Websoft University

www.radiomakalu.com || 021-522512


अर्को परमाणु परिक्षणको तयारीमा उत्तर कोरिया, जुनसुकै बेला हुनसक्छ धमाका


north-korea

सबै नियमलाई किनारा लगाउँदै आफ्नो पाँचौ परमाणु परिक्षणले भूकम्पको महसुस गराउने उत्तर कोरिया पुनः अर्को परमाणु परिक्षणको तयारीमा रहेको दक्षिण कोरियाले बताएको छ ।

दक्षिण कोरियाको सरकारी संवाद समिती योनहापका अनुसार उत्तर कोरियाले आफ्नो अर्को परमाणु परिक्षण गर्नका लागि सबै तयारी पुरा गरिसकेको छ ।

संवाद समिति योनहापले दक्षिण कोरियाको सरकारलाई उद्धृत गर्दै सोमबार दिएको जानकारी अनुसार उत्तर कोरियाले यो परिक्षणका लागि पहाडी परिक्षण स्थलमा पहिले नै बनेको सुरुङको प्रयोग गर्नसक्छ ।

उत्तर कोरियाको केही दिन अघि मात्र आफ्नो पाँचौं परमाणु परिक्षणले संसारभरी सनसनी मच्चाएको थियो । उक्त परिक्षणलाई अहिलेसम्मको सबैभन्दा शक्तिशाली परिक्षण बताइएको छ ।

यति धेरै शक्तिशाली थियो कि यसले ५.३ तीव्रताको कृत्रिम भूकम्पको झट्का महसुस भएको थियो । विशेषज्ञका अनुसार उत्तर कोरियामा परिक्षण गरिएको बमको क्षमता सन् १९४५ मा अमेरिकाको हिरोशिमामा हानिएको बमभन्दा सयौं गुणा बढी छ ।-बीबीसी
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget