Websoft University

www.radiomakalu.com || 021-522512


संविधान दिवसमा विशेष समारोह गरिने

rastriya-jhanda1

काठमाडौँ, भदौ २९ गते । व्यवस्थापिका संसद् सचिवालयले नेपालको संविधान घोषणा भएको प्रथम वार्षिक दिवसको उपलक्ष्यमा आगामी असोज २ गते भव्य स्वागत समारोह आयोजना गर्ने भएको छ ।
नयाँ बानेश्वरस्थित व्यवस्थापिका संसद् भवन परिसरमा अपराह्न ४ बजे आयोजना हुने उक्त स्वागत समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनुहुनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख राजनीतिक दलका शीर्ष नेता, मन्त्रिगण, पूर्वप्रधानमन्त्री, व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख, सांसद, संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलाई समारोहमा उपस्थितिका लागि संसद् सचिवालयले निमन्त्रणापत्र पठाइसकेको छ ।
समारोहलाई सभामुख ओनसरी घर्तीले सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको बुझिएको छ । उक्त समारोहमा झण्डै दुई हजार व्यक्तिको जमघट हुने बताइएको छ ।
यसैबीच संविधानसभाबाट नेपालको संविधान जारी भएको ऐतिहासिक उपलक्ष्यमा सरकारले असोज ३ गतेलाई राष्ट्रिय दिवसका रूपमा मनाउने घोषणा गरिसकेको छ । यस वर्षको संविधान दिवसलाई हर्षाेल्लासका साथ मनाउन सरकारले प्रधानमन्त्री दाहालको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ ।
संविधान दिवसको मुख्य समारोह आगामी असोज ३ गते बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना गरिनेछ । समारोहलाई भव्यताका साथ सम्पन्न गर्न विभिन्न तीनवटा उपसमिति गठन गरिएको छ । दोस्रो संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएसँगै संविधानसभाबाट संविधान प्राप्त गर्ने नेपाली जनताको दशकौँदेखिको चाहना २०७२ साल असोज ३ गते पूरा भएको थियो ।
सोही उपलक्ष्यमा सरकारले आगामी असोज २ देखि ४ गतेसम्म तीन दिन मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाउने निर्णय गरेको हो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget