Websoft University

www.radiomakalu.com || 021-522512


उत्तर कोरियाद्वारा सफलतापूर्वक रकेट इन्जिनको परिक्षण



प्योङयाङ – उत्तर कोरियाले सफलतापूर्वक नयाँ रकेट इन्जिनको परिक्षण गरेको त्यहाँको राष्ट्रिय मिडियाले दाबी गरेको छ ।

नेता किम जोङ उनले वैज्ञानिक र इन्जिनियरहरुलाई भूउपग्रह प्रक्षेपणको तयारी शुरु गर्न निर्देशन दिएको केसिएनएले जनाएको छ ।


सोहाय स्याटेलाइट लञ्च साइटमा उक्त परिक्षण गरेको बताइएको छ । सोही स्थानमा गत फेब्रुअरीमा पनि रकेट प्रक्षेपण गरिएको थियो ।

पछिल्लो परिक्षणपछि देशले अब विभिन्न प्रकारको भूउपग्रहहरु अन्तरिक्षमा पठाउन सफल हुने रिपोर्टमा भनिएको छ ।

उत्तर कोरियाले आफ्ना रकेट प्रक्षेपण वैज्ञानिक उद्देश्यका लागि बताउँदै आए पनि अमेरिकाले भने यो प्रयोग अन्तरमहाद्वीप बलास्टिक मिसाइल बनाउन गरिएको दाबी गर्दै आएको छ ।

पछिल्लो समय उत्तर कोरियाले मिसाइल परिक्षणलाई तिव्रता दिएको छ । केही दिनअघि गरिएको परमाणु परिक्षण अहिलेसम्मकै शक्तिशाली भएको बताइएको छ ।

उता, पाँचौं परमाणु परिक्षणपछि चीन र अमेरिका उत्तरबारे सहकार्य गर्न सहमत भएका छन् । उत्तरमाथि थप प्रतिबन्ध गर्न चिनियाँ र अमेरिकी अधिकारीहरुले छलफल शुरु गरिसकेको रोयटर्सले उल्लेख गरेको थियो ।

बेइजिङले भने उत्तरमाथि थप प्रतिबन्ध लगाउने विषयमा आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget