Websoft University

www.radiomakalu.com || 021-522512


लाखौं ठगेका दलालले पीडितकै विरुद्ध उजुरी गरे



काठमाडौं, असोज ५ गते । लाखौं रुपैयाँ असुलेर दुबई पुर्‍याएका पीडितका विरुद्ध दलाल आफैं उजुरी गरेका छन् । वैदेशिक रोजगारीका लागि दुवई पठाउने भन्दै दुई लाख ९० हजार रुपैयाँका दरले उठाएर भिजिट भिसामा पठाएर अलपत्र पारेका ६ जना पीडित कामदार, वकिल र प्रहरीका विरुद्ध काठमाडौं जिल्ला अदालतमा दलालले उजुरी गरेका छन् ।

उनले आफूलाई प्रहरी, वकिल र पीडितले जबरजस्ति कागजात गराएको दाबी गरेका छन् । दुवईमा अलपत्र परेर फर्किएका काठमाडौं कपनका रविप्रसाद सुवेदी, रामेछापका माधव प्रसाद पाठक, काभ्रेका दामोदर पाण्डे, पाण्डप त्रिपाठी, रामप्रसाद मैनाली र पैसा तिरेर पनि जान नपाएका ओखलढुँगाका सिमान्त उदास सुनुवार विरुद्ध अदालतमा उजुरी परेको छ ।

भोजपुरको पात्लेपानी ५ का प्रीतिमान राईले पीडित विरुद्ध उजुरी गरेका हुन् । उनले विदेश पठाउने भन्दै कागज गरेर पैसा लिएका थिए ।
परिवार साक्षी राखेर यसरी भयो ठगी

चिनजानकै भएको र सिफलको सेक्युरिटि कम्पनीमा काम गर्ने भएकाले प्रीतिमानलाई विश्वास गरेर पासपोर्ट दिएका थिए । गएको असार १४ गते प्रीतिमानले परिवारलाई साक्षि राखेर २ लाख ९० हजार रुपैयाँका दरले पैसा र पासपोर्ट बुझेका थिए ।

उनले काम गर्ने सुक्युरिटि कम्पनीको छाप लगाएर पैसा बुझाएको कागजात पनि गरिदिए । कागजातमा सबै पीडितका परिवार साक्षी बसेका छन् । सेक्युरिटि गार्डको काम र मासिक २२ सय रियाल तलव भनिएको थियो । तर यतिबेलासम्म उनीहरुले म्यानपावर कम्पनी कुन हो भनेर सोधेका पनि थिएनन् । र उनीहरुले प्रीतिमान भन्दा अरुलाई चिनेका पनि थिएनन् ।

कागजात साधा कागजमै गरिएको थियो । उनीहरुलाई थाहा थिएन नेपाली कागजातमा गराउनु पर्छ र वकिल चाहिन्छ भन्ने । असार ३१ गते दामोदर, रवि र माधवको दुवई उडान हुने भयो । साँझ ८ बजे विमानस्थल पुगे । प्रीतिमान र अर्का एक जना विमानस्थल पुगेका थिए ।

लाइन बसिसकेपछि मात्रै उनीहरुलाई प्रीतिमानसँग आएका अर्का व्यक्तिले कागजात दिए । प्रीतिमानले भने ‘अहिले तपाईंहरु यहि कागजात लिएर जानुस् । उहाँ पुग्ना साथ यो मान्छे लिन आउँछ’ उसको मोवाइल नम्बर पनि दिए । त्यसपछि तिनै जनालाई भिजिट भिसा थमाएर ठगेको संकेत गरेका थिए ।

विमानस्थलमा चेक जाँच भयो र तीनैजना असार ३१ गते राती १०ः५५ बजे आशंका बोकेर दुवई उडे । विहान ३ बजे तिर दुवई पुगे । प्रीतिमानले भनेको मान्छे लिन आएका थिएनन् । फोन गरे । उसले झर्किंदै जवाफ दियो, ‘म आउँदिन, भ्याउँदिन तपाईंहरु नै बरदुवई आउनुस् ।’

दामोदर यसअघि पनि दुवई बसेका थिए । उनले बस्ने होटल खोजे । एक जना भारतीय नागरिक पनि दुवईको विमानस्थलमा विचल्ली परेका रहेछन् । उनलाई पच्छ्याउँदै एक पाकिस्तानीको होटलमा पुगे । त्यो होटल आपतमा परेकाहरुलाई बस्न दिने तर चर्को शुल्क लिदो रहेछ ।

१२ दिनपछि पाण्डव उनीहरु जस्तै गरि त्यहीं पुगे । पहिल्यै गएकाले उनीहरु पाण्डवको सहारा त बने तर उनीहरुको सहारा भने त्यहाँ कोहि पनि थिएनन् । ठगीमा परेर पुग्ने र अलपत्र पर्नेको संख्या थपिंदै थियो । १५ औं दिनमा रामप्रसाद उही पारामा पुगे । गएको महिना दिन हुन लाग्दा समेत उनीहरु बेबारिसे नै थिए । गन्तव्य नभएपछि सबैले परिवारबाट पैसा मगाए र टिकट काटेर साउन ३० गते नेपाल फर्किए ।

नेपाल फर्किनासाथ वौद्ध प्रहरीमा पुगे । सबै कुरा सुनाए । प्रहरीले प्रीतिमानलाई बोलायो र दुई पक्ष राखेर छलफल ग¥यो । छलफल पछि प्रीतिमानले ६ जनालाई ब्याज सहित सबै पैसा एक महिना भित्रमा फिर्ता गर्ने कागज गरेका थिए ।

तर भदौ ३० गतेसम्म पनि पैसा फिर्ता नगरेपछि गएको शुक्रबार एसियन फोरममा सहयोग माग्दै पीडित पुगेका थिए ।

एसियन फोरमले निशुल्क कानूनि सहयोग गर्ने संस्था पिपुल फोरममा पठायो र पीडितले प्रीतिमानका विरुद्ध विभागमा उजुरी गरे । वैदेशिक रोजगारीमा जाने सहि सुचना दिने र अप्ठेरोमा परेकालाई एसियन फोरमले सहयोग गर्ने सामि परियोजनाका कार्यक्रम संयोजक देवचन्द्र राईले बताउनुभयो ।

विभागले पक्राउका लागि पत्र काटेपछि प्रहरीलाई पत्र पुर्‍याउन गएका उनीहरुले मंगलबार मात्रै थाहा पाए आफू विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा परेको ।
दलालले आफ्नो गल्ती ढाकछोप गर्न पहिल्यै मुद्दा हालेको एक वकिलले बताए । उनले भने ‘यसले पीडितलाई न्याय दिन केहि फरक पर्दैन । उनीहरुसँग प्रमाण भएकाले न्याय पाउँछन् ।’-
- उजिर कार्की , उज्यालोबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget