Websoft University

www.radiomakalu.com || 021-522512


जागिर लगाईदिने भन्दै पैसा असुल्ने पक्राउ


 कञ्चनपुर, भदौ २२ गते  ।  प्रहरी सहायक निरीक्षक पदमा जागिर लगाई दिने प्रलोभन दिई पैसा असुल्ने एकजना पक्राउ परेका छन् ।

बाजुरा जयबागेश्वरी गाविस– १ पिपलगाँउ घर भई हाल काठमाडौ‌ कोटेश्वर टिकाथली डेरा गरी बस्ने २५ वर्षीय हेमन्त भनिने हिक्मत थापालाई प्रहरीले महेन्द्रनगर बजारक्षेत्रबाट पक्राउ गरेको हो ।

थापाले बेदकोट नगरपालिका– १३ का पदमराज भण्डारी र मिथुन रानाबाट ठूलो रकम लिई ठगी गरेका थिए । पीडित युवकको जाहेरीका आधारमा थापालाई भदौ २० गते पक्राउ गरी हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले बताए ।

“ठगी मुद्दा अन्तर्गत थापामाथि अनुसन्धान प्रक्रिया सुरु गरेका छौं” उनले भने । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget