रक्तचाप परीक्षण गर्दा बोल्न हुँदैन ।
कम्तीमा पाँच मिनेटको विश्रामपछि मात्र परीक्षण गर्नुपर्छ ।
हातलाई टेबलमाथि सपोर्ट दिएर राख्नुपर्छ ।
पहिलोपटक दुवै हातमा नाप्नुपर्छ ।
प्रेसर बढी भएको हातमा पुनः जाँच लिनुपर्छ ।
कोठाको वातावरण शान्त र तापक्रम आरामदायी हुनुपर्छ ।
प्रेसर नाप्नुभन्दा कम्तीमा ३० मिनेटअघिदेखि खाना, चिया, सुर्ती खाएको हुनुहुँदैन ।
एउटामाथि अर्को खुट्टा खप्ट्याएर ब्लडप्रेसर जाँच गर्नुहुँदैन ।
लुगाको माथिबाट नाप्नुहुँदैन ।
हिँडडुल वा व्यायाम गर्नेबित्तिकै नाप्नुहुँदैन ।
नयाँ पत्रिकाबाट
Post a Comment