Websoft University

www.radiomakalu.com || 021-522512


नेपालमा इञ्जिनियरिङ संगठनः सीमा र सम्भावना

बेलायतमा सन् १७७१ मा जोन स्मिएटनको नेतृत्वमा गठित सोसाइटी अफ सिभिल इन्जिनियरलाई पहिलो संगठित इन्जिनियर समूहको रुपमा लिइन्छ । उनीहरु आफूलाई मिलिटरी इन्जिनियरभन्दा भिन्न सिभिल इन्जिनियरको रुपमा प्रस्तुत गर्थे । संस्थापकको निधन पश्चात् उक्त संस्था आजपर्यन्त स्मिएटन समाजको रुपमा निरन्तर क्रियाशील छ ।

DIWAKAR-and-PRATIK-POKHREL-

ई.दिवाकर पोखरेल र ई.प्रतिक पोखरेल पहाडीइञ्जिनियरिङ शिक्षाको सुरुवात नेपालमा विश्व समुदायभन्दा धेरै ढिलो सुरु भयो । इन्जिनियरहरुको संगठित गतिविधिको सुरुवात पनि यहाँ ढिलै हुन गयो । सन् १९६२ मा ई. जयनबहादुर प्रधानको नेतृत्वमा गठित नेपाल इञ्जिनियर्स एशोसिएसनको प्रथम कार्यकारिणी परिषद् नै इन्जिनियरहरुको पहिलो संगठित स्वरुप मानिन्छ ।

आजसम्म आइपुग्दा विभिन्न राजनीतिक दल र विचार समूह निकट आधा दर्जनको संख्यामा राष्ट्रिय स्तरका संगठनहरु तथा विधागत-विषयगत रुपमा एक दर्जन हाराहारीमा संगठन छन् । हाल इन्जिनियरहरुको साझा संस्थाको रुपमा नेपाल इञ्जिनियर्स एशोसिएसन -ने.इ.ए.) आˆनो ३१आंै कार्यकारिणीको निर्वाचनको तयारीमा छ ।

कुनै पनि संगठनमा व्यावसायिक र प्रशासनिक दक्षता भएका तथा नीति निर्माणमा कुशल भूमिका निर्वाह गर्न सक्ने व्यक्तिहरुको छनोट आवश्यक हुन्छ । तर, ने.इ.ए.मा दलीय श्रेणी र पदीय व्यवस्थापन शैलीमा गरिने प्रवर्गीकरणले सक्षम व्यक्तिलाई नेतृत्वदायी भूमिकामा पुग्न असहजता सिर्जना गरेको छ ।

नेतृत्व छनोट प्रणालीमा रहेको कमजोरी तथा ने.इ.ए माथि आम दक्ष इन्जिनियरहरुको विश्वासमा कमी देखिन्छ । यसको कारण एउटा निश्चित उमेर समूहको संख्यात्मक बाहुल्यले गर्ने राजनीतिबाट अभिप्रेरित निर्णय र छनोटको कारण पनि असल नेतृत्व निर्माणमा समस्या उत्पन्न हुने गरेको छ ।

इञ्जिनियरिङ ज्ञान र सीप क्षेत्रीय नभएर भूमण्डलीकृत हुने गर्छ । ने.ई.ए. दक्षिण तथा मध्य एसियाका इन्जिनियर संस्थाको तथा विश्व इन्जिनियर संगठन महासंघको सदस्य रहेकाले यहाँका इन्जिनियरहरुले विश्वव्यापी मान्यता पाउँछन् । तर, देशभित्र समेत कमजोर कानूनी व्यवस्थाको दुरुपयोग गर्दै खडा भएका सिण्डिकेटका कारण उनीहरुले स्वतन्त्रतापूर्वक आफ्नो ज्ञान र सीपको प्रयोग गर्न वञ्चित हुनुपर्ने अवस्था छ । उदाहरण स्वरुप ने.इ.प. बाट मान्यताप्राप्त सिभिल इन्जिनियरले नगरपालिकाहरुमा पुनः मान्यता नलिई काम गर्न नपाउने विडम्बना छ ।

अधिकार क्षेत्रको कोणबाट हेर्दा समेत ने.इ.ए. धेरै पछाडि देखिन्छ । योजना तर्जुमाका साथै पूर्वाधार, विकासका प्रस्ताव र राष्ट्रिय नीतिहरु निर्माण गर्दा इन्जिनियरहरुको अत्यावश्यक भूमिकामा समेत ने.इ.ए. अनुपस्थित देखिन्छ । जसका कारण पेशागत संगठन र विज्ञहरुमाथिको आम विश्वासमा संकट पैदा भएको छ । भूकम्प तथा बाढी-पहिरोको समयमा समेत विकल्प प्रस्तुत गर्न नसक्दा पेशागत क्षमतामाथि समेत पटकपटक प्रश्न उठ्ने गरेको छ । आफैंले निर्माण गरेको विद्युतीय मतदान प्रणालीलाई समेत स्वीकार्न नसक्नुले यसको चिन्तन प्रणालीमाथि प्रश्नचिह्न उठ्छ ।

आजको आधुनिक र भूमण्डलीकृत सूचनाको युगमा कयौं सम्भावना हुँदाहुँदै पनि योजनाबद्ध इन्जिनियरिङ विकास र दिशानिर्देशको अभावमा मुलुक पछाडि परिरहने अनि इन्जिनियरहरु विदेशमा फरक पेशामा संलग्न हुनुपर्ने बाध्यता छ

नेपालमा इन्जिनियरका मुद्दा

इन्जिनिरिङ क्षेत्रको विकास/प्रवर्द्धन गर्न, नेपाली इन्जिनियरहरुको हक र अधिकारको पक्षमा वकालत गर्ने घोषित लक्ष्यसाथ अघि बढेको ने.इ.ए सम्पूर्ण इन्जिनियरहरुको छाता संस्थाको रुपमा सर्वस्वीकार्य नै छ । साझा फोरमको रुपमा रहने तथा आधिकारिक संस्थाको रुपमा रहने बाहेक यसका उल्लेखनीय गतिविधि शून्यप्रायः नै छन् ।

देशको आजको अर्थराजनीतिक अवस्थामा प्राथमिक आवश्यकता विकास-निर्माण नै हो । जसको मेरुदण्डको रुपमा इन्जिनियरिङ तथा विकास गुणात्मक वृद्धि रोजगारी, प्रवर्द्धन, न्यूनतम तलब, अन्तर्राष्ट्रिय मान्यता लगायत आजको इन्जिनियरिङ क्षेत्रका पेशागत मुद्दाहरु हुन् । जसमा प्रभावकारी काम हुन नसक्दा ३४ हजार ने.इ.प. दर्ता प्राप्त इन्जिनियरहरुमध्ये १९ हजार मात्र ने.इ.ए को सदस्य बन्नु र करिब ६ हजारको हाराहारी मात्र निर्वाचनमा सहभागी बन्ने परिस्थिति सिर्जना हुन पुगेको छ । फलस्वरुप ने.इ.ए प्रति आम इन्जिनियरहरुको विकर्षण बढी देखिन्छ । जसका कारण ने.ई.ए.को विश्वसनीयता र अधिकारिकता कमजोर बन्दै गएको छ ।

ने.इ.ए.को संगठनात्मक संरचनाको क्षेत्रमा प्रयोग भएको मोडल शक्ति वितरणको पिरामिड मोडल हो । तर, शक्ति वितरणको पिरामिड मोडलको साटो प्राज्ञिक, व्यावसायिक र प्रशासनिक दक्षताको आधारमा नेतृत्वदायी भूमिका प्राप्त गर्न सक्ने आधारहरु तय गरिनुपर्छ । अध्यक्ष पदको उम्मेदवारी दिनकै निम्ति निश्चित कार्य तथा अनुभवहरु सँगालेको र सम्बन्धित वर्गीकरणकै इन्जिनियरको मतलाई उच्च अंकभार दिने गर्नाले पनि विज्ञ तथा सक्षम व्यक्तिहरुको चासो बढ्ने र अझ योग्य व्यक्ति छनोट हुने सम्भावना बढ्छ ।

त्यस्तै, युवाहरुबीच प्रस्पिर्धा गराउँदा उमेर समूहको प्रतिनिधित्वको सवाल समेत समेटिन पुगछ । निर्णयहरुमा सहभागिता जनाउने तथा भूकम्प, बाढी-पहिरो, जलवायु परिवर्तन जस्ता विविध संकटहरुको सन्दर्भमा आज जनतासामु विकल्पहरु प्रस्तुत गर्दा यसको विश्वसनीयता अझ बढ्न जान्छ । जसले ने.इ.ए. को आम स्वीकार्यतामा वृद्धि गराउँछ ।

विविध कमी-कमजोरीहरुका बीच ने.इ.ए. नेपालको पुरानो इतिहास बोकेको र साझा संस्थाको रुपमा निरन्तरता पाएको प्रमुख संस्था हो भन्नेमा दुई मत छैन । विश्वभरका राम्रा प्रयोग र अनुभवहरुबाट सुधार गर्दै जानु नै आजको आवश्यकता हो ।

समग्रमा हेर्दा, विश्वको विकास समयरेखामा हामीभन्दा धेरै पछाडी रहेका मुलुकहरुले आज हामीभन्दा धेरै फड्को मारिसकेका छन् । इन्जिनियरिङको औपचारिक सुरुवात हुनुभन्दा अगाडि नै हाम्रा कालिगढहरुले विश्व सम्पदा सूचीमा सूचीकृत संरचनाहरु निर्माण गरेका थिए । अरनिको जस्ता विख्यात कालिगढहरु हाम्रै समाजका उत्पादन थिए । तर, आजको आधुनिक र भूमण्डलीकृत सूचनाको युगमा कयौं सम्भावना हुँदाहुँदै पनि योजनाबद्ध इन्जिनियरिङ विकास र दिशानिर्देशको अभावमा मुलुक पछाडि परिरहने अनि इन्जिनियरहरु विदेशमा फरक पेशामा संलग्न हुनुपर्ने बाध्यता छ । हाम्रा मौलिक सीप र अनुभवहरुको खोजी, संरक्षण र प्रचारप्रसार तथा आधुनिक ज्ञान र सीपको अनुसन्धान तथा विकास मार्फत राष्ट्रका चुनौतीहरु सामना गर्न सक्ने इन्जिनियरहरुको निर्माण गर्ने दिशामा नेतृत्वदायी भूमिका वहन गर्न ने.इ.ए आजको अनिवार्य आवश्यकता हो ।

(लेखकद्वय नेपाल ईञ्जिनियर्स एशोसिएसनको ३१औं कार्यकारिणी परिषद्को निर्वाचनमा सदस्य पदका उम्मेदवार समेत छन् ।)
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget