शरणार्थी समस्या समाधानका लागि अझै केही काम गर्न बाँकी रहेको र सरकार निरन्तर यस समस्यालाई पूर्ण व्यवस्थित गर्ने कुरामा लागि परेको बताउनुभयो ।
गत वर्ष को यही समयमा मेलै शरणार्थी समस्या बारे संसद्मा बोल्दै गर्दाको अवस्थाको तुलनामा अहिले यसमा कैयौँ गुणा राम्रो भएको छ, उहाँले विधायकलाई सम्बोधन गर्ने क्रममा बताउनुभयो ।
पश्चिमी पोमेरानियाको मेकलेनवर्गमा लज्जाजनक पराजय व्यहोरेको उहाँको दल क्रिश्चियन डेमेक्रेटिक युनियनले राष्ट्रियताका बारेमा गर्भिलो अडान नराख्दा देश वर्वादीतर्फ गएको भन्ने राष्ट्रवादी शक्तिले मर्केलको दललाई तेस्रो स्थानमा पु¥याएका छन् ।
मर्केलले शरणार्थीलाई जर्मनी प्रवेशमा नियन्त्रण गर्ने भन्दा युद्ध तथा गरिवीबाट प्रताडित आप्रवासीलाई ठाउँ दिनुपर्ने भनी शरणार्थीका पक्षमा देखिनुभएको थियो ।
विपक्षी दलले भने शरणार्थी जर्मनीको समस्या भएर निस्किने भन्दै शरणार्थी भित्रने नाकामा कडाई गर्नुपर्ने अडान राख्दै आएका छन् । रासस÷एपी
Post a Comment