Websoft University

www.radiomakalu.com || 021-522512


भूकम्प पीडितलाई पाँचलाख दिने सरकारको तयारी : प्रधानमन्त्री

काठमाडौं,  भदौ २० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असोज २ गतेसम्म भूकम्प प्रभावित ११ जिल्लाका पीडितलाई पाँचलाख दिनेगरी तयारी भएको बताएका छन् । पाँचलाख रुपैयाँ भयो भने भूकम्प प्रतिरोधी घर बनाउन सकिने सपना देखेकोले उक्त रकम दिनेगरी सरकारले तयारी गरेको प्रचण्डले बताए ।
‘केहीदिन भित्र १ लाख थप्ने निर्णय हुन्छ र बाँकी २ लाख सहुलियत ऋण दिएर पाँच लाख पुग्छ अनि बाँकी सामाग्री र सहुलियत ऋणद्वारा पाँच लाख भयो भने भूकम्प प्रतिरोधी घर बनाउने सपना हामीले देखेको हो त्यो संभव हुन्छ ।’ उनले भने ।
भूकम्पको १८ महिनासम्म पनि पीडितलाई राहत दिन नसकिने लाजमर्दो अवस्था आएको भन्दै उनले त्यो काम आफूले पूरा गरीछाड्ने प्रतिवद्धता जनाए । तर त्यसका लागि व्यक्तिालाई दोष दिनुभन्दा पनि काम गर्ने तरीका, ऐन कानुन र देशको बाध्यता रहेको उनको भनाई छ ।
‘१८ महिना वितीसक्यो पुनर्निमाणको कामले जति गति लिनुपथ्र्यो त्यति गति लिन सकेको छैन’ उनले भने ‘त्यसका लागि मैले व्यक्तिलाई दोष दिने भन्दा पनि हाम्रो गर्ने तरीका, ऐन कानुन आदी कारणले गर्दा गर्दा समस्या भएको हो ।’
संविधान निर्माण र पुनर्निमाण सरकारको पहिलो प्राथमिकता रहेकोले यसलाई राजनीतिक सहमतिका आधारमा कार्यान्वयन गरीछाड्ने उनको भनाई छ । यो विषय ईतिहासका चुनौतिपूर्ण विषय भएकोले यो विषय सरकार एक्लैले भन्दा पनि एकताको आधारमा जनभावना अनुसार काम गर्ने बताए । ‘सरकार एक्लैले मात्र गरेर हुँदैन’ उनले भने ‘हाम्रो एकताले जनताको भावना अनुसार हामीले कार्यान्वयन गर्छौँ ।’
आफ्नै ढुकुटीमा नभएको कारण समस्या
उनले यसका लागि दाताहरुसंग पनि निरन्तर छलफल भैरहेको बताए । पीडितलाई दिईने राहतका लागि आफ्नै ढुकुटीमा पैसा नभई अन्तराष्ट्रिय समुदायबाट आउने भएकोले तुरुन्त एकमुष्ठ प्रदान गर्नका लागि समस्या रहेको बताए । ‘डोनरले नदिई आफ्नै ढुकुटीबाट पैसा निकालने र खर्च गर्ने अवस्थामा छैनौँ’ उनले भने ‘डोनरले दिनेपछि उनीहरुले का केही शर्त मान्नेपर्ने बाध्यताले गर्दा जसरी चाहन्छौँ, त्यसरी गर्न सकेका छैनौँ ।’
बाँकीलाई पनि तत्काल दिने तयारी
प्रचण्डले छुटेका र अन्य जिल्लाका पीडितलाई दिने गरी तयारी गरेको जानकारी दिए । छुट भएकाहरुको पुनः फेरी पहिचान गर्नुपर्ने र सुकुम्बासीको सन्दर्भभा के हुन्छ भनेर साँसदहरुले कुरा उठाएकोले यस विषयमा तयारी भईरहकोले उनले बताए । ‘छुट भएकाको पुन पहिचान, सुकुम्बासी र बाँकी ३१ जिल्लाका पीडितलाई पनि दिने कुरामा सरकार गम्भिर ढंगले लागेको छ’ उनले भने ‘अन्तराष्ट्रिय समुदायका दातासंग पनि छलफल भैरहेको छ, अव तुरन्त त्यो काम पनि शुरु हुन्छ ।’
असोज २ सम्म पहिलो किस्ता नपुगे हेलिकोप्टरबाट
असोज २ गतेसम्म पहिलो किस्ताको रकम पु¥याउन नसके हेलिकोप्टरबाट भएपनि पु¥याईने उनले प्रतिवद्धता जनाएका छन् । आफूले पदभार सम्हालेको दिन पहिलो क्याविनेटबाट ४५ दिनभित्र पीडितलाई राहत दिनका लागि तिब्रताका साथ काम अगाडी बढाईएको र त्यो समयमा दिन नसक्ने अवस्थामा आएमा अन्तिममा हेलिकोप्टरबाट लगेर भएपनि पु¥याईने प्रतिवद्धता जनाए ।
‘अघिल्लो अवधिसम्म जम्मा हजारले ४० हजार मुस्किलले पुगेकोमा एक महिनामै २ लाख ७५ हजारले पाईसक्नु यो उत्साह प्रद कुरा हो , ४५ दिनभित्र सबैलाई दिन्छौँ’ सोमबार संसदको विकास समितिको बैठकमा उनले भने ‘केही सिप लागेन भने हेलिकोप्टरमा सेना लगेर, प्रहरी लगेर भएपनि पु¥याउनुपर्छ भनेर छलफल भएको छ ।’
हरेक दिन मूख्यसचिवसंग यही कुरा हुन्छ
उनले आफूले सिँहदरबार आउनेवित्तीकै हरेक दिन आज कतिलाई राहत दिईयो भन्ने विषयमा पहिलो कुरा हुने बताए । ‘म हरेक दिन सिँहरदबार आउँछु र आउनेवित्तीकै मूख्यसचिव ज्यूसंग आजसम्म कतिले पाए भन्ने विषयमै कुरा हुन्छ’ उनले भने ‘उहाँले पनि यतिले पाए आजसम्म भनेर पहिल्यै जानकारी दिनुुहुन्छ, पहिलो किस्ता समयमै कसरी दिने भन्ने विषयमा हाम्रो छलफल हुन्छ।’
भारत जाँदा हुलाकी सडक प्राथकिमकता
प्रचण्डले हुलाकी सडकको विषयमा आफू भारत जाँदा प्राथमिकताका साथ कुरा हुने बताए । यसको विषयमा गाँठो फुकिसकेको भन्दै उनले भ्रमणका बेला त्यो विषयमा कुरो टुंगीने बताए । प्रचण्डले पैसा खर्च गर्न पनि नसकिने र बर्सेनी विकास बजेट फ्रिज हुने अवस्थाको अन्त्य गर्नका लागि तिब्रताका साथ विकासका काम गर्नेगरी सरकारले योजना बनाएको बताए । - ratopati

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget