Websoft University

www.radiomakalu.com || 021-522512


पाकिस्तानको अदालतमा आत्मघाती विस्फोट, कम्तिमा ११ को मृत्यु, ३० घाइते


_91003271_6b502829-1fb3-4c70-a20e-27e29dd1aa74

मरदान – उत्तरी पाकिस्तानमा रहेको मरदान सहरमा रहेको अदालतमा भएको आत्मघाती विस्फोटमा परी कम्तिमा ११ जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा घाइते भएका छन् । प्रहरी अधिकारीहरुका अनुसार आक्रमणकारीले अदालतमा पहिलो ग्रिनेड प्रहार गरेको र पछि आफै छिरेर आत्मघाती विस्फोट गराएको हो । मारिनेमा प्रहरी अधिकारी, वकिल र सर्वसाधारण रहेको बिबिसीले जनाएको छ । शुक्रबार बिहानमात्र चारजना आतंकवादीले पेशावरको इसाई धर्मावलम्बी बस्ने स्थानमा आक्रमण गरेका थिए । जसमा प्रहरीले चारै जनालाई मार्न सफल भएको थियो । दुवै घटना खाइबर पखतुनख्वा प्रान्तमा भएको हो । कुनै पनि समूहले अदालतमा भएको आक्रमणको जिम्मेवारी लिएको छैन । उता, पेशावरमा भएको हमलाको भने तालिवानी समूह जमात उल अहरले लिएको थियो ।
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget