Websoft University

www.radiomakalu.com || 021-522512


यस्ता छन् पटकपटक गर्भपतनका खतरा



आजभोली पटकपटक अर्वोसन (गर्भपतन) गराउने घटना बढिरहेका छन् । गर्भपतनलाई परिवार नियोजनका साधनको विकल्पको रुपमा लिइएका कारण गर्भपतन गराउनेको संख्या बढ्दै गएको पाइन्छ । यस्तो प्रवृत्तिले महिलाको बाँझोपनलगायतका गम्भीर स्वास्थ्य समस्याको जोखिमसमेत बढाउँदै लगेको बिशेषज्ञहरु बताउँछन् ।

अध्ययनले पटकपटक अवोर्सन गराउनेमध्ये १६ देखि २४ उमेर समूहका १८ दशमलव ६ प्रतिशत र ३५ देखि ४८ वर्ष उमेर समूहका करिब ५० प्रतिशत रहेको देखाएको छ । तीमध्ये एउटा मात्रै बच्चा भएका महिलाको दर १३ दशमलव ७ प्र्रतिशत र दुई वा दुई भन्दा बढी बच्चा भएका महिलाको दर ४२ दशमलव ६ प्रतिशत छ ।

अनुसन्धानले एकभन्दा बढी पटक गर्भपतन गराउन आउनुका चार कारणमा स्वास्थ्यका कारणले परिवार नियोजनको साधन प्रयोग नगर्नु, अस्थायी साधनको प्रयोग छुट्नु, स्थायी साधान मन नपराउनु र महिनावारीको तालिका अनुसारको चक्रमा भर पर्नु रहेको देखाएको छ ।

एकभन्दा बढी पटक गर्भपतन गराउनेमा सहरीया शिक्षित वर्ग नै अगाडि छ । महिलामा साधनबारे जानकारी नहुँदा, समयमा गर्भनिरोधक औषधि नखाँदा, साधनको नकारात्मक असरको डर र परम्परागत विधि अपानाउँदा अनिच्छित गर्भ रहनेको सख्या बढ्दै गएको हो । गर्भपतन गरेपनि यसको खतराबारे जानकारी कमैलाई छ ।


यस्ता छन् खतरा

पाठेघर प्वाल पर्ने
पाठेघरको संक्रमण
अत्याधिक रक्तश्राव
पाठेघर टाँसिने
पाठेघर कुहिने
पाठेघर खुम्चने
निसन्तान
पाठेघर फुट्ने
कतिपय अवस्थामा ज्यानै जान सक्ने
स्वास्थ्य खबरपत्रिका

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget