Websoft University

www.radiomakalu.com || 021-522512


महाअभियोग सिफारिस समिति बनाउने सभामुखको प्रस्ताव



काठमाडौं, असोज १० गते । सभामुख ओनसरी घर्ती मगरले प्रमुख दलहरुसमक्ष महाअभियोग सिफारिस समिति तत्काल गठन गर्ने प्रस्ताव राखेकी छन् ।

सोमबार प्रमुख दलहरुको बैठक बोलाएर उनले महाअभियोग सिफारिससहित तीन समिति गठनको प्रस्ताव राखेकी हुन् ।

संविधानको धारा १०१ मा महाअभियोगसम्वन्धी व्यवस्था छ । कुनै व्यक्तिविरुद्ध महाअभियोगको प्रस्ताव पेश गर्ने आधार र कारण भए नभएको छानविन गरी सिफारिस गर्न महाअभियोग सिफारिस समिति बनाउने उपधारा ३ मा उल्लेख छ ।

यस्तो समिति ११ सदस्यीय हुनेछ । सभामुखले संसदमा दलहरुको उपस्थितिका आधारमा प्रतिनिधित्व हुने गरी समिति गठनको प्रस्ताव राखेकी छन् ।

सभामुखले संविधान कार्यान्वयन तथा निर्देशन समिति र आचरण अनुगमन समिति गठनको प्रस्ताव राखेकी छन् ।

यसबारे संसद सचिवालयले गृहकार्य गर्ने र १३ गतेको बैठकमा थप छलफल गर्ने सहमति भएको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget