Websoft University

www.radiomakalu.com || 021-522512


रोल्पामा ७ स्थानीय तहको प्रस्ताव





स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति रोल्पाले एक नगरपालिका र ६ गाउँपालिका हुने गरी प्रतिवेदन आयोगमा पठाएको छ। प्राविधिक समितिका संयोजक तथा स्थानीय विकास अधिकारी सुशील वैद्यले पत्रकार भेटघाट गरी पुर्नसंरचनाको खाका सार्वजनिक गरेका हुन्।

समितिका अनुसार १० गाविस जोडेर लिबाङ नगरपालिका प्रस्ताव गरिएको छ। नगरपालिकामा समेटिएका गाविसहरुमा भाबाङ, जंकोट, कोटगाउँ, ह्वामा, धबाङ, गजुल, खुमेल, लिबाङ, जेदबाङ र कोर्चाबाङका ३, ४, ५, ९ वडा रहेका छन्।

जिल्लाका पूर्वी ८ गाविसलाई जोडेर लुङ्ग्री गाउँपालिका प्रस्ताव गरिएको छ । घोडागाउँ, खुंग्री, मिझिङ, पाङ, सिर्प, अरेश, तेवाङ र बडाचौर समेटेर सुलिचौर केन्द्र रहने गरी प्रस्ताव गरिएको छ ।

त्यसै गरी पूर्वी रोल्पा कै ९ गाविस जोडेर सुनछहरी गाउँपालिका पोबाङ केन्द्र रहने गरि प्रस्ताव गरिएको छ । जेल्बाङ, गाम, स्यूरी, सेरम, हार्जङ, उवा, गुम्चाल, जैमकसला र फगाम रहेका छन् ।

जलजला नामको उत्तरी केन्द्र ७ गाविसलाई जोडेर प्रस्ताव गरिएको छ । कुरेलीको खरिबोट वा राङ्कोटको पुत्लाखोला केन्द्र प्रस्ताव गरि थबाङ, मिरुल, राङ्कोट, पाछाबाङ, इरिबाङ, राङ्सी र कुरेली जोडिएको छ ।

थबाङलाई सम्बोधन गरि थबाङमै केन्द्र बनाउने प्रस्ताव थबाङ बाहेक अन्य सबै गाविस उसको विरोधमा आए पछि केन्द्र परिवर्तन गरिएको थियो ।

पश्चिमी ७ गाविसलाई जोडेर घर्तिगाउँ वा जिनाबाङको सुखाओडार केन्द्र रहने गरी राँक, पाखापानी, तालाबाङ, जिनाबाङ, ओत, घर्तिगाउँ र कोर्चाबाङका १, २, ६, ७ र ८ वडा समेटेको छ ।

नुवागाउँको त्रिवेणी वा गैरिगाउँको तिलामा केन्द्र रहने गरी त्रिवेणी गाउँपालिका प्रस्ताव गरिएको छ । जुगार, बुढागाउँ, गैरिगाउँ, नुवागाउँ, करेटी जोडेर प्रस्ताव गरिएको छ ।

त्यसै गरी झेनाम, सखी, जौलिपोखरी, डुब्रिङ, दुविडाँडा जोडेर रुन्टी गढि गाउँपालिका प्रस्ताव गरिएको छ । होलेरी केन्द्र रहने गरी प्रस्ताव गरिएको यो गाउँपालिका दक्षिणी रोल्पामा पर्दछ ।

यो प्रस्तावमा राप्रपा नेपाल रोल्पा बाहेक जिल्ला क्रियासिल सबै राजनीतिक दलको समर्थन समेत रहेको छ । केहि समय अगाडि ५ वटा गाउँपालिका बनाउने भनि जिल्ला स्तरमा राजनैतिक सहमति भएपछि जनस्तरबाट चर्को विरोध भएको थियो । भने नेकपा माओवादी केन्द्रका अध्यक्षले बैठक पुस्तिका पनि च्यातेका थिए ।- सेतोपाटीबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget