Websoft University

www.radiomakalu.com || 021-522512


नवाजले यूएनको मंचमा कश्मीर हमलाबारे मुख खोलेः मुठभेडमा मारिनेलाई ‘शान्तीदूत’ भनेकोमा भारतको आपत्ति

nawaz-sharif-unga-afp_650x400_81474481576

संयुक्त राष्ट्र महासभामा कश्मिर मुद्दामा पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले हमलामा मारिने बुरहान बानीलाई युवा नेता भन्दै ‘शान्तीदूत’ घोषणा गरेपछि भारतले त्यसको कडा विरोध गरेको छ ।

हिजबुल कमान्डर बुरहान बानीको कश्मिरमा सुरक्षाकर्मीसँग भएको मुठभेडमा मृत्यु भएको थियो । गत जुलाईमा बानीको मृत्युपछि कश्मिर घाटीमा विरोध प्रदर्शन अहिलेसम्म जारी छ । प्रदर्शनकारी र सुरक्षाकर्मीको दोहोर गोली हानाहानले अहिलेसम्म ७० भन्दा बढि मानिसको मृत्यु भइसकेको छ ।

भारतीय विदेश राज्यमन्त्री एमजे अकबरले यूएनको मञ्चमा नवाजको भनाईमा आफ्नो विरोध जनाउँदै भने, ‘यो निकै लज्जास्पद् कुरा हो कि पाकिस्तानले एक आतंककारीलाई हिरो बनाइरहेको छ ।’

उनी थप्छन्, ‘कश्मिरमा रगतको खेल खेल्ने आतंककारी बुरहान बानीको तारिफ गरेर पाकिस्तानले आफूहरु आतंकको पक्षधर रहेको स्विकार गरेको छ ।’

अकबरका अनुसार शरिफले संयुक्त राष्ट्र महासभामा दिएको भाषण पूर्ण रुपमा हैरान गरिदिने किसिमको छ ।

एमजे अकबरले आतंकवाद र दोस्ती एकैपटक चल्न नसक्नेसमेत बताएका छन् ।

यता यूएनमा आफ्नो भाषणमा पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले बुरहानको निकै तारिफ गरेका छन् । उनले भने, ‘ बुरहान शान्तीका प्रतिमूर्ती थिए तर उनलाई मारियो । बुरहान शान्तीपूर्ण आन्दोलन चाहन्थे । कश्मिरको युवापीढि शान्ति चाहन्छ ।’

पाकिस्तानले आतंकको विरोधमा सबैभन्दा ठूलो अभियान चालेको नवाजले बताएका छन् । उनी भन्छन्, ‘आतंकवाद एक वैश्विक समस्या हो । आतंकवादको जरालाई पक्कै पनि निर्मुल पार्नुपर्छ ।’

अफिगानिस्तान र तालिवानको कुराकानीको बाटो पाकिस्तानले नै सुझाएको नवाजले बताउँदै अफगानिस्तानमा ३५ वर्षको अशान्तिको सिधा असर पाकिस्तानमा पर्छ ।

नवाजले आफूहरु भारतसँग शान्ती चाहेको बताएका छन् । उनी भन्छन्, ‘ हामी भारतसँग शान्ति चाहन्छौं । यो कुराकानीले मात्र सम्भव छ । तर भारतले हामीसँग कुरा गर्नका लागि शर्त राख्दछ । भारतीय फौज कश्मीरमाथि ज्यादती गर्दछ ।’

‘हामी भारतसँगको सबै विवादमा कुराकानी गर्न चाहन्छौं तर भारतले यस्ता शर्तहरु थोपरेका छन् जो स्विकार्य छैन, ’ उनले भने, ‘कुराकानी दुबैको हितमा छ । जम्मू कश्मिरको मतभेद हल गर्न आवश्यक छ । शान्ति र सुचारु सम्बन्ध कश्मिरको हलबिना सम्भव छैन ।
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget