Websoft University

www.radiomakalu.com || 021-522512


चितवनका ७० प्रतिशत मुसामा भेटियो स्क्रव टाइफस सार्ने ‘माइट’



  चितवन भदौ २७ गते । चितवनमा भेटिएका ७० प्रतिशत मुसामा स्क्रव टाइफस सार्ने किरा (माइट) भेटिएको छ । । स्वास्थ्य सेवा विभागको टोलीले चार दिन लगाएर चितवनका मुसामा गरेको अनुसन्धानबाट यो तथ्य पत्ता लागेको हो ।

विभागले टोलीले थापेको धरापमा परेका १० वटा मुसामध्ये ७ वटा मुसाको कानमा माइट भेटिएको टोली संयोजक रेशम लामिछानेले जानकारी दिए । ‘र्‍याट्स र्‍याट्स जातको मुसामा यस्तो माइट भेटिएको हो । प्रायः यहि प्रजातिको मुसामा माइट भेटिन्छ,’ उनले भने ।

माइट मान्छेको कपालमा पर्ने लिखा जस्तै हुन्छ । मान्छेको नाङ्गो आँखाले राम्रोसँग नियालेर हेर्दा मात्रै यसलाई देख्न सकिन्छ । मुसाहरु हिँडडुल गर्दा यी माइट भुइँमा र्झछन् र मानिसमा सर्छन् । ति माइटहरुले टोकेमा शरीरमा मसिना राता विमिरा देखिन्छन्, उच्च ज्वरो आउँछ र मानिसको मृत्यु समेत हुन्छ ।

अन्य जिल्लामाभन्दा चितवनका विरामीहरुमा स्क्रव टाइफसको संक्रमण बढी देखिएको छ । चितवनमा स्क्रव टाइफसको जोखिम बढी रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएकाले स्वास्थ्य सेवा विभागको टोलीले पहिलोपटक चितवनका जिल्लाका विभिन्न क्षेत्रमा मुसाहरूको खोजी गरेर अध्ययन गरेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य निरीक्षक अनुप अधिकारीले बताए ।

विरामीको रगतको नमूना केन्द्रीय प्रयोगशालामा परीक्षण

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका इन्टोमोलोजिष्ट ललनप्रसाद साहले चितवनमा खोजी गरिएका मुसाहरूलाई मारेर तिनीहरूको कलेजो, मिर्गौला, फियो, फोक्सो, मुटु र रगत निकालेर थप परीक्षण गरिने बताए । ‘शारदानगर हेल्थपोष्टमा नै मुसाहरुको सिर्जरी गरी यी अंगहरु निकालेका छौं, अब काठमाडौंमा लगेर परीक्षण गरेपछि थप नतिजा आउला,’ साहले भने ।

स्क्रव टाइफसबाट संक्रमण भएर निको भएका बिरामीहरुको घर र त्यस वरपरका मुसाहरुलाई बिषेश रुपमा खोजी गरिएको साहले बताए । साथै ८५ जना विरामीहरुको रगतको नमूना पनि लिएर थप परीक्षण गरिने भएको छ ।

‘हामीले स्क्रव टाइफस रोगबाट संक्रमण भएर उपचार गराइरहेका ७ जना बिरामी, उनीहरुका आफन्त र अन्य छिमेकीको गरी ८५ जनाको रगतको नमूना पनि निकालेका छौं,’ टोली प्रमुख लामिछानेले भने, ‘यो सबै नमूनाको परीक्षण केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा लगेर परीक्षण गर्दछौं ।’

मुसा पक्रेर नमूना परीक्षण गर्ने अभियानका क्रममा विभागको टोलीले स्थानीय कमलदेवी विद्यालय र स्थानीय बासिन्दाहरुमा समेत सचेतनामूलक कार्यक्रम गरेको थियो ।

अनुसन्धान अभियानमा स्वास्थ्य सेवा विभाग राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, किटजन्य रोग तथा अनुसन्धान केन्द्र हेटौंडा र जिल्ला जनस्वास्थ्य कार्यालयको टोली सहभागी थियो ।सुवास पण्डित,अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget