुगेका साथीलाई यसरी गुन लाएको केही दिन भइसकेको थियो । तालिमको दौरानमा उनले साथीलाई सोधेका थिए, ‘तेरो उद्देश्य के छ ?’
साथीले जवाफ फर्काए, ‘मेरो त जिन्दगीको एउटै लक्ष्य छ, पैसा कमाउने !’ मेखबहादुर उनको उद्देश्यसँग सहमत भएनन्, आफ्नो लक्ष्य सुनाउँदै भने, ‘म त पढ्ने हो ।’
लक्ष्य आआफ्नै थियो, ६ महिनाको तालिम सकेर दुवैजना आआफ्नो कार्यक्षेत्रमा खटिए । मेखबहादुरको पहिलो पोस्टिङ स्याङ्जा कारागारमा भयो । कारागारमा तोकिएको ड्युटी गर्दै क्याम्पस भर्ना भए । तीन वर्ष कारागार बस्दा उनको नाममा आईए क्लियर गरेको सर्टिफिकेट प्रिन्ट भइसकेको थियो ।
सरुवा हुँदा कारागार भित्रबाट फुलमाला लाएर बिदाई हुँदै गर्दा कलेज छेउमा चिया बेच्ने साहुजीले सोधे, ‘तपाईं जेलको के हो र ?’ उनले जवाफ फर्काए, ‘म प्रहरी हुँ नि !’ चिया पसले छक्क परे ।
‘तीन वर्षसम्म कलेजका साथीभाई कसैलाई यस्तो हुँ भनिनँ’ मेखबहादुर भन्छन्, ‘तीन वर्षपछि बिदा भएर हिँड्दा कलेजका साथिभाइले बल्ल थाहा पाए ।’
स्याङ्जाबाट पोखरा हुँदै त्रिभुवन विमास्थलमा ड्युटी गर्दै गर्दा उनले पोखराको पृथ्वीनारायण क्याम्पसबाट बी.ए पास गरे । पोखरामा सङ्गठनले उनलाई सोधेको थियो, ‘हवल्दार हुने हो ?’ स्कुले जीवनमा नै मेधावी विद्यार्थिको छवी बनाएका मेखबहादुरले त्यतिबेला भनेका थिए, ‘मलाई हवल्दार हुनु छैन एकैपटक माथि नाम निकाल्छु, अरुलाई दिए हुन्छ ।’
एयरपोर्टबाट उनी यूएन मिसनमा छानिए । कुरा ०५३ सालको हो, पहिलो मिसनमै मेखबहादुरको दाँतमा ढुङ्गा लाग्यो । क्रोएसिया पुगेपछि यूएनले लिएको परीक्षामा चिट चोराएको भन्दै उनलाई नेपाल फिर्ता पठाइयो । ‘मैले बीस मिनेटमा सकेर उत्तरपुस्तिका बुझाएँ’ त्यो दुःखद संयोग संझँदै उनले भने, ‘उनिहरुले टेपबाट भनेको टिपोट स्टिच गर्न भुलेँछु, सँगै रहेका ईन्सपेक्टर सा’व र जवान लेख्दै थिए मेरो उत्तरपुस्तिकामा रातो मसि लाईदिए ।’
‘चिट चोराउने कुनै इन्सटेन्सन नहुँदा पनि एक्सफेल भएपछि २५औं दिनमा उन िनेपाल पर्किए ।’ अघिल्तिर रहेको सञ्चारसेट नियाल्दै उनले भने, ‘त्यो २५ दिनमा हवल्दार भैसकेको रहेछु, भृकुटीमण्डपस्थित नगर प्रहरीमा दरबन्दी पर्यो ।’
नगर प्रहरीमा हवल्दार भएर एक वर्ष बिताउँदै गर्दा उनी दुईवटा उपलब्धि हाँसिल गर्न सफल भए । ‘असई र इन्सपेक्टरको फर्म भरेको थिएँ’ उनले भने, ‘असईको तालिम सकिएको पाँच दिनपछि इन्सपेक्टरको जाँच दिएँ नाम निस्कियो !’
अब मेखबहादुरको परिचय फेरियो । उनी सिपाही र हवल्दार भन्दा निकै माथि पुगिसेका थिए ।
माओवादी जनयुद्ध चरम थियो । २०५६ सालमा डीएसपी कैलाशकुमार क्षेत्रीलाई माओवादीले कालिकोटमा मारेका थिए । इन्सपेक्टरको फुली लगाएपछि मेखबहादुर त्यहीँ खटिए जहाँ डीएसपी क्षेत्री मारिएको थिए, । ‘कालिकोटको कोटवाडा !’
हात उठाएर कालिकोट
माओवादी जनयुद्ध चरम थियो । २०५६ सालमा डीएसपी कैलाशकुमार क्षेत्रीलाई माओवादीले कालिकोटमा मारेका थिए । इन्सपेक्टरको फुली लगाएपछि मेखबहादुर त्यहीँ खटिए जहाँ डीएसपी क्षेत्री मारिएको थिए, । ‘कालिकोटको कोटवाडा !’
‘त्यही ठाउँमा जान्छु भनेर हिँडेँ’ मेखबहादुर भन्छन्, ‘हात उठाएरै गएको थिएँ वर्ष दिन बसेँ ।’
युद्धग्रस्त क्षेत्रमा खटिनेहरुका लागि बारुद र गोली सबैभन्दा नजिकका साथी हुन्छन् । यस्तोमा मेखबहादुर पटक–पटक मृत्युको मुखमा पुगेर फर्किए । ‘जिन्दगीको एउटा लक नै भन्नुपर्छ कोटवाडामा प्राक्टिस गरिरहेका थियौँ, माओवादीले अट्याक गरे, दुई घण्टा गोली चल्यो’ खत्रीले भने, ‘हामी तयारी हालतमा भएकाले काउन्टर गर्यौं, कुनै क्षति भएन ।’
तयारी हालतमा लगाइएको ‘स्ट्यान्ड डु’ माथि टार्गेट गरेर दुई घण्टा गोली चल्दा मेखबहादुर कमान्डरको हैसियतमा ट्रेन्चमा थिए । उनी त्यहाँबाट सरुवा भएको दुई महिनामा त्यो ‘स्ट्यान्ड डु’ माओवादीले कब्जा गरे, १९ जना प्रहरीले ज्यान गुमाए ।
‘माओवादीले पहिले आक्रमण गरेपछि हाम्रा प्रहरीहरु आत्तिन्थे’ उनि भन्छन्, ‘अर्को दिन कोटवाडामा स्टाण्ड डु लाउने पक्षमा थियौं उताबाट गोली चलिहाल्यो, ‘भित्रबाट हाम्रो पुलिसहरुले आत्तिएर चलाएको गोली मेरो कानमा टच भएर गयो, एक सेकेन्ड मेरो टाउको सरेको भए सिद्धिएको थियो !’
वर्षदिन कालीकोटमा बम र बारुदसँग खेलेपछि सङ्गठनले उनलाई नेपालगञ्जस्थित गुल्ममा पठायो । उनले कसैलाई भनेनन्, ‘एक वर्ष कोटवाडा बसेँ, अब सुरक्षित ठाउँमा अवसर दिनुस ।’
‘कसैलाई भनसुन गरिन्ँ, नेपालगञ्जमा पाँच जिल्लाको अपरेशन हेर्नेगरी खटिएँ’ उनी सम्झिन्छन्, ‘जतिबेला पनि मेरा लागि हेलिकप्टर तयारी हालतमा हुन्थ्यो, जहाँ परे पनि अप्रेसनमा दौडनुपथ्र्यो ।’
दुई वर्ष नेपालगञ्ज बसेपछि उनी यूएन मिसनमा कोसोभो गएँ । ‘कोसोभोबाट फर्केपछि फेरि सुर्खेत पठाएँ’ उनी भन्छन्, ‘मलाई त्यही क्षेत्रमा फनफनी घुमाए, माथि कालिकोटका माओवादी सबै सुर्खेत झर्थे ।’
एसपी मानेनन्, डीआईजिले भने ‘तिम्रो रिस्कमा’
मास्टर्स सक्नुपर्छ भन्ने सोच उनको मनमा हुर्किरहेको थियो । २०६० सालमा सुर्खेत सरुवा भएपछि वीरेन्द्र बहुमुखी क्याम्पसम भर्ना भएका खत्रीले पढाइसँगै जनता र प्रहरी जोड्ने नयाँ सुत्र क्वाइन गरे ।
एक दिन बिहानै वीरेन्द्र बहुमुखी क्याम्पसमा परीक्षा सञ्चालनका लागि सुरक्षा दिन पठाएका दश प्रहरीमध्ये चार जना मारिए । ६ जना गम्भीर घाइते भए । प्रहरी ढलेको स्थान र जिल्ला प्रहरी कार्यालयबीच करिब पाँच सय मिटरको दूरी थियो ।
‘माओवादीहरु यत्ति नजिक आइसकेका थिए कतिबेला भित्र छिर्छन् भन्ने थाहै छैन । त्यसैले जनतासँग भिज्ने हिँड्न उद्देश्य लिएर अगाडि बढ्ने निधो गर्दै मैले तत्कालीन एसपी (वीरेन्द्रबावु श्रेष्ठ) लाई भनेँ, ‘सर, अब यो तरिकाले हुँदैन, क्षेत्रीय सदरमुकामको जिल्ला प्रहरी कार्यालय लोकेसन आउट ! म छुट्टै तरिकाले काम गर्छु, मलाई अनुमति चाहियो ।’ वीरेन्द्रबावुले अनुमति दिएनन् ।
कोसोभो मिसनमा खटिँदा समुदायिक प्रहरी कसरी सञ्चालन गर्नुपर्छ भन्नेबारे उनले धेरै कुरा बुझेका थिए । त्यसैलाई सुर्खेतमा लागू गर्न खोज्दा एसपीले भने, ‘बाहिर निस्कनु हुँदैन, ज्यानको खतरा हुन्छ । टोली पठाउँदा त क्याजल्टी भा’छ भने एक्लै कसरी सञ्चालन गर्छौ ?’
‘मैले उहाँलाई कन्भिन्स गर्नै सकिनँ । त्यसपछि डीआईजी केशव बराल साब’कोमा गएर भनेँ, ‘मैले यसरी कार्यक्रम सञ्चालन गर्न खोजेको अनुमति चाहियो ।’ मेखबहादुरको यस्तो प्रस्ताव सुनेपछि तत्कालीन डीआईजी केशव बरालले भने, ‘तिम्रो आफ्नै रिस्कमा कार्यक्रम सञ्चालन गर् ।’
त्यसपछि मेखबहादुर ड्रग्स र रक्सीको कुलतमा फसेका युवाहरुलाई काउन्सेलिङ गर्न थाले । सुर्खेत सदरमुकाम आसपासका युवाहरु कहीँ न कहीँ ड्रग्समा फसेका थिए, अलिकति सद्देहरु माओवादीमा लागेको अवस्था थियो । समाज परिवर्तनका लागि युवाहरुलाई उत्प्रेरित गराउँदै अन्तरक्रिया कार्यक्रम राखेर भाषण दिन थाले ।
‘नेताले भन्दा धेरै भाषण दिन्थेँ’ मेखबहादुर भन्छन्, ‘स्कुल–स्कुलमा गएर युवा विद्यार्थिहरुलाई ड्रग्सको ट्रेनर बनाएँ ।’
ठीक त्यही बेला अञ्चल प्रहरी कार्यालय पोखराका डीआईजीहरुको सरुवा भयो । नयाँ डीआईजी आउनासाथ मेखबहादुरलाई बोलाएर भने, ‘बगर क्षेत्रमा तिमीले पैसा उठाएर मलाई बुझाउनु पर्यो !’ डीआईजीको यस्तो प्रस्ताव उनले अस्विकार गरिदीए ।
यसरी प्रहरी जनताको मनमा बस्न थालेपछि माओवादीहरु इन्फर्मेसन लिक हुने डरले बाहिर बाहिर जाने उनको उद्देश्य सफल हुँदै थियो । सदरमुकमामबाट निकै टाढाको दुरीमा रहेका स्कुले विद्यार्थीहरुले समेत बालाउन थाले, ‘सर हाम्रो स्कुलमा पनि ड्रग्स विरुद्धको कार्यक्रम गर्न आउनुपर्यो ।’
‘तिम्रो स्कुल त बावु अलि टाढा छ, अलि अब्ठेरो पनि छ द्वन्द्वको समय भन्दा विद्यार्थीहरु भन्न थाले, ‘हामी गोली थाप्न सक्छौं, हामीलाई थाहा छ त्यहाँ को–को माओवादी छन् ।’ उनी भन्छन्, ‘अवस्था त्यहाँसम्म पुग्यो, प्रहरी र जनाताको सहयर्कामा त्यस्तो बल हुँदोरहेछ भन्ने मैले त्यहाँबाट थाहा पाएँ, किनभने त्यसपछि त्यहाँ आर्मी, प्रहरी, जनता कसैमाथि पनि अप्रिय घटना घटेन् ।’
साँढे दुई वर्ष समुदायका विकृतिविरुद्ध लडेका प्रहरी अफिसरलाई सुर्खेतबासीले भव्य बिदाइ गरेर पठाए । मास्टर्स डिग्रीको सर्टिफिकेट च्यापेर उनी पोखरा हानिए ।
डीआईजीको ‘पैसा उठाउने प्रस्ताव’ अस्वीकार गर्दा…
सुर्खेतबाट पोखरा जाँदा माओवादी युद्धले विश्राम लियो । शान्ति सम्झौता भइसकेको थियो । देशभरी जनआन्दोलनको उभार आयो । ‘राजाले टेकओभर गरेका थिए, गणले मलाई कास्किका अप्रेसन इन्चार्जको रुपमा खटायो’ मेख बहादुर भन्छन्, ‘त्यतिवेला दुई घण्टा मात्रै सुत्थेँ, रातभर योजना बनाएर दिनभर खटिन्थेँ, आफू नपुगेको ठाउँमा गोली चलिहाल्ने, हानाहान भैहाल्ने !’
जनआन्दोलन सफल भएपछि तत्कालीन कास्कीका एस्पी रविराज श्रेष्ठले खत्रीलाई भने, ‘तिमीले यहाँ धेरै दुःख गर्यौ, बगरमा गएर वडा चलाऊ ।’
ठीक त्यही बेला अञ्चल प्रहरी कार्यालय पोखराका डीआईजीहरुको सरुवा भयो । नयाँ डीआईजी आउनासाथ मेखबहादुरलाई बोलाएर भने, ‘बगर क्षेत्रमा तिमीले पैसा उठाएर मलाई बुझाउनु पर्यो !’
डीआईजीको यस्तो प्रस्ताव उनले अस्विकार गरिदीए । ‘मैले स्विकार गरिँन्, कसरी स्विकार गर्ने ? पढेको त्यहीँ, मावली त्यहीँ छ, घर त्यहीँ’ उनले भने, ‘दुई घण्टा कुरा गरेपछि तिमी नसक्ने भए अर्कालाई पठाउँछु भन्नुभो, म गणमा फर्र्किएँ ।’
गणमा खासै कामको प्रेसर थिएन् । पीएन क्याम्पसका प्रमुख दिलबहादुर क्षेत्रीसँगको सल्लाहमा मेखबहादुरले त्यहीँबाट पीएचडीका लागि त्रिभुवन विश्वविद्यालयमा अप्लाई गरे । ‘पीएचडीको तयारी थालेपछि चार घण्टा मात्रै सुत्न थालेँ’ उनी भन्छन्, ‘राति १२ बजेबाट चार–पाँच बजेसम्म सुत्थेँ, कहिले त्यति पनि सुत्दैनथेँ ।’
‘करिब १६ घण्टा जिल्ला बन्द गरेपछि मलाई सीडीओ सापले माफी माग भन्नुभो, मैले माफ माग्छु ?’ डीएस्पीको फुली देखाउँदै उनले भने, ‘फुली काटेर फाल्दिन्छु तर माफी माग्दिनँ, यिनीहरुले जे गर्दा पनि हुने अनि पुलिसले बल प्रयोग गर्न नहुने ?’
पैसा थाप्ने टोकरी ! एउटा पुलिसको अर्को वाईसीयलको !!
माओवादी शान्ति प्रक्रियामा आएपछि चर्चामा थियो वाईसीयल । मेखबहादुरको रुपन्देही सरुवा भयो । त्यहाँ पुगेको दोस्रो दिन जिल्ला प्रहरी कार्यालमा मिटिङ चलिरहेको बेला एउटा जवानले आएर रिपोर्ट गरे, ‘सर, अस्ति जस्तै एकजना मान्छे ल्याएर बुद्धचोकमा वाईसीयलले कुटेर फालेको छ ।’
‘मलाई अचम्म लाग्यो, वाईसीयलले आफ्ना विरोधीलाई क्याम्पमा लगेर कुटेर त्यहाँ ल्याएर फाल्ने गरेका रहेछन् । अनि त्यसरी फालिएकालाई प्रहरीले उठाएर हस्पिटल भर्ना गर्दिनुपर्ने रहेछ’ मेखबहादुरले रातो हुँदै भने, ‘एसपी सावलाई सोधेँ, अनि दशजना बलिया प्रहरी लिएर गएँ, बीसजना वाईसीयल थिए, सबैलाई घेरा हालेर चुटेँ ।’
यसरी वाईसीयलले खुट्टा भाँच्ने प्रहरीले उपचार गर्ने प्रहरी निरिहता भत्काउन खोज्दा माओवादीले उनकाविरुद्ध रुपन्देही बन्दको घोषणा गरे ।
‘करिब १६ घण्टा जिल्ला बन्द गरेपछि मलाई सीडीओ सापले माफी माग भन्नुभो, मैले माफ माग्छु ?’ डीएस्पीको फुली देखाउँदै उनले भने, ‘फुली काटेर फाल्दिन्छु तर माफी माग्दिनँ, यिनीहरुले जे गर्दा पनि हुने अनि पुलिसले बल प्रयोग गर्न नहुने ?’
माफी माग्नुको साटो आफूलाई जिल्लाबाट हटाउन प्रस्ताव गर्दै उनले भनिदिए, ‘पुलिसलाई दिएको लौरो र हतियार नमस्कार गर्नका लागि हैन, तपाईंहरु जेसुकै भन्नुस्, मैले यिनीहरुलाई छाड्दिनँ ।’
यसरी सीडीओ र एसपीसँग कड्किएपछि रुपेन्देहीको सुनौलीस्थित बेलहिया नाका चौकीमा सरुवा भयो ।
‘कुरा ०६४ सालको हो, बेलहिया नाकामा त डोको थाप्थे !’ रोचकता थप प्रस्ट्याउँदै खत्रीले भने, ‘टोकरीमा पैसा हाल्ने भारतबाट आएको सामान पास गरिदिने चलन थियो । नाकामा पुलिसलाई अलिकति दिनुपर्छ भन्ने कल्चर नै रहेछ !’
प्रहरीले थापेको टोकरीमा भारतबाट आउने लाहुरेहरुले आफ्नो खुसीले दश रुपियाँ देशी पाँच सयसम्म हाल्दिन्थे । बेलुकी गन्दा २५–३० हजारसम्म पुग्दो रहेछ । मैले भनेँ, ‘यो बन्द गरेँ ।’
‘त्यहाँको दुःखलाग्दो पक्ष के थियो भने सुरुमा हामी चेक गथ्र्यौ अलि ओर आएपछि सशस्त्रले चेक गथ्र्यो । अनि लास्टमा वाईसीयलले चेक गथ्र्यो’ मेखबहादुर सम्झन्छन्, ‘चौकी इन्चार्ज भएर त्यहाँ पुगेको तीन तीन दिनमा ‘तिमीहरु यहाँबाट उठ्ने भए उठ अन्यथा कारवाही गर्छु’ भनेपछि तेस्रो दिनमा वाईसीयललाई उठाएँ ।’
‘टोकरीमा थापेको पैसा जिल्लाको सीडीओदेखि एसपीसम्म अथवा त्योभन्दा माथि पनि पुग्थ्यो ?’ पङ्क्तिकारको प्रश्नको जवाफ फर्काउँदै उनले भने, ‘मैले त दिइँन तर मलाई लाग्छ त्यौ पैसा जिल्लाभन्दा माथि नै सम्म पुग्थ्यो, कहाँसम्म पुग्थ्यो त्यो मैले खोजिनँ ।’
वर्षौदेखि चलिआएको चलन एकैपटक रोक्न सम्भवै थिएन । ‘न्यूनीकरण गर्दै लगेको थिएँ’ खत्री भन्छन्, ‘मेरो सरुवापछि राजेन्द्रसिंह भण्डारी डीआईजी भएर जानुभो । उहाँले सीसीटीभी राख्दिनुभो । त्यसपछि सबै क्लियर भयो ।’
उनको पीएचडी धोको पूरा भइसकेको थिएन् । नेपाल प्रहरी एकेडेमीमा सरुवा मागेर फेरि रातदिन घोटिन थालेँ । ‘०५९ फागुनमा पीएचडी पूरा गरेँ’ प्रफुल्ल हुँदै खत्रीले भने, ‘पीएचडी सकेको आठ वर्षमा डीएसपी भएँ ।’
फस्ट म्यान भएर जिल्ला चलाउँदा…
जवानबाट करिअर सुरु गरेका मेखबहादुर डीएसपीको बर्दी झोलामा कोचेर हुम्ला उडे । जिल्ला प्रहरी कार्यालको प्रमुखको कार्यकक्ष बाहिर उनको नाम टाँसियो । प्रहरी नायव उपरीक्षक डा. मेखबहादुर खत्री ।
‘जवान भएर आदेश पालना गर्दा र डीएसपी भएर जिल्ला चलाउँदा फरक महसुस भयो’– उनी भन्छन्, ‘जवान हुँदा जिम्मेवारी लिने अर्को हुन्थ्यो तर डीएसपी भएपछि जिम्मेवारी र उत्तरदायित्व खोज्न थालेँ, मलाई बोझ थपिए जस्तो भयो ।’
‘दर्जा बढेपछि मनमा कुरा खेलिरहन्छ’ उनी भन्छन्, ‘सधैँ सोचिरहेको हुन्छु मेरो निर्णयले पीडितले थप पीडा भोग्न नपरोस्, पीडकले उन्मुक्ति नपाओस् । मानवीय त्रुटि सबैले गर्छन्, त्यसैले निर्णय लिनुअघि सहकर्मीहरुसँग सल्लाह लिन्छु ।’
हुम्ला बस्दा उनले एउटै सुत्र लागू गरे त्यो के भने, कुरा सबैको सुन्ने काम कानुनअनुसार अगाडि बढाउने ।
डीएसपी हुँदा मात्रै हैन पोलिटिकल साइन्समा पीएचडी पूरा गर्दा पनि उनले जिम्मेवारी थपिएको अनुभूत गरेका थिए । ‘पीएचडी गरेपछि त्यही अनुसारको चरित्र देखाउनुपर्छ’ उनी भन्छन्, ‘सबैकुरा पढेर मात्रै पनि हुँदैन, त्यसलाई व्यवहारमा देखाउनु मैले चुनौतीका रुपमा लिएको छु ।’
माओवादीले आमाबाबुलाई सताए, घर जलाए
फौजीमा जाागिर खाएका मेखबहादुरलाई गाउँ जाने फुर्सद कमै हुन्थ्यो । त्यसमाथि माओवादी युद्ध चलिरहेको बेला गाउँ जानु निकै चुनौतीपूर्ण मानिन्थ्यो । युद्धकालमा तत्कालीन विद्रोहीहरुले आफ्नो परिवारका सदस्यलाई धेरै दुःख दिएको तीतो यथार्थ उनले अझै भुलेका छैनन् । ‘म इन्सपेक्टर थिएँ, यूएन मिसनमा गएको बेला मेरो बुबाआमालाई धेरै दुःख दिएँ’ गहभरी आँशु पारेर मेखबहादुरले भने, ‘२०५९ कात्तिक २९ गते उनीहरुले मेरो घर जलाए । एउटा कपडा पनि निकाल्न नदिई, बुबाआमालाई बहिर निकालेर आगो लगाइएको मेरोे घर एक महिनासम्म जलेको थियो रे !’
‘बुटवलमा तालिम गर्न जाँदा ‘पैसा कमाउँछु’ भन्ने साथी कहाँ छन् ?’ यस्तो प्रश्न सुनेपछि मेखबहादुरको मुहारमा अचानक परिवर्तन आयो, ‘ओहो ! उसको कहानी रमाइलो छ’ उनले भने, ‘इन्सपेक्टर भएर घर जाँदा जिल्ला प्रहरी कार्यालयमा पुगेँ, गेटमा जवानको बर्दीमा साथीलाई बन्दुक लिएर उभिएको अवस्थामा भेटेँ ।’
‘साथी नै भए पनि पुलिसमा सिनियरलाई सलाम गर्नुपर्छ’ उनी भन्छन्, ‘उसले मलाई सलाम दियो, त्यसले गर्दा फ्रस्टेसन फिल भएछ क्यारे जागिर छाड्यो ।’
वर्षौंदेखि राखेको कोदोलगायतका अन्नपात र अन्य सामग्री माओवादीले जलाएपछि उनले परिवारलाई पोखरामा सिफ्ट गरे । ‘त्यतिबेला पोखरामा घर थिएन । मिसनबाट फर्केर भर्खर जग्गा किनेको थिएँ’ उनले भने, ‘डेरा खोजेर राखेको थिएँ, गाउँमा हाइफाइमा बसेका बुबामा फ्रस्टेसन बढेको थियो ।’
पछि पोखरामा घर बनाए पनि प्रधानपञ्च भइसकेका दलबहादुर खत्रीको मुहारमा छाएको उदासीको रेखा मेटिएन, उनको त्यही प्राण गयो ।
‘मलाई व्यवस्थाप्रति र माओवादीप्रति कुनै गुनासो छैन’ मेखबहादुर भन्छन्, ‘तर उनीहको व्यवहार सम्झँदा कहिलेकाहीँ पछुतो लाग्छ । अहिले उनीहरु सत्तामा छन्, जनताका बीचमा पहिले के बोलेका थिए अहिले के दिए ?’
माओवादी द्वन्द्वमा पाँच वर्षभन्दा लामो समय द्वन्द्वग्रस्त क्षेत्रमा विताएका खत्रीले कसैलाई भनेनन्, ‘मलाई सुगम क्षेत्रमा सरुवा गरिदेऊ ।’ त्यसैले त अहिले उनी निर्धक्क भन्छन्, ‘पुनर्जीवन धेरैपटक पाएको छु, त्यसकारण जीवनप्रति खास मोह छैन ।’
‘साथी’ले सलाम दियो तर जागिर छाड्यो !
‘बुटवलमा तालिम गर्न जाँदा ‘पैसा कमाउँछु’ भन्ने साथी कहाँ छन् ?’ यस्तो प्रश्न सुनेपछि मेखबहादुरको मुहारमा अचानक परिवर्तन आयो, ‘ओहो ! उसको कहानी रमाइलो छ’ उनले भने, ‘इन्सपेक्टर भएर घर जाँदा जिल्ला प्रहरी कार्यालयमा पुगेँ, गेटमा जवानको बर्दीमा साथीलाई बन्दुक लिएर उभिएको अवस्थामा भेटेँ ।’
‘साथी नै भए पनि पुलिसमा सिनियरलाई सलाम गर्नुपर्छ’ उनी भन्छन्, ‘उसले मलाई सलाम दियो, त्यसले गर्दा फ्रस्टेसन फिल भएछ क्यारे जागिर छाड्यो ।’
सिपाहीको जागिर छाडेर विकसित मुलुकमा पाँच वर्षभन्दा बढी समय बसेर फर्किएका उनको साथीले अहिले गोंगबुमा घर बनाएका छन् । महानगरीय प्रहरी वृत्त कीर्तिपुरको प्रमुख भएपछि गत महिना मेखबहादुर तिनै साथीलाई भेट्न गोंगबु पुगेका थिए ।
‘तैंले त जागिर छाडिस क्यारे भनेँ, छाडेँ अब के गर्नु तँ माथि पुगिस् भन्यो’ उनले सुनाए, ‘बीचमा भेट भएको थिएन । कहाँ–कहाँ गइस पैसा कति कमाइस भन्ने कुरा भयो ।’
कुराकानीकै क्रममा मेखबहादुरले साथीलाई भने, ‘काठमाडौंमा मेरो घर छैन, पोखराको घरले यहाँ काम गर्ने रहेनछ, यहाँ त सुकुम्बासी भइयो ।’ मेखको कुरा सुनेर साथीले जवाफ फर्काए, ‘एउटा फ्ल्याट दिन्छु ।’
‘तेरो फ्ल्याटमा बस्दिनँ’ भन्दै मेखबहादुर कीर्तिपुर फर्किए ।
एउटा डीएसपीले चाहेमा…
डा. मेखबहादुर खत्री महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा गएको ८ महिना पुग्दैछ । कीर्तिपुरमा प्रहरी र समुदायको सम्बन्ध मजबुद बनाउन लागिपरेका खत्रीले सामुदायिक प्रहरी सेवा केन्द्रमार्फत विभिन्न उपसमिति गठन गरेर काम थालेका छन् ।
‘कीर्तिपुरको मुख्य बजार क्षेत्र व्यवस्थापनमा उल्लेख्य सुधार आएको छ’ उनले भने, ‘ठेला र साइकल हटाएका छौँ, एकतर्फी पार्किङ व्यवस्थापन लागिपरेका छौं ।’
जताततै ‘नो पार्किङ’ लेखेको मात्रै देखिने यो सहरमा कीर्तिपुर मात्रै अपवाद बनेको छ, जहाँ ‘पार्किङ’ लेखिएका ठाउँहरु देख्न पाइन्छ ।
प्रहरीको पहलमा हरेक शनिबार बजार सफाइ अभियान सुरु भएको छ । ‘कीर्तिपुर रिङरोडमा सीसीटीभी हाल्दै छौं, नगरपालिकाको फन्डिङमा टेन्डर हुँदैछ’ उनले भने, ‘ वेभसाइट बनाउनेदेखि सोसल मिडियामा कसरी जाने, डाटा सङ्कलन कसरी गर्ने साइरनहरु कहाँ कहाँ जोड्ने भनेर आईटी सामुदायिक प्रहरीको सेवा केन्द्रको आईटी समितिले गृहकार्य गरिराखेको छ ।’
त्रिभुवन विश्वविद्यालय हाताभित्र देखिएको ड्रग्स सेवनको समस्या अहिले घटेको छ । लोकल रक्सी उत्पादन विकृतिका रुपमा रहेको कीर्तिपुर क्षेत्रमा प्रहरीले लोकल रक्सी नियन्त्रण अभियान सञ्चालन गरेका छ । नगरपालिकाले बनाइदिएको समुदायको भवनमा बिनादर्ता सञ्चालनमा ल्याइएको ‘लाहाना’ नामको होटल बन्द गर्न उनले चेतावनी दिइसकेका छन् ।
‘यहाँ कसैलाई काखा र कसैलाई पाखा गरिएको छैन, आर्थिक प्रलोभनको हकमा जिरो टोलरेन्समा काम गरेका छौं’ उनले भने, ‘कार्यक्रम सञ्चालन गर्दा चिया खानेबाहेक कोही कसैसँग एक पैसा पनि लिएका छैनौं ।’
त्यस्तै कीर्तिपुर क्षेत्रमा गुण्डागर्दी गर्दै आएका श्याम अधिकारीसहित सबै प्रहरी खोरमा परिसकेका छन् । ‘नामुद गुण्डा सब लकोपम परिसके, अहिले कीर्तिपुर शान्त छ’ डा. मेखबहादुरले शालिन शैलीमा कुराकानी टुङ्ग्याए ।
(फोटो : बिजु महर्जन)
Post a Comment