Websoft University

www.radiomakalu.com || 021-522512


सुदूरपश्चिममै पहिलो पटक अमरगढमा सौर्य सडकबत्ती

Solar

डडेल्धुरा,असोज ९ गते । सुदूरपश्चिममै पहिलो पटक डडेल्धुराको अमरगढी नगरपालिकामा सौर्य सडक बत्ती जडान गरिएको छ। नेपाल सरकार, अमरगढी नगरपालिका र स्थानीयवासीको जनश्रमदानबाट नगरपालिकाको पोखरा, कीर्तिपुर, तुफानडाँडा, स्याउलेमा सौर्य सडक बत्ती राखिएको छ ।


गत आवमा अमरगढी क्षेत्रमा ७२ सौर्य सडक बत्ती जडान गर्न अमरगढी–५, ७, ८ र १, ४, ५ बजार क्षेत्रका लागि छुट्टाछुट्टै उपभोक्ता समिति, आपूर्ति कर्ता र नगरपालिकाबीच सम्झौतापत्रमा दुई पक्षबीच सम्झौता गरिएको थियो ।

सौर्य सडक बत्तीको शुभारम्भ गर्दै सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले वर्तमान सरकारको प्राथमिकता तीन तहको निर्वाचन गर्नुरहेको बताए ।

उनले सौर्य सडक बत्तीको आज यहाँ शुभारम्भ गर्दै पहिलो चरणमा स्थानीय तहको निर्वाचनका लागि सरकार गृहकार्यमा लागेको जानकारी गराए ।

मन्त्री पाण्डेले संविधान कार्यान्वयनदेखि भूकम्पपीडितलाई राहत दिनु पनि वर्तमान सरकारको पहिलो काम रहेको उल्लेख गरे ।-रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget