Websoft University

www.radiomakalu.com || 021-522512


भारतकी एक महिलामा भेटियो दुनियाकै नयाँ ब्लड ग्रुप, नाम राखियो आइएनआरए


blood
भारतको सूरतमा एक महिलामा नयाँ खालको रक्तसमूहको रगत फेला परेको छ जुन अहिलेसम्म विश्वमा कुनैपनि मानिसमा पाइएको छैन ।

मानिसको रगत चार समूहमा बाँडिन्छः ए, बी, एबी र ओ । तर ती महिलाको रगत यी चारवटा मध्ये कोहीसँग पनि मिल्दैन त्यसैले त्यसलाई डाक्टरहरुले नयाँ नाम दिएका छन् ।

सूरतस्थित एक ब्लड बैंकमा गत महिना रातको समयमा एकजना विरामीको रगतको नमूना लिएर विरामीको परिवारका मान्छे पुगे । जब उक्त रगतको समूह पत्ता लगाउनका लागि त्यसलाई ल्याबमा परीक्षण गरियो तब जाँच गर्ने महिला डाक्टरको पसिना नै छुट्यो ।

किनकी उनले रक्तसमूह पत्ता लगाउन गरेको कुनैपनि जाँच मेल खाएन वा ती विरामी महिलाको रगत कुनैपनि समूहसँग मिलेन ।

त्यसपछि ल्याबका प्रमुख डाक्टरलाइ बोलाएर उक्त रगतको थप जाँच सुरु गरियो । त्यहाँबाट इन्टरनेसनल ब्लड ग्रुप रेफरेन्स प्रयोगशालामा सम्पर्क गरियो । उक्त प्रयोगशालामा पनि उक्त रगत परीक्षण गरियो तर त्यसको रक्तसमूह पत्ता लागेन ।

अन्ततः उक्त रगतको नमूनालाई विश्व स्वास्थ्य संगठनमा पठाइयो जाँचका लागि । रगतको नमूनको विस्तृत परीक्षण पछि विश्व स्वास्थ्य संगठनले ती महिलाको रगत विश्वमा अहिलेसम्म नपाइएको नयाँ समूहको रगत भएको प्रमाणित गरिदियो ।

उक्त रक्त समूहलाई आइएनआरए नाम दिइएको छ । यसमा अघिल्ला दुइ अक्षरले इण्डियलाई संकेत गर्छन् भने पछिल्ला दूई अक्षरले रगत दिने ती महिलाको नाम चिनाउँछ । तर दुनियामा कसैसँग पनि नमिल्ने रक्त समूह भएकी ती महिलाको नाम भने खुलाइएको छैन ।

ती युवतीका परिवारका अन्य सदस्यहरुको रक्त समूह भने सामान्य छ । तर ती युवतीको ब्लड ग्रुप किन दुनियामा अहिलेसम्म नपाइएको अनौठो भयो भन्ने कुराको थप अनुसन्धान भइरहेको बताइएको छ ।-एजेन्सीको सहयोगमा

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget