Websoft University

www.radiomakalu.com || 021-522512


‘सङ्ग्रहालय विज्ञान तथा बौद्ध सङ्ग्रह’ विषयको अध्ययन सुरु



काठमाडौँ, भदौ २१ गते । लुम्बिनी बौद्ध विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा ‘सङ्ग्रहालय विज्ञान तथा बौद्ध सङ्ग्रह’ विषयको अध्ययन÷ अध्यापन सुरु गर्न लागेको छ ।

दुई वर्ष समयावधिमा अध्ययन पूरा हुने सो विषयमा एक हजार पूर्णाङ्कको पाठ्यक्रम विकास गरिएको छ । त्यसैगरी सोही विश्वविद्यालयले ‘पुरातत्व तथा बौद्ध पुरातात्विक क्षेत्र’मा ‘पोस्ट ग्राजुएसन डिप्लोमा’ समेत सञ्चालन गर्ने उपकुलपति डा नरेशमान वज्राचार्यले जानकारी दिनुभयो । एक वर्ष समयावधिमा अध्ययन पूरा हुने सो विषयमा पाँच सय पूर्णाङ्कको पाठ्यक्रम विकास गरिएको छ ।

विसं २०६० मा स्थापित विश्वविद्यालयले विसं २०७० मा मात्र बौद्ध दर्शन तथा साहित्यमा स्नातकोत्तर तहको कक्षा सञ्चालन गरेको थियो । विश्वविद्यालयले अध्ययन तथा अध्यापन सुरु गर्नुपूर्व नै काठमाडौँ उपत्यकाका पाँच बौद्ध सङ्घसंस्थालाई सम्बन्धन दिई कक्षा सञ्चालन गराएको थियो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget