Websoft University

www.radiomakalu.com || 021-522512


सरकार एकलौटी ढङ्गले अघि बढ्न खोज्योः मोर्चा

Image result for सरकार एकलौटी ढङ्गले अघि बढ्न खोज्योः मोर्चा

काठमाडौँ, असोज ११ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधनको हवाला दिएर सरकार एकलौटी ढङ्गले अघि बढ्न खोजेको भन्दै गम्भीर आपत्ति जनाएको छ ।

बिजुली बजारस्थित तराई–मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको मोर्चाको बैठकले संविधान संशोधनबारे सरकारले आफूसँग छफफल नै नगरी एकलौटी ढङ्गले अघि बढेको जनाएको छ ।

संविधान संशोधनलगायत आफ्ना मागबारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी निर्णायक छलफल गर्ने मोर्चाको एक घटक राष्ट्रिय समाजवादी पार्टी महासचिव केशव झाले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले सहमतिअनुसार आन्दोलनमा लगाइएको मुद्दा फिर्ताको कामप्रति प्रगति नभएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । स्थानीय निकायको पुनःसंरचनासम्बन्धी आइतबार तीन दलबीच भएको निर्णयप्रति विमति जनाउँदै मोर्चाले स्थानीय निकायको पुनःसंरचना स्थानीय प्रदेशका आधारमा हुनुपर्ने माग गरेको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget