Websoft University

www.radiomakalu.com || 021-522512


भारतसँगका नयाँ नाका खोल्नुपर्ने माग



काठमाडौँ, भदौ २३ गते । व्यवस्थापिका–संसद्को आजको बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर सांसद सञ्जयकुमार गौतमले नेपाल–भारत वाणिज्य सन्धिअन्तर्गत पाँचवटा नयाँ नाका सञ्चालन गर्ने सहमति भएकामा सहमतिअनुसार नाका सञ्चालन नभएकामा सदन र सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणका बेला गुलरिया र मूर्तियालगायत नाका सञ्चालनका निम्ति विशेष प्रयास हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सांसद केशवप्रसाद बडालले काठमाडौँ–हेटौँडा द्रुतमार्ग नेपालले नै बनाउनुपर्नेमा जोड दिँदै जुनसुकै मुलुकका निर्माता कम्पनीलाई निर्माणको जिम्मा दिए पनि लक्ष्यअनुरुप उक्त मार्गबाट आम्दानी नहुने र राज्यकोषमा हानि हुने भएकाले सरकार सचेत हुनुपर्ने सुझाव दिनुभयो ।

अर्का सांसद सुरेन्द्रप्रसाद जैसवालले हुलाकी राजमार्ग र द्रुत मार्गमा राजनीति गर्न नहुने र ती आयोजना शीघ्रातिशीघ्र सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सांसद भक्तबहादुर विश्वकर्माले नेपाली व्याकरण र वर्णविन्यासका बारेमा उत्पन्न विवाद अन्त्य गर्नुपर्ने माग गर्नुभयो ।

सांसद महेन्द्रराय यादवले प्रधानमन्त्रीको भारत भ्रमणअगावै संविधान संशोधनको प्रस्ताव सदनमा दर्ता हुनुपर्ने बताउनुभयो ।

त्यसैगरी सांसद नरसिंह चौधरीले हुलाकी राजमार्गको प्रसङ्ग बारम्बार उठ्ने गरेको तर त्यो कार्यान्वयन नहुँदा तराई क्षेत्रको विकास हुन नसकेको बताउँदै प्रधानमन्त्रीले भारत भ्रमणका बेला त्यसलाई उच्च प्राथमिकताका साथ उठाउनुपर्ने सुझाव दिनुभयो ।

सांसद डिल्लीप्रसाद काफ्लेले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा कुनै पनि सन्धिसम्झौता हुन नहुनेमा जोड दिनुभयो ।

सांसद डिम्पलकुमारी झाले रौतहटमा आपराधिक गतिविधि बढेकामा चिन्ता व्यक्त गर्नुभयो ।

सांसद चूडामणि विक ‘जङ्गली’ले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे पनि नेपाल आयल निगमले मूल्य समायोजन नगरेकामा आपत्ति जनाउँदै जनताप्रति उत्तरदायी सरकारले जनतालाई आहत पार्ने काम गर्न नहुने बताउनुभयो ।

सांसद कर्णबहादुर थापाले मुलुकको राष्ट्रिय हितमा प्रतिकूल प्रभाव पर्ने कुनै किसिमका सन्धि सम्झौता भारतसँग गर्न हुँदैन भन्नुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget