Websoft University

www.radiomakalu.com || 021-522512


आगामी कात्तिकमा माओवादी केन्द्रको राष्ट्रिय भेला



काठमाडौँ, असोज १० गते । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सचिवालयको बैठकले कात्तिक १० गते पार्टीको राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बैठकले सङ्गठनात्मक विषयमा निर्णय लिन राष्ट्रिय भेला बोलाउने निर्णय गरेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सचिवालयको बैठकमा पार्टी सङ्गठनबारे गम्भीर छलफल भयो । पार्टीको आन्तरिक सङ्गठनलाई व्यवस्थित गर्न कात्तिक १० र ११ गते राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णय गरेको छ ।”

प्रवक्ता भुसालका अनुसार राष्ट्रिय भेलामा सङ्गठनको आकारलाई व्यवस्थित र चुस्त बनाउने, स्थानीय तहको निर्वाचन लक्षित सङ्गठनात्मक संरचना तयार गर्ने र स्थानीय निर्वाचनमा पार्टीको विजयलाई सफल तुल्याउने कार्यविधि, सङ्गठन र जिम्मेवारीबारे छलफल हुनेछ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget