Websoft University

www.radiomakalu.com || 021-522512


एक हप्तामै १० अर्बले बढ्यो बैंकहरुको निक्षेप

Bank

काठमाडौं, भदौ २३ गते । पछिल्लो एक हप्तामै बैंकहरुको निक्षेप १० अर्ब रुपैयाँले बढेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो साता १७ खर्ब ६३ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको कूल निक्षेप गत साता १० अर्बले बढेर १७ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ ।

यस अवधिमा बैंकहरुले प्रवाह गरेको कर्जा ६ अर्ब रुपैयाँले बढेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो साता १४ खर्ब ४ करोड रुपैयाँ रहेको बैंकहरुको निक्षेप गत साता १४ खर्ब १० अर्ब रुपैयाँ पुगेको छ । बैंकहरुसँग भएको कूल निक्षेपमध्ये १ खर्ब १८ अर्ब रुपैयाँ विदेशी मुद्रामा छ ।

निक्षेपको तुलनामा कर्जा बढ्न नसक्दा नेपाली बैंकिङ क्षेत्रले केही वर्षयता लगानी योग्य पुँजीको पर्याप्तता -अधिक तरलता) को चरम मारमा थियो । तर, साउन तेस्रो सातादेखि राष्ट्र बैंकले व्याजदर करिडोर कार्यान्वयन गरि तरलता व्यवस्थापनका विभिन्न उपकरणहरु प्रयोगमा ल्याएपछि भने बैंकहरुसँग अधिक तरलताको समस्या हटेको छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget