Websoft University

www.radiomakalu.com || 021-522512


ओबामाद्वारा नेपालमा ‘विशेष कार्यक्रम’ आयोजना गर्ने घोषणा

obama

काठमाडौं,भदौ २३ गते । संसारको सबैभन्दा शक्तिशाली राष्ट्रका राष्ट्रपति बराक ओबामाले आफ्नो एक् विशेष कार्यक्रम नेपाल र लाओसमा बिस्तार गर्ने घोषणा गरेका छन् ।

अमेरिकी राष्ट्रपति बराक ओबामाले लाओसमा आयोजित दक्षिण एशियाली राष्ट्रिय संघको शिखर सम्मेलनमा गत मंगलबार उक्त घोषणा गरेका हुन् ।

‘ म र मेरी श्रीमती मिसेलको निकै नजिक रहेको विशेष कार्यक्रम ‘लेट गर्ल्स लर्न’ लाओस र नेपालमा आउँदैछ,’ ह्वाइट हाउसले जारी गरेको राष्ट्रपति ओबामाको भाषणमा उल्लेख गरिएको छ । ‘किशोरी र महिलालाई किशोर र पुरुषसरह सफलता हाँसिल गर्ने अवसर नदिएसम्म संसारको कुनै पनि देश वास्तविक रुपमा सफल हुन सक्दैन,’ उक्त रिलिजले बताएको छ ।

अमेरिकी प्रथम महिला मिशेल ओबामाले पनि सो बारे पुष्टि गरेकी छिन् । उनले बुधबार ट्वीटरमार्फत सो कुराको जनकारी दिएकी छिन् । उनको ट्वीट यस प्रकार छ, ‘ठूलो समाचार! आज अमेरिकाका राष्ट्रपतिले ‘लेट गर्ल्स लर्न’ कार्यक्रम लाओस र नेपालमा बिस्तार गरिने घोषणा गरे ।’- रातोपाटीबाट

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget