Websoft University

www.radiomakalu.com || 021-522512


‘विराट कोहली सबैभन्दा कन्जुस क्रिकेटर’


भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली विश्वकै धनी क्रिकेट खेलाडीको पंक्तिमा पर्छन्। तर, भारतका बिस्फोटक ब्याट्सम्यान युवराज सिंह यो मान्न तयार छैनन्। उनका अनुसार बिराट भारतीय टिमका सबैभन्दा कन्जुस खेलाडी हुन्।

उनले भर्खरे यो कुराको खुलासा गरेका छन्, जब उनी एउटा रेडियो कार्यक्रममा प्रस्तुत भएका थिए। उनले रेडियोमा साक्षात्कार हुँदै भने–‘जब हामी क्रिकेट खेल्न बाहिर जान्थ्यो। विराट मसँग पैसा माग्थ्यो।’ उनले भारतीय टिमका तीब्र बलर आशिष नेहराको पनि पोल खोल्ने क्रममा भने–‘आशिष पनि निकै कन्चुस छ। जब ऊ बिहे गरिरहेको थियो, मलाई भन्थ्यो, आफ्नो श्रीमति र बच्चाका लागि पैसा खर्च गर्न उसलाई मन छैन्।’

उनले भारतीय टिममा यस्ता थुप्रै कन्चुस सिनियर खेलाडी भएको तर उनीहरूको नाम आफूले सार्वजनिक नगर्ने बताए। उनले भारतका पूर्व तीब्रबलर जवागल श्रीनाथलाई सबैभन्दा दयालु क्रिकेटर बताए। उनले भने– ‘श्रीनाथ बेलाबेलामा हामीलाई खाना ख्वाउन घर बोलाइरहन्थे। मैले १५ वर्षपछि ट्विटरमा ‘धन्यवाद श्रीनाथजी’ लेखेर उनको फोटो पनि अपलोड गरेको थिए।’

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget