Websoft University

www.radiomakalu.com || 021-522512


‘खुर्सानी र अदुवा खानेलाई क्यान्सरको जोखिम कम’



धेरै व्यक्तिहरुले ठान्दछन् कि खानेकुरालाई स्वादिलो बनाउनका लागि खुर्सानीको प्रयोग गरिन्छ । तर, यसको सेवनले हुने फाइदाबारे थाहा भयो भने कहिल्यै खुर्सानी नखाने तपाईंले सायद आजैदेखि खुर्सानी खान सुरु गर्नुहुन्छ ।

खुर्सानीको प्रयोगले खानालाई स्वादिलोमात्र बनाउँदैन क्यान्सर रोगको जोखिम समेत कम गर्ने एक अध्ययनबाट पत्ता लागेको छ ।

हालै फेला परेको नयाँ प्रमाणले खुर्सानी र अदुवाको सेवनले क्यान्सर रोगको जोखिम कम मात्र गर्दैन, यसले क्यान्सर रोगको रोकथाम समेत गर्छ भन्ने देखाएको छ ।

हालै नर्थअमेरिकन केमिकल सोसाइटीका अनुसन्धानकर्ताहरुले मुसाहरुमा गरेको अनुसन्धानबाट अदुवा र खुर्सानीको सेवनले क्यान्सरको रोगको जोखिम कम गर्ने तथ्य पत्ता लागेको हो ।

अनुसन्धानकर्ताका अनुसार अदुवामा ‘६-जिन्जोरेल’ नामक बासनादार तत्व समावेश हुन्छ, जसले क्यापसाइकइनमा हुने सम्भावित हानिकारक प्रभावसित लड्ने काम गर्छ । क्यापसाइकइनसितको संयोजनमा ६ जिन्जेरोलले क्यान्सरको जोखिम कम गर्ने अनुसन्धानकर्ताको भनाइ छ ।

एसियाली मुलकमा अदुवा तथा खुर्सानीलाई विशेष मसलाका रुपमा लिइन्छ, र विभिन्न परिकारमा प्रयोग गरिन्छ । यसले स्वास्थ्यमा पार्ने प्रभावबारे बेला-बेलामा अध्ययन तथा अनुसन्धान समेत हुने गरेको छ ।

हुन त केही अनुसन्धानहरुले खुर्सानीको सेवनले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने देखाएका छन्, भने बाँकी अन्य अध्ययनहरुले दिएको सुझाव अनुसार क्यापसाइकइनयुक्त आहारले पेटको क्यान्सर हुन सक्दछ । तथापी अदुवाले भने स्वास्थ्यवर्द्धक मसलाको रुपमा आफूलाई प्रस्तुत गर्दै आएको छ ।

अस्वाभाविक रुपमा क्यापसाइकइन र ६ जिन्जोरल, जो ट्युमर वृद्धि गर्नसित सम्बन्धित छन्, दुवै कोषिकामा बाँधको रुपमा काम गर्न थाल्छन् ।

यसका लागि अनुसन्धानकर्ताहरुले फोक्सोको क्यान्सर भएका मुसाहरुलाई केही हप्तासम्म क्यापसाइकइन वा ६ जिन्जोरेल वा दुवै खुवाएका थिए ।

अध्ययनका क्रममा सबै मुसाहरु जसलाई क्यापसाइकइन खुवाइएको थियो, उनीहरुमा फोक्सोको कार्सिनोमस विकसित भएको पाइएको थियो । जबकी ६ जिन्जोरेलको सेवन गर्ने आधा मुसाहरुमा यसले काम गरेको थियो ।

आश्चर्यजनक रुपमा जम्मा २० प्रतिशत मुसा जसलाई दुबै खुवाइएको थियो, उनीहरुमा क्यान्सर विकास भएको पाइयो ।

-यो अध्ययन जर्नल अफ एगि्रकल्चर एण्ड फुड केमेस्ट्रीमा प्रकाशित छ ।)

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget