Websoft University

www.radiomakalu.com || 021-522512


हाम्रा नेता ढोका थुनेर ग्रहशान्ति गर्छन्ः एमाले अध्यक्ष ओली

 Image result for kp oli



काठमाडौं , आसोज १ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका नेता-कार्यकर्ता गैरकम्युनिष्ट भएको टिप्पणी गरेका छन् ।

पार्टीको केन्द्रीय स्कुल विभागले शनिबार ललितपुरमा गरेको कार्यक्रमा एमाले अध्यक्ष ओलीले एमालेका धेरै सदस्य तथा नेताहरुलाई कम्युनिष्ट नभएो ताए । अलिकति भन्न नहुने कुराहरु छन्, सुटुक्क भन्छु भन्दै उनले भने, म कम्युनिष्ट पार्टीको अध्यक्ष । म जुन पार्टीको अध्यक्ष छु, त्यस पार्टीका अधिकांश सदस्य कम्युनिष्ट होइनन ।’

उनले अघि भने, धेरै नेता पनि कम्युनिष्ट होइनन । भन्न हुने कुरा होइन भो, अफ दि रेकर्ड तपाईहरुलाई भनेको ।’

एमालेका अधिकांश नेताहरुमा कम्युनिष्टको आचरण र विचार नरहेको उनले बताए । उनले भने, ‘ढोका थुनेर माथिल्लो तलामा ग्रह शान्ति गराउँछन् नेताहरु । बाहिर बाहिर भौतिकवादी, भित्रभित्र आर्दशवादी ।’

एमाले अध्यक्ष ओलीले स्कुल विभागबाट प्रशिक्षण लिएका कार्यकर्तालाई पार्टीका नेताहरुको जस्तो दोहोरो व्यवहार प्रदर्शन नगर्न आग्रह गरे ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget